Dictionary

All Word

8151 ख्वापख्वाप क्रि.वि. नरोकिईकन (कुनै खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वापक्वाप।
8152 ख्वापख्वापती/ख्वापख्वापी क्रि.वि. अझै छिटो ख्वापख्वाप हुने गरी।
8153 ख्वाप्प क्रि.वि. १. एकैचोटि (कुनै डल्लो खाद्य वस्तु मुखमा हाल्ने किसिम); क्वाप्प।
8154 ख्वाप्प क्रि.वि. २. कुनै तिखो वस्तु रोपिने वा पस्ने गरी।
8155 ख्वामित ना. १. सम्मानबोधक शब्द; श्रीमान्।
8156 ख्वामित ना. २. मालिक; प्रभु, स्वामी।
8157 ख्वाम्म क्रि.वि. पिँधसम्म पुग्ने गरी (कुनै तिखो वस्तु रोप्ने किसिम); स्वाम्म।
8158 ख्वाम्लाड्ड क्रि.वि. चालै नपाई, एक्कासि (खाल्टामा पर्ने किसिम)।
8159 ख्वारख्वार क्रि.वि. नरोकिईकन; स्वारस्वार।
8160 ख्वारख्वारी/ख्वारख्वार्ती क्रि.वि. नरोकिईकन; स्वाटस्वाटी।
8161 ख्वार्र क्रि.वि. १. छिटो छिटो चालसँग; नरोकीकन (दगुर्ने वा हिँड्ने किसिम )।
8162 ख्वार्र क्रि.वि. २. गेडाहरू झर्ने वा पोखिने गरी; स्वार।
8163 ख्वालख्वाल क्रि.वि. कत्ति पनि नरोकिईकन पानी आदि पन्यालो पदार्थ बग्ने वा पोखिने किसिम; वालवाल।
8164 ख्वालख्वाली/ख्वालख्वाल्ती क्रि.वि. अझ तिखो रूपमा ख्वालख्वाल हुनेगरी।
8165 ख्वाले वि. १. नचाहिँदो हल्ला गर्ने।
8166 ख्वाले वि. २. असभ्य; गँवार।
8167 ख्वाल्ल क्रि.वि. एकै बाजि खनिएर; नरोकिईकन (पानी आदि बग्ने वा पोखिने किसिम); वाल्ल।
8168 ख्वास्स क्रि.वि. थाहै नपाईकन; नचिताएको ढाँचाले; बिस्तारै हाल्ने, हुल्ने वा घुसाउने गरी, ह्वास्स।
8169 १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, घोष, अल्पप्राण व्यञ्जनवर्ण; कवर्गको तेस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; गाइगोडे ग।
8170 २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण या मूल्याङ्कन गर्दा तेस्रो वा निम्न श्रेणीलाई छुट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत; लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक तेस्रो चिह्न।
8171 गँगटे ना. हातका औँलामा लगाइने घुम्रिएको औँठी; मुन्द्री मुन्द्रो।
8172 गँगटो ना. हिँड्नका लागि आठवटा खुट्टा हुने र च्याप्न र आफ्नो रक्षा गर्नका लागि दुईवटा सुँडजस्ता काँडादार अङ्ग हुने, पानीका छेउछाउका काप र ढाँडहरूमा बस्ने जलजीवी प्राणी।
8173 गँगरिनु अ.क्रि. जाडो वा चिसोले शरीरका अङ्गहरू कठ्याङ्ग्रिनु, गँगर्किनु; अररिनु।
8174 गँगर्किनु अ.क्रि. जाडो वा चिसोले कठ्याङ्ग्रिनु, गँगरिनु।
8175 गँगर्क्याइ ना. गँगर्किने भाव, क्रिया वा प्रक्रिया।
8176 गँगर्क्याइनु क.क्रि. जाडोले कक्रक्क पारिनु, गँगऱ्याइनु।
8177 गँगर्क्याउनु प्रे.क्रि. जाडोले कक्रक्क पार्नु, परिस्थितिले गँगऱ्याउनु।
8178 गँगऱ्याइ ना. गँगरिने किसिम, क्रिया वा प्रक्रिया।
8179 गँगऱ्याइनु क.क्रि. जाडोले कक्रक्क पारिनु, गँगर्क्याइनु।
8180 गँगऱ्याउनु स.क्रि. / प्रे.क्रि. १. जाडोले कक्रक्क पार्नु, गँगर्व्याउनु।
8181 गँगऱ्याउनु स.क्रि. / प्रे.क्रि. २. गँगरिन लाउनु।
8182 गँगौटी ना. १. गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो।
8183 गँगौटी ना. २. नदीका किनारको माटो; गङ्गामाटी।
8184 गँजडी वि. गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा।
8185 गँजौटो ना. एक हातको पन्जामा अटाउन सक्नेसम्मको नापो; एक पसरको परिमाण।
8186 गँज्याहा वि. गाँजाको अम्मली; गँजडी।
8187 गँडास ना. काठको आधारमा अड्याइएको, सुपारी काट्ने सरौतोजस्तो बिँड भएको, पराल, घाँस आदि काटेर भुसा बनाउने हतियार; तराईतिर घाँसबाट भुसा तयार पार्ने सरौताका आकारको हतियार।
8188 गँडासो ना. दाउरा, मुढा, काठपात, घाँस आदि काट्ने काममा प्रयोग गरिने बिंड भएको हतियार।
8189 गँडाहा वि. गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।
8190 गँडेउलो ना. १. वर्षाकालमा झरीका बेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, तामो जस्तै रङको, राती टल्कने र सर्प झैँ घस्रिने कृमिवर्गको एक किरो; गँडेउलो; बस्र्यौलो।
8191 गँडेरो ना. १. हिलोमा बस्न रुचाउने सानो खालको माछो।
8192 गँडेरो ना. २. गण्डकी नदीमा पाइने सोही जातको तर ठुलो आकारको माछो; राइगँडेरो।
8193 गँडेला ना. दुब्लो र पातलो देखिने साखिने खालको एक जातको माछो।
8194 गँडोहो वि. गाँड भएको; गँडाहा।
8195 गँड्याहा ना. गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।
8196 गँड्यौलो ना. १. वर्षाकालमा झरीका बेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, तामो जस्तै रङको, राती टल्कने र सर्प झैँ घस्रिने कृमिवर्गको एक किरो; गँडेउलो; बस्र्यौलो।
8197 गँथाइ ना. गाँने भाव, क्रिया वा प्रक्रिया |
8198 गँधारा ना. मसिना खुट्टा हुने र अलि अलि उड्ने, विभिन्न रङ भएको, छोइदिँदा ठस्स गनाउने खालको, प्रायः धानमा लाग्ने रोगाणु जातको किरो; पतेरो।
8199 गँधे ना. सखरखण्डका आकारका पात हुने, जरामा सखरखण्डकै जस्तो कन्द फल्ने, त्यसै फललाई थेबे झैँ कुटेर अचार खाइने, कडा गन्ध भएको एक जातको झार; गँदे।
8200 गँवार वि. १. सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा; गाउँले।