Dictionary

All Word

8251 गङ्गायात्रा ना. २. मृत्यु; मरण; परलोकको यात्रारम्भ।
8252 गङ्गालहरी ना. हावाका वेगले उठ्ने गङ्गाको तरङ्ग वा लहर।
8253 गङ्गालहरी ना. २. महाकवि जगन्नाथरचित गङ्गाविषयक प्रसिद्ध स्तुति-साहित्य।
8254 गङ्गालाभ ना. हिन्दू-संस्कारअनुसार मोक्षपद प्राप्तिको कारण मानिने पवित्र स्थल, पुण्यनदी आदिमा भएको मरणः गङ्गातटको मृत्यु।
8255 गङ्गासागर ना. समुद्रमा गङ्गा मिलेको ठाउँ, हिन्दूहरूको एक प्रख्यात तीर्थ जनकपुरको एक प्रसिद्ध ताल।
8256 गच्कनु अ.क्रि. मनको खुसी वा फुर्ती देखाउने गरी गजक्क पर्नु गम्कनु।
8257 गच्काइ ना. गच्कने क्रिया वा प्रक्रिया |
8258 गच्काइनु क.क्रि. गच्कने पारिनु।
8259 गच्काउनु प्रे.क्रि. गम्काउनु।
8260 गच्किनु अ.क्रि. गच्कनु।
8261 गच्छ्गच्छ ना. १. जानुपर्ने ठाउँमा जाने वा आफ्नोआफ्नो बाटो लाग्ने काम; लाखापाखा ; यत्रतत्र।
8262 गच्छ्गच्छ ना. २. विसर्जन, समाप्ति; टुङ्ग्याउनी।
8263 गच्छे ना. १. जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन; सामर्थ्य; औकात; हैसिय।
8264 गच्छे ना. २. आर्थिक क्षमता; पुँजी; सम्पत्ति।
8265 गच्छे ना. ३. हकदार वा प्रतिनिधिलाई हक बुझाइदिने काम जिम्मा।
8266 गच्छ्याइ ना. गच्छ्याउने भाव, क्रिया वा प्रक्रिया।
8267 गच्छ्याइनु क.क्रि. गँसाइनु; जोडाइनु; खप्ट्याइनु।
8268 गच्छ्याउनु स.क्रि. १. एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु जोड्नु, खाप्नु, अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु।
8269 गच्छ्याउनु स.क्रि. [गच्छे+आउ+नु] २. अर्काको मालसामान बुझाउनु; नासो जिम्मा लाइदिनु।
8270 गज ना. १. हात्ती।
8271 गज ना. २. ज्योतिषशास्त्रमा आठको अङ्क।
8272 गज ना. १.गजप्रणालीमा सोह्र गिरा वा छत्तीस इन्च अर्थात् तीन फुट लमाइको नापो।
8273 गज ना. २. दुई हात लमाइ बराबरको नाप्ने डन्डी।
8274 गज ना. ३. सारङ्गी, बेला आदि बजाउने साधन; कमानी; गजो।
8275 गज ना. ४. घाउ-खटिरा आदिमा औषधी लगाइने सुत्लो।
8276 गज ना. ५. कुनै वस्तुको चौडाइतिरको भाग।
8277 गज ना. ६. भरुवा बन्दुकमा बारुद र लत्ता खाँद्ने फलामे डन्डी।
8278 गज ना. वि. ७. दुई हात लमाइ भएको; तीन फुटको।
8279 गजक ना. रक्सी खाइसकेपछि मुखको स्वाद फेर्न खाइने मसला जातको कुनै खानेकुरो।
8280 गजक्क क्रि.वि. रिसले वा फुर्ती र धाकले गम्किने गरी; गमक्क।
8281 गजगज क्रि.वि. १. गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।
8282 गजगज क्रि.वि. २. मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी।
8283 गजगजी क्रि.वि. शीघ्रताका साथ मुखबाट फिँज निस्कने किसिमले।
8284 गजगिरी ना. पुल, साँघु आदि बनाउँदा लट्ठालाई दरो र तन्किलो पार्न वरिपरिका जमिनमा गाडी ढुङ्गा, इँट आदिले बलियो बनाइएको खम्बा; सेतुस्तम्भ।
8285 गजघट्ट क्रि.वि. कुनै काम नगरी, अनावश्यक रूपमा ठाउँ ओगटेर समय बिताउने ढाँचाले ; हात्ती बसे झैँ बस्ने किसिमसँग; ढसमस्स।
8286 गजज्ज क्रि.वि. १. गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।
8287 गजज्ज क्रि.वि. २. मान्छेले रोगले आक्रमण गरेका बेला अथवा बस्तुभाउले त्यस्तै साह्रो घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी।
8288 गजटो ना. एउटा हातले समातेर वा उभाएर झिक्दा आउन सक्ने अन्न, घाँस, पराल आदिको परिमाण।
8289 गजट्याइ ना. गजट्याउने क्रिया वा प्रक्रिया।
8290 गजट्याइनु क.क्रि. हातको पन्जामा अटाएसम्म झिकिनु, गमर्क्याइनु।
8291 गजट्याउनु स.क्रि. हातले गमर्क्याउनु हातमा अट्न सकेजति झिक्नु; हातले भ्याएसम्म उभाउनु; गमर्क्याउनु।
8292 गजदन्त ना. १. हात्तीको दाँत; हस्तीदन्।
8293 गजदन्त ना. २. गणेश।
8294 गजदन्त मणि ना. हात्ती पूरै छिप्पिएपछि त्यसका दाँतभित्र पाइने ठुला खालको मोतीका दानाजत्रो पदार्थ; हात्तीका दाँतको बहुमूल्य पदार्।
8295 गजदान ना. १. मस्त उमेर भएका हात्तीको मद।
8296 गजदान ना. २. विधिपूर्वक गरिने हात्तीको दान |
8297 गजधम्म क्रि.वि. ठुलो रास वा थुप्रो परेर रहने किसिमले; नचलमलाईकन; धुमधुमती।
8298 गजधम्मे वि. गजधम्म परेको, टसको मस नभई बस्ने।
8299 गजधुम्मे गजधुम्म परेको; गजधम्मे।
8300 गजपाल ना. हात्तीको पालनपोषण गर्ने मान्छे; हात्तीको रखवारी गर्ने व्यक्ति; माहुते।