Dictionary

All Word

83451 विराट् ना. ३. क्षत्रिय।
83452 विराट् ना. वि. ४. ठुलो आकारको ज्यादै ठुलो।
83453 विराट् ना. ५. विस्तृ।
83454 विराट ना. महाभारतको समयको एक देश।
83455 विराट ना. २. त्यसै देशका राजा।
83456 विराटनगर ना. पूर्वी नेपालको कोसी अञ्चल, मोरङ जिल्लामा पर्ने एक प्रमुख औद्योगिक सहर।
83457 विराध ना. रामायणकालमा रामले बध गरेको एक राक्षस।
83458 विराध ना. २. अपकार,बिगार।
83459 विराध ना. ३ अपमान, तिरस्कार।
83460 विराध ना. ४. विरोध, असहमति।
83461 विराम ना. रोकिने वा थामिने काम।
83462 विराम ना. २. थकाइ मार्ने वा सुस्ताउने काम विश्राम।
83463 विराम ना. ३ समाप्ति अन्।
83464 विराम ना. ४. वाक्य, वाक्यांश आदिको अन्तमा अडान लिने ठाउँ वा त्यस्तो चिह्न।
83465 विराम ना. ५. छन्दको बिचबिचमा केही क्षण रोकिने ठाउँ, यति।
83466 विरामचिह्न ना. लेख आदिमा प्रयोग गरिने विरामसूचक चिह्न (पादविराम, अर्धविराम, पूर्णविराम आदि)।
83467 विराम सन्धि ना. विशेष परिस्थितिमा दुवै पक्षको स्वीकृतिबाट केही अवधिका लागि लडाईं बन्द गर्ने सम्झौता।
83468 विरुत ना. चिच्च्याएको शब्द, चीत्कार।
83469 विरुत ना. २. होहल्ला, कोलाहल।
83470 विरुत ना. ३. चराहरूको कूजन, कलरव।
83471 विरुत ना. वि. ४. अस्पष्ट शब्द भएको, बोलेको नबुझिने खालको।
83472 विरुत ना. ५. गुञ्जायमान।
83473 विरुद ना. गुण बखान्ने काम, प्रशस्ति, कीर्तिगाथा।
83474 विरुद ना. २. प्राचीन कालका राजामहाराजाहरूको मानबोधक र कीर्तिसूचक पदवी।
83475 विरुद ना. ३. कीर्ति, यश।
83476 विरुदावली ना. कविता वा गद्यबाट गरिने राजस्तुति।
83477 विरुदावली ना. २. गुण, उदारता, पराक्रम आदिको विस्तृत वर्णन, सविस्तार प्रशंसा।
83478 विरुद्ध वि. कुनै विचार, मत, सिद्धान्त, इच्छा, गुण आदिसँग मेल नखाने किसिमको विपरी।
83479 विरुद्ध वि. २. एकदमै नमिल्ने उल्टो प्रतिकूल।
83480 विरुद्ध वि. ३. नसुहाउँदो, अप्रासङ्गिक, असङ्ग।
83481 विरुद्ध वि. ४. विरोध गर्ने, असहमति, विरोधी।
83482 विरुद्ध वि. ५. शत्रु, विपक्ष, वैरी।
83483 विरुद्ध वि. ६. रोक लगाइएको, रोकिएको, अवरुद्ध ना. ७. वैरभाव शत्रुता।
83484 विरुद्ध वि. ८. विरोध ,असहमति।
83485 विरुद्ध आचरण ना. नियमको विपरीत चल्ने चालचलन वा आचरण।
83486 विरुद्ध पक्ष ना. शत्रुको पक्ष वादी वा प्रतिवादीका लागि अर्को पक्ष।
83487 विरुद्धाचरण ना. विरुद्ध आचरण, निषिद्ध व्यवहार।
83488 विरूप वि. नराम्रो आकृतिको कुरूप भद्दा।
83489 विरूप वि. २. विभिन्न रूपको, अनेक आकृतिको।
83490 विरूप वि. ३. शोभा नभएको, कान्तिहीन, श्रीहीन।
83491 विरूपाक्ष वि. ज्यादै भद्दा वा नराम्रो आँखा भएको ना. २. शिव, महादेव।
83492 विरूपाक्ष वि. 3. महादेवका गणहरूमध्ये एक गण।
83493 विरूपाक्ष वि. ४. एक राक्षस।
83494 विरूपाक्ष वि. ५. एक नाग।
83495 विरूपाक्ष वि. ६. एक यक्ष ७. एक लोकपाल।
83496 विरूपाक्ष वि. ८. किरातकालमा बनेको अनुमान गरिएको, नेपालको पशुपति आर्यघाटमा अवस्थित एक पाषाणमर्ति।
83497 विरूपी वि. कुरूप, भद्दा, विरूप।
83498 विरेचक वि. पेट सफा हुने गरी दिसा लगाउने, जुलाफ गराउने (औषधी)।
83499 विरेचक वि. २. कसर, मयल आदि निकाल्ने, सफा पार्ने।
83500 विरेचन ना. पेटको कसरमसर फ्याँक्ने गरी दिसा लगाउने काम, जुलाफ।