Dictionary

All Word

86501 षोडशोपचार ना. कुनै देवताको पूजा गर्ने सोह्र अड्ग वा रीति (आवाहन, आसन, अर्घ्य, आचमन, मधुपर्क, स्नान, वस्त्राभरण, यज्ञोपवीत, चन्दन, पुष्प, धूप, दीप, नैवेद्य, ताम्बूल, परिक्रमा र प्रणाम।)।
86502 देवनागरी वर्णमालाको बत्तीसौँ व्यञ्जनवर्ण; संस्कृत- परम्पराअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार तालु- दन्तमूलीय अघोष अल्पप्राण ऊष्म ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पातलो स।
86503 अव्य. नामशब्दका अगाडि जोडिएर सहित, सदृश, सम,सह, सित, समेत आदि अर्थ जनाउने उपसर्गजस्तो एकाक्षरी शब्द ( जस्तो- सपरिवार, सगोल, सजाति, सगोत्री, सप्रयास, सकर्मक, सहित, सानुकूल इ.)।
86504 सँग ना. यो. साथमा; सि।
86505 सँग ना. यो. २. सहित; समे।
86506 सँग ना. यो. ना. ३. नजिक हुनेपन; सामीप्य।
86507 सँगाती ना. सँगसँगै खेलेहुर्केको वा साथमा रहने व्यक्ति; दौँतर; साथी।
86508 सँगाती ना. (उदा.- राम मेरा सँगाती हुन्। हामी दुवै बालसँगाती हौँ)।
86509 सँगार ना. सँघार।
86510 सँगाल्नु स.क्रि. कुनै कुरा जोगाएर राख्नु वा जम्मा गर्नु; सञ्चित गर्नु; साँच्नु।
86511 सँगाल्नु स.क्रि. २. सङ्कलन गर्नु; बटुल्नु।
86512 सँगालाइ ना. सँगाल्ने काम वा किसिम।
86513 सँगालिनु क.क्रि. सँगाल्ने काम गरिनु।
86514 सँगालो ना. सँगालिएको कुरो वा वस्तु; सङ्कलन (जस्तो- कथाको सँगालो, कविताको सँगालो, विचारको सँगालो इ.)।
86515 सँगिना / सँगिनी ना. आइमाई साथी; सखी।
86516 सँगिना / सँगिनी ना. २. मितिनी।
86517 सँगिना / सँगिनी ना. ३. सँगिनै।
86518 सँगिनै ना. स्वास्नीमानिसहरू मिलेर गाउने, नेपालको पूर्वी भेगमा विशेष प्रचलित लोकगीत वा त्यसको लय।
86519 सँगी ना. सँगसँगै हुर्केबढेको वा साथैमा रहने व्यक्ति; दौँतर; साथी।
86520 सँगी ना. २. मित्र; मि।
86521 सँगेट्नु स.क्रि. फिँजिएका वस्तुहरूलाई एक ठाउँमा भेला गर्नु;छरिएका वस्तु जम्मा गर्नु; सोहोर्नु; बटुल्नु।
86522 सँगेटाइ ना. सँगेट्ने भाव, क्रिया वा प्रक्रिया।
86523 सँगेटाइनु क.क्रि. सँगेट्न लाइनु।
86524 सँगेटाउनु स.क्रि. सँगेट्न लाउनु।
86525 सँगेटिनु क.क्रि. सँगेट्ने काम गरिनु।
86526 सँगेल्नु स.क्रि. सबैतिरबाट ल्याएर जम्मा गर्नु;जतनसाथ सँभालेर राख्नु; सँगेट्नु।
86527 सँगेल्नु स.क्रि. २. कुनै वस्तु मिलाएर राख्नु; तह लाउनु।
86528 सँगेल्नु स.क्रि. ३. सञ्चित गर्नु; सँगाल्नु।
86529 सँगेलाइ ना. सँगेल्ने भाव, क्रिया वा प्रक्रिया।
86530 सँगेलाइनु क.क्रि. सँगेल्न लाइनु।
86531 सँगेलाउनु प्रे. क्रि. सँगेल्न लाउनु।
86532 सँगेलिनु क.क्रि. सँगेल्ने काम गरिनु।
86533 सँघार ना. ढोका आदिमा रहेको चौकोसको तल्लो भाग; ढोकाभित्र र बाहिरको बिचको भाग; सँघार ठेलो रहने ठाउँ।
86534 सँघार ठेलो ना. ढोका आदिमा चौकोसमुनि तेर्स्याइने बाहिरी बाराको मोटो तेर्सो काठ।
86535 सँचाइ ना. साँच्ने काम वा किसिम।
86536 सँधाइ ना. साँध्ने भाव, क्रिया वा प्रक्रिया।
86537 सँधाइनु क.क्रि. साँध्न लाइनु।
86538 सँधाउनु प्रे. क्रि. साँध्ने काम गराउनु वा गर्न लाउनु।
86539 सँधियार ना. आफ्नो साँधमा घर बनाएर बस्ने वा साँधको जग्गाजमिन चर्चने व्यक्ति; आफ्नो घरजग्गाको साँध वा सिमाना जोरिएको छिमेकी।
86540 सँभल्नु अ.क्रि. कुलत वा खराब बाटो छोडेर राम्रो सङ्गत वा ठिक बाटामा लाग्नु; नराम्रो कामकुराबाट जोगिनु; चरित्र भ्रष्ट हुनुबाट बच्नु।
86541 सँभल्नु अ.क्रि. २. कुनै अहितका कुराप्रति सचेत रहनु; सावधान हुनु।
86542 सँभला ना. मारुनी नाचमा गाइने गीतको एक राग।
86543 सँभलाइ ना. सँभल्ने भाव, क्रिया वा प्रक्रिया।
86544 सँभलिनु अ.क्रि. जोगिनु; सावधान होइनु।
86545 सँभार्नु स.क्रि. भत्कन, बिग्रन नदिनु; सुरक्षा वा रक्षा गर्नु।
86546 सँभार्नु स.क्रि. २. देख्दा राम्रो हुने पार्नु; सुन्दर वा झरिझुट्ट गर्नु; सिँगार्नु।
86547 सँभार्नु स.क्रि. ३. तह लाउनु।
86548 सँभार ना. भत्कन, बिग्रन आदिबाट बचाउने काम; सुरक्षा; रक्षा; हेरविचार; मर्म।
86549 सँभार खर्च ना. सम्भारखर्च; मर्मतखर्च।
86550 सँभाराइ ना. सम्भार गर्ने वा गराउने क्रिया, भाव वा प्रक्रिया।