Dictionary

All Word

86601 संयमन ना. संयम गर्ने क्रिया वा प्रक्रिया।
86602 संयमन ना. २. मनलाई खराब वा अनुचित विषयवस्तुमा लाग्न नदिने काम; मनोनिग्रह; आत्मसंयम।
86603 संयमन ना. ३. बन्धन वा रोकावटमा रहने कार्य; दमन।
86604 संयमन ना. ४. आत्मसंयम।
86605 संयमित वि. संयम गरिएको; मर्यादि।
86606 संयमित वि. २. रोकेर वा अन्य कुनै कारणबाट वशमा पारिएको।
86607 संयमित वि. ३. दमन गरिएको वा भएको।
86608 संयमित वि. ४. अनुशासित; नियन्त्रि।
86609 संयमी वि. संयममा रहने; इन्द्रियलाई दमन गर्ने।
86610 संयमी वि. २. नियन्त्रित गर्ने; रोक्ने।
86611 संयमी वि. ३. संयमपूर्वक जीवन बिताउने; आत्मनिग्रही।
86612 संयुक्त वि. कुनै वस्तुका साथ जोडिएको; संयुक्त भएको; गाँसिएको; टाँसिएको।
86613 संयुक्त वि. २. मिसिएको; मिलेको।
86614 संयुक्त वि. ३. नछुट्टिएको वा भङ्ग नभएको (संस्था आदि)।
86615 संयुक्त वि. ४. दुईभन्दा बढी अंसियार भएको (व्यापारिक संस्था)।
86616 संयुक्त कुटुम्ब ना. एउटै खलक वा परिवार।
86617 संयुक्त क्याम्पस ना. दुइटा भिन्नभिन्न अध्ययन- संस्थान क्षेत्रअन्तर्गतका विषयहरू पढाइने व्यवस्था भएको क्याम्पस।
86618 संयुक्त खाता ना. ब्याङ्क आदि दामकामे संस्थासित गरिने लेनदेनको विषयमा एक वा एकभन्दा बढी व्यक्तिका नाममा रहेको र संयुक्त रूपमा हस्ताक्षर गरी सञ्चालन गरिने खाता वा तत्सम्बन्धी हिसाब।
86619 संयुक्त जमानी ना. कुनै काम वा व्यवहारका निम्ति दुई वा दुईभन्दा बढी व्यक्तिहरू सम्मिलित भई बसिने जमानी।
86620 संयुक्त जमानी ना. २. कारणी र त्यससँग सम्बन्धित दुवै पक्ष बसी गरिने जमानबन्दी।
86621 संयुक्त परिवार ना. बाबु-छोरा, दाजुभाइ आदि नछुट्टिई एकाघरमा बसेको परिवार; मानु नछुट्टिएको वा सगोलमा रहेको एउटै जहान।
86622 संयुक्त राष्ट्र सङ्घ ना. दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा विश्वशान्ति, पछौटे देशको उन्नति, मानवकल्याण आदि विभिन्न उद्देश्य पूरा गर्नका लागि गठन गरिएको, संसारका धेरै राष्ट्रहरूको सङ्गठन।
86623 संयुक्त रूप ना. अनेक वस्तु वा विशेषताको सम्मिलित वा संयोजित रूप।
86624 संयुक्त लेखा ना. व्याङ्क आदिमा एकभन्दा बढी व्यक्तिहरूको नाममा संयुक्त रूपले चल्ने हिसाब; संयुक्त खाता।
86625 संयुक्त वाक्य ना. निरपेक्ष संयोजकबाट जोडिएर सबै उपवाक्य स्वतन्त्र हुने वाक्य; दुई वा दुईभन्दा बढी सरल वाक्यहरू मिलेर बिचमा र, वा, अनि, पनि आदि जोडिएर बन्ने वाक्य; वाक्यका मुख्य तीन भेद सरल, मिश्र र संयुक्तमध्ये एक।
86626 संयुक्त विज्ञप्ति ना. दुई वा दुईभन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिहरू सम्मिलित हुने वार्तामा छलफल भई निर्णय गरिएका विषयको संयुक्त रूपमा प्रकाशित विज्ञप्ति वा सूचना।
86627 संयुक्त व्यञ्जन ना. दुई वा दुईभन्दा बढी व्यञ्जन मिलेको अक्षर; संयुक्त वर्ण (जस्तै- क्य=क्+य्+अ, ज्ञ=ज्+ञ् +अ आदि)।
86628 संयुक्त समिति ना. दुई वर्ग, समुदाय वा संस्था आदिले मिलेर तयार गरेको समिति; सम्मिलित रूपमा तयार भएको समिति।
86629 संयुक्त सरकार ना. सङ्कटको स्थिति वा आवश्यकता परेका अवस्थामा विभिन्न दल वा पार्टी मिली बनेको सरकार; सर्वदलीय रूपमा वा जनसमूहबाट मिलीजुली तयार भएको सरकार।
86630 संयुक्त स्वर ना. एकभन्दा बढी स्वर मिलेर बनेको स्वर (जस्तै- अ+अ=आ, अ+इ=ए, अ +उ = ओ आदि)।
86631 संयुत वि. संयुक्त; मिलेको; जोरिएको।
86632 संयुति ना. संयुत हुनाको, भाव वा अवस्था।
86633 संयुति ना. २. दुई वा दुईभन्दा बढी पदार्थ एक पदार्थमा वा स्थानमा जम्मा हुने मिल्ने काम ( जस्तो- ग्रहहरूको संयुति)।
86634 संयोग ना. दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व एक साथ मिल्ने वा जोरिने काम; मिश्रण; मेल।
86635 संयोग ना. २. अकस्मात् हुने मिलन; अचानकसित हुने भेट।
86636 संयोग ना. ३. स्त्रीपुरुष वा प्रेमीप्रेमिकाको मिलन।
86637 संयोग ना. ४. मैथुन; रतिक्रीडा; सम्भोग।
86638 संयोग ना. ५. वैवाहिक सम्बन्ध।
86639 संयोग ना. ६. विशेष परिस्थितिबाट मिलेको अवसर; मौका।
86640 संयोग ना. ७. आकस्मिक रूपले परिआउने वा मिल्ने घटना; आकस्मिकता; भवितव्य।
86641 संयोग ना. ८. समान उद्देश्यका निम्ति कुनै दुई थरी व्यक्ति, पक्ष, राष्ट्र आदिको हुने मेल।
86642 संयोगजन्य वि. सम्पर्कमा रहेको वा रहन जाने संयोगबाट हुने वा भएको।
86643 संयोग शृङ्गार ना. साहित्यमा नायकनायिकाको सधैँ पारस्परिक भेटघाट, दर्शन, स्पर्श आदि भएको कुरा वर्णन गर्दा पर्ने एक अलङ्कार; शृङ्गार रसका संयोगशृङ्गार र वियोगशृङ्गारमध्ये एक; सम्भोग शृङ्गार।
86644 संयोगात्मक वि. जोडिने किसिमको; मिल्ने प्रकारको।
86645 संयोगात्मक वि. २. संयोगले सम्बन्ध रहने; आकस्मिक मिलन हुने।
86646 संयोगान्त वि. अन्तमा नायकनायिकाको संयोग वा मिलन भएको देखाइएको; संयोग हुने वा भएको (नाटक, कथा, उपन्यास, चलचित्र आदि)।
86647 संयोजक वि. दुई वा दुईभन्दा बढी विषय वा वस्तुलाई मिलाउने; विभिन्न वस्तु वा तत्त्वलाई एकसाथ पार्ने।
86648 संयोजक वि. २. व्याकरणका शब्द वा वाक्यलाई जोड्ने (अव्यय, जस्तै- र, तर, कि, वा आदि)।
86649 संयोजक वि. ३. कुनै सभा, गोष्ठी आदि कार्यक्रमको आयोजना गर्ने; आयोजक।
86650 संयोजक चिह्न ना. दुई वा त्यसभन्दा बढी रूपखण्ड वा शब्द आदिलाई जोड्ने वा जोडिएको देखाउने चिह्न; (-) चिह्न ( जस्तो- अध्ययन-संस्थान, प्रज्ञा-प्रतिष्ठान, समाचार-पत्र, वन- अध्ययन- संस्थानका आदि)।