Dictionary

All Word

86451 षडङ्ग ना. ३. शरीरका दुई खुट्टा, दुई हात, टाउको र घड- यी छवटा मुख्य अवयव।
86452 षडङ्ग ना. ४. गाईको गोबर, गहुँत, दुध, दही, घिउ र गोरोचनसमेत छ थरी उपयोगी पदार्।
86453 षडभिज्ञ ना. बुद्ध।
86454 षडवन्त ना. अग्निहोत्रका कर्ममा अग्निलाई पुरोडाश दिने पात्र।
86455 षडानन ना. छ मुख हुने कार्तिकेय; कुमार।
86456 षड्ऋतु ना. वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर गरी छवटा ऋतु।
86457 षड्गुण ना. एउटा राज्यले अर्को राज्यसित मौकाअनुसार अँगाल्ने छवटा मुख्य नीति - सन्धि, विग्रह, यान (आक्रमण), आसन (विश्राम), द्वैधीभाव र संश्रय (बलियो राजा वा राज्यको आश्रय )।
86458 षड्ज ना. सङ्क्षेपमा 'स' वा 'सा' भनिने, सङ्गीतको सप्तस्वरमध्येको पहिलो स्वर।
86459 षड्दर्शन ना. हिन्दुहरूका छवटा आस्तिक दर्शन (साङ्ख्य, योग, न्याय, मीमांसा, वैशेषिक र वेदान्त)।
86460 षड्बिन्दु ना. १. विष्णु।
86461 षड्बिन्दु ना. २. कमिलाका छाँटको एक प्रकारको किरो।
86462 षड्बिन्दु ना. ३. कपाल दुख्ता लगाइने तिलको तेल, बाखीको दुध र भृङ्गीराजको रस मिलाएर बनाइएको आयुर्वेदीय तेल।
86463 षड्मुख ना. शिवपार्वतीका पुत्र कुमार।
86464 षड्यन्त्र ना. १. अरूको अनिष्ट गर्नका निम्ति गुप्त रूपले गरिने जालझेलको व्यवहार वा कारबाई; कपटपूर्ण आयोजन।
86465 षड्यन्त्र ना. २. मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गराउने छ प्रकारका यन्त्र।
86466 षड्यन्त्रकारी वि. षड्यन्त्र गर्ने (मानिस); षड्यन्त्री।
86467 षड्यन्त्री वि. षड्यन्त्रकारी।
86468 षड्रस ना. गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो - यी छ प्रकारका रस वा स्वाद।
86469 षड्राग ना. सङ्गीतशास्त्रका अनुसार छ किसिमका राग (श्री, भैरव, मेघ, हिन्डोल, दीपक र मालकोश)।
86470 षड्रिपु ना. मानिसहरूका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य - यी छवटा जोडदार शत्रु।
86471 षड्विकार ना. प्राणीहरूका मनमा हुने छवटा विकार वा परिणाम (जन्म, वृद्धि, बाल्यावस्था,यौवन, वार्धक्य र मृत्यु )।
86472 षण्ड ना. १. नसुमरेको गोरु; बैल।
86473 षण्ड ना. २. नपुंसक; हिजडा।
86474 षण्ढ ना. नपुंसक; हिजडा।
86475 षण्ढ ना. स्त्री. षण्ढा।
86476 षण्मुख ना. हे. षडानन।
86477 षष्टि ना. साठी।
86478 षष्ठ वि. छ सङ्ख्याको ; छैटौँ।
86479 षष्ठांश ना. १. छ भागमध्ये एक भाग; छैटौँ भाग।
86480 षष्ठांश ना. २. प्राचीन कालमा राजा वा राज्यले कृषकसँग लिने उब्जाको छैटौँ भाग।
86481 षष्ठिका ना. बालक जन्मेका छैटौँ दिनको रातमा पूजा गरिने देवी।
86482 षष्ठी ना. १. शुक्ल वा कृष्ण पक्षमा पर्ने छैटौँ तिथि; खस्टी (कथ्य.)।
86483 षष्ठी ना. २. छैटी।
86484 षष्ठी ना. ३. व्याकरणअनुसार प्रायः सम्बन्ध जनाउने विभक्ति; सम्बन्ध षष्ठी।
86485 षष्ठी तत्पुरुष ना. सम्बन्धबोधक षष्ठी पूर्वपद हुने समास; तत्पुरुष समासको एक भेद (जस्तो- घरकाज, पुस्तकघर, राजदरबार आदि)।
86486 षाडव ना. सङ्गीतमा सात स्वरमध्ये छ स्वर मात्र लाग्ने र एक स्वर वर्जित हुने एक राग।
86487 षाडव औडव ना. आरोहमा षाडव र अवरोहमा औडव हुने एक राग।
86488 षाडव सम्पूर्ण ना. आरोहमा षाडव र अवरोहमा सम्पूर्ण हुने राग।
86489 षाण्मासिक वि. छ महिनाको; छ महिने; अर्द्धवार्षिक।
86490 षोडश ना. १. सोह्रको सङ्ख्या वा अङ्क; सोह्र।
86491 षोडश ना. वि. २. सोऱ्हौँ।
86492 षोडशकला ना. चन्द्रमाका सोह्रकला वा अंश (अमृता, मानदा, पूषा, तुष्टि, पुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र अमृता)।
86493 षोडशदान श्राद्ध आदि कर्ममा एकसाथ गरिने सोह्र वस्तुको दान (भूमि, आसन, जल, वस्त्र, गाई, सुन, चाँदी, दीपक, अन्न, ताम्बूल, छत्र, सुगन्धी द्रव्य, फूलमाला, फल, शय्या र खराउ )।
86494 षोडशमातृका ना. सोह्रवटी देवीको समूह ( गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, माता, लोकमाता, शान्ति, पुष्टि, धृति र स्वस्ति )।
86495 षोडशशृङ्गार ना. स्त्रीहरूले शरीर सजाउन अँगाल्ने सोह्र प्रकारका शृङ्गार (बुकुवा लाउनु, स्नान गर्नु, वस्त्र धारण गर्नु, मिसी लाउनु, कपाल कोर्नु, गाजल लाउनु, सिउँदोमा सिन्दूर लगाउनु, माहुर लगाउनु, निधारमा टिको लाउनु, चिउँडा वा गालामा कोठी बनाउनु, तिउरी लाउनु, अत्तर आदि सुगन्ध छर्कनु, गहनाहरू लाउनु, फूलको माला पहिरिनु, पान खानु र ओठमा लाली लाउनु)।
86496 षोडश संस्कार गर्भाधादेखि मृत्युसम्ममा हुने द्विजातिका यी सोह्र थरी संस्कार (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टि)।
86497 षोडशा ना. सोह्रवर्षे तरुनी; पट्ठी; षोडशी।
86498 षोडशी ना. १. सोह्र वर्षकी पट्ठी; मस्त तरुनी।
86499 षोडशी ना. २. दश महाविद्यामध्ये एक विद्या।
86500 षोडशी ना. ३. सनातनीहरू मरेका एघारौँ दिनमा गरिने मासिकका निम्तिका सोह्रवटा श्राद्ध।