Dictionary

All Word

83401 विरक्ति ना. ३. असन्तुष्टि,अप्रसन्नता।
83402 विरङ्ग वि. अनेक रङ्गको, रङ्गीचङ्गी।
83403 विरङ्गी वि. रङ्गीचङ्गी धेरै रङ्गको।
83404 विरचना ना. विशेष किसिमले सजाउने काम, राम्रो सजावट।
83405 विरचना ना. २. निर्माण बनोट, रचना।
83406 विरचित वि. राम्रो किसिमले रचना गरिएको, बनाइएको।
83407 विरचित वि. २. लेखिएको, लिखित, रचित (पुस्तक, लेख, कविता आदि )।
83408 विरचित वि. खुब सजाइएको सिंगारपटार गरिएको।
83409 विरञ्चि ना. ब्रह्मा।
83410 विरञ्चिसुत ना. नारद।
83411 विरत वि. कामबाट हटेको वा टाइएको, निवृत्।
83412 विरत वि. २. मोहबन्धनमा नफसेको, विरक्।
83413 विरति ना. विरत हुने भाव वा अवस्था, विरक्ति, उदासीनता।
83414 विरथ / विरथी वि. रथमा वा अरू कुनै सवारीमा नचढेको,पैदल।
83415 विरथ / विरथी वि. २. रथबाट खसालिएको रथहीन गराइएको।
83416 विरल वि. अपेक्षाकृत कम थोरै।
83417 विरल वि. २. बिचबिचमा खाली रहेको, घना नभएको, पातलो।
83418 विरल वि. ३. ज्यादै कम मात्रामा पाइने दुर्लभ, बिरलाकोटी।
83419 विरलता ना. विरल हुनाको भाव वा स्थिति, न्यूनता।
83420 विरलता ना. २. ध्वनिको गतिमा क्रमबद्धता नभई फड्को मारेजस्तो अवस्था।
83421 विरस वि. रस नभएको, बिरसिलो, नीरस।
83422 विरस वि. २. स्वाद नभएको, बेस्वादको।
83423 विरस वि. 3. मन नपर्ने, अप्रिय।
83424 विरस वि. ४ रुखो, कर्कश (स्वभाव)।
83425 विरह ना. अलग्गिने वा छुट्टिने काम बिछोड, वियोग।
83426 विरह ना. २. आफन्त वा प्रेमीप्रेमिकाका बिच भएको बिछोडबाट हुने वेदना; वियोगजन्य पीडा वा दुःख।
83427 विरह ना. ३. नभएको स्थिति शून्यता अभाव।
83428 विरह ना. ४. कष्ट, पीडा, वेदना।
83429 विरह ना. ५. त्याग।
83430 विरहग्रन्थि ना. विरहवेदनाले मुटुमा परेको भक्कानो, वियोगव्यथाको गाँठो।
83431 विरहाग्नि ना. विरहबाट भएको भुटो वा पिर, वियोगजन्य चिन्ता।
83432 विरहानल ना. विरहाग्नि।
83433 विरहिणी ना. वियोगिनी, प्रेमीबाट बिछोड भएकी नायिका।
83434 विरहित वि. नभएको, रहि।
83435 विरहित वि. २. छाडिएको, परित्यक्।
83436 विरही ना. प्रेमिकाबाट बिछोड भएको नायक, वियोगी पुरुष।
83437 विरही ना. वि. २. एक्लो, ठिङ्गो, नागो।
83438 विरही ना. 3. बिछोड भएको, वियोगी।
83439 विरहोत्कण्ठिता ना. सङ्केतित समय र स्थानमा प्रेमी नआइदिनाले उत्कण्ठित भई छटपटिएकी नायिका।
83440 विराग ना. राग वा विषयवासनाप्रतिको इच्छा हटेको स्थिति, विरक्ति, वैराग्य।
83441 विरागी वि. राग वा विषयभोगको लालसा भएको, अनासक्त,वैरागी।
83442 विरागी वि. २. विरक्।
83443 विराजमान वि. सुहाएको, शोभायमान, शोभि।
83444 विराजमान वि. २. आनन्दसँग बसेको वा रहेको,विराजि।
83445 विराजमान वि. ३. रहेको, विद्यमान उपस्थित मौजुद।
83446 विराजित वि. सुखसुविधाका साथ बसेको, आनन्दसँग रहेको।
83447 विराजित वि. २. सुशोभि।
83448 विराजित वि. ३. उपस्थित, मौजुद।
83449 विराट् ना. विश्वरूप परब्रह्म।
83450 विराट् ना. २. विश्व, संसार।