Dictionary

All Word

86651 संयोजकत्व वि. संयोजकको भाव वा स्थिति।
86652 संयोजकत्व वि. २. दुई वा दुईभन्दा बढी वस्तु आदिलाई जोड्ने तत्त्व।
86653 संयोजन ना. दुई वा दुईभन्दा बढी तत्त्व मिल्ने वा जोरिने काम।
86654 संयोजन ना. २. कुनै कामकुराको ठिक चाँजोपाँजो; आयोजन।
86655 संयोजन ना. ३. व्यवस्था; प्रबन्ध।
86656 संयोजन ना. ४. कुनै एक वस्तुसँग अर्को वस्तुको मेल; मिलान; जोडाइ।
86657 संयोजन ना. ५. मैथुन; सम्भोग।
86658 संयोजनीय वि. संयोजन गर्न वा मिलाउन योग्य; संयोज्य।
86659 संयोजित वि. संयोजन गरिएको; मिलाइएको।
86660 संयोजित वि. २. चाँजोपाँचो ठिक गरिएको; आयोजि।
86661 संयोज्य वि. संयोजनीय।
86662 संरक्षक वि. सुरक्षाको जिम्मा लिने; रक्षा वा बचाउ गर्ने।
86663 संरक्षक वि. २. सह्यारसम्भार गर्ने; हेरचाह गर्ने।
86664 संरक्षक वि. ३. पालन-पोषणको अभिभारा लिने; आश्रयदाता।
86665 संरक्षक वि. ना. ४. असमर्थ व्यक्ति वा सन्तानको पालनपोषण गर्ने व्यक्ति; अभिभावक।
86666 संरक्षक वि. ५. रखवाला।
86667 संरक्षक वि. ६. बालबालिकाको हेरचाह गर्ने व्यक्ति; धरालो; ददा।
86668 संरक्षकत्व ना. संरक्षक हुनाको भाव वा अवस्था।
86669 संरक्षण ना. राम्ररी गरिने रक्षा वा हिफाजत; सुरक्षा;बचाउ; जगेर्ना।
86670 संरक्षण ना. २. रेखदेख गर्ने काम; हेरविचार।
86671 संरक्षण कर ना. स्वदेशी उद्योग वा व्यापारव्यवसाय आदिमा बाहिरबाट आउने वस्तुको खराब प्रभाव नपरोस् भनी लगाइने कर।
86672 संरक्षणीय वि. राम्ररी रक्षा गर्न उचित वा योग्य; राम्रोसँग रक्षा वा बचाउ गर्नुपर्ने।
86673 संरक्षणीय वि. २. बचाउन वा जोगाउन लायक।
86674 संरक्षित वि. राम्ररी रक्षा गरिएको; जोगाएर राखेको; सुरक्षि।
86675 संरक्षित राज्य ना. कुनै शक्तिशाली ठुलो राष्ट्रका अधीनमा रहेको सानो राज्य; शक्तिशाली राज्यको अधिकारमा भर परेको कमजोर राज्य।
86676 संरक्ष्य वि. राम्ररी रक्षा गरिरहनुपर्ने; संरक्षणीय।
86677 संरचना ना. ज्ञान-विज्ञानसम्बन्धी कुनै पनि वस्तु, तत्त्व आदिका, बनाइएको ढाँचा वा किसिम; बनावट; बनोट (जस्तो- शब्दसंरचना, भावसंरचना, वस्तुसंरचना आदि )।
86678 संरचना विज्ञान ना. विज्ञानका क्षेत्रमा नयाँ वस्तु वा चिजको निर्माण- प्रविधिसम्बन्धी निरूपण तथा विवेचन गरिएको शास्त्र (मर्फोलोजी)।
86679 संरुद्ध वि. गतिमा रोकावट आएको; रोकिएको; बाधा परेको।
86680 संरूप ना. भाषाविज्ञानमा भाषाको मुक्त वा आबद्ध रूपमा आउने अर्थपूर्ण न्यूनतम एकाइ; रूपखण्ड; रूपिम (जस्तै- 'दाँत् + ई = दाँती, दँत्+अन्तृ= दन्ते; दन् + आसो= दनासो'मा दाँत्, दँत् र दन् संरूप हुन्।)।
86681 संलग्न वि. कुनै काममा लागेको; लीन भएको।
86682 संलग्न वि. २. जोल्टिएको; सम्बद्ध।
86683 संलग्न वि. ३. नत्थी भएको; जोरिएको; टाँसिएको।
86684 संलग्नता ना. संलग्न हुनाको भाव वा अवस्था; तन्मयता।
86685 संलाप ना. परस्परमा गरिने सरसल्लाह; आपसी वार्तालाप; गुप्त कुराकानी।
86686 संलापक वि. संलाप गर्ने; कुराकानी गर्ने ना.।
86687 संलापक वि. २. शृङ्गार र करुणका अतिरिक्त अन्य रस प्रधान हुने, तीन वा चार अङ्क र नायक धूर्त किसिमको हुने एक रूपक।
86688 संलापित वि. संलाप भएको; कुराकानी गरिएको।
86689 संलापी वि. संलाप वा कुराकानी गर्ने; संलापक।
86690 संलाप्य वि. संलाप गर्न योग्य।
86691 संलेख ना. कानुनी वा अन्य कुनै कामकारबाईका बारेमा भएका प्रामाणिक बुँदा, बेहोरा आदि लेखिएको काग।
86692 संवत् ना. वर्ष; साल; संवत्सर।
86693 संवत् ना. २. विक्रम संवत्।
86694 संवत् ना. ३. कुनै विशिष्ट व्यक्ति वा प्रशासनका पालादेखि आरम्भ भएको वर्षगणना (विक्रम, इस्वी, शक, नेपाल आदि)।
86695 संवत्सर ना. बाह्र महिना मिली सौरमानका आधारमा बनेको वर्ष; साल; संवत्।
86696 संवत्सर ना. २. साठीवटा विभिन्न नामका संवत् (प्रभव, विभव, शुक्र, प्रमोद, प्राजापत्य, अङ्गिरस, श्रीमुख, भाव, युवा, धाता, ईश्वर, बहुधान्य, प्रमाथी, विक्रम, वृष, चित्रभानु, स्वर्भानु, दारुण, पार्थिव, व्यय, वर्षण, सर्वजित्, सर्वधारी, मानुष, विरोधी, विकृत, खर, नन्दन, विजय, जय, मन्मथ, दुर्मुख, हेमलम्ब, विलम्ब, विकारी, सर्वरी, जव, सुभिक्ष, शोभन, क्रोध, विश्वावसु, पराभव, प्लवङ्ग, कालिक, सौम्य, साधारण, अहिछत्र, पारिवारी, प्रमाथी, आनन्द, राक्षस, अनल, पिङ्गल, सिद्धार्थ, रौद्र, दुर्मति, दुन्दुभी, रक्त, क्रोध र क्षय)।
86697 संवत्सर ना. विक्रम संवत्।
86698 संवर ना. पानी; जल।
86699 संवर ना. २. सहनशीलता।
86700 संवर ना. ३. आत्मसंयम।