Dictionary

All Word

86751 संवास ना. ५. मैथुन; सम्भोग।
86752 संवासित वि. बास्ना आउने पारिएको; सुगन्धित तुल्याइएको।
86753 संवाहन ना. कुनै तत्त्वको प्रभाव परी तातो, चिसो, द्रव वा वाष्पीय वस्तुको सञ्चार हुने काम।
86754 संवाहनिक वि. संवाहन हुने; संवाहनसँग सम्बन्धि।
86755 संवाहनिक वर्षा ना. सतहको न्यानो बाफिलो हावा उचाइमा पुगेर हुने वर्षा।
86756 संविद् ना. चेतनाशक्ति; ज्ञान।
86757 संविद् ना. २. तत्त्वबोध; स्मरण; समझ।
86758 संविद् ना. ३. अनुभूति; संवेदना।
86759 संविद् ना. ४. वृत्तान्त; हाल।
86760 संविद् ना. ५. राती पालो बस्ने प्रहरीको साङ्केतिक शब्द; प्यारोल।
86761 संविद् ना. ६. प्रतिज्ञा।
86762 संविद् ना. ७. विश्वास।
86763 संविद् ना. ८. स्वीकृति।
86764 संविद् ना. वार्तालाप; कुराकानी।
86765 संविद वि. संविद्युक्त; चेतनामय; सचे।
86766 संविदा ना. परस्परमा गरिने सम्झौता; सन्धि; मेलमिलाप।
86767 संविदा ना. २. व्यापार, ठेक्कापट्टा आदिमा सम्बन्धित पक्षबाट गरिने सर्तबन्दी; अनुबन्धन; करार।
86768 संविदा पत्र ना. आपसको छलफलबाट भएको निधोलाई सम्बन्धित पक्षको रोहबरमा लेखी हस्ताक्षर गरिएको कागज; संविदा वा सम्झौताका सर्त लेखिएको पत्र; करारनामा।
86769 संविधान ना. राज्य, राष्ट्र, कुनै उच्च संस्था आदिको सङ्घटन, विघटन, सञ्चालन, स्थगन आदिको व्यवस्था गर्ने नियमहरु लेखिएको मूल विधान; मूल कानुन।
86770 संविधान ना. २. देशका सम्पूर्ण ऐनकानुनको मूल स्रो।
86771 संविधान ना. ३. व्यवस्था; प्रबन्ध।
86772 संविधान ना. ४. साहित्यिक कृतिमा वस्तु, शिल्प आदि मिलाउने काम।
86773 संविधान ना. ५. व्यवस्था; प्रबन्ध; बन्दोबस्।
86774 संविधानको धारा ना. संविधानको व्याख्या गर्ने क्रममा वर्गीकृत दफा वा उपदफा।
86775 संविधान परिषद् ना. कुनै राष्ट्र, देश वा उच्च संस्थाको विधाननिर्माण गर्न गठन भएको समिति; संविधान बनाउने निर्वाचित प्रतिनिधिहरूको सभा; विधायिका।
86776 संविधान प्रदत्त वि. संविधानले प्रदान गरेको (अधिकार, स्वतन्त्रता आदि)।
86777 संविधानवाद ना. संविधानलाई नै सर्वेसर्वा मान्ने राजनीतिक सिद्धान्।
86778 संविधानवादी वि. संविधानका मर्यादालाई अक्षरशः पालन गर्ने।
86779 संविधान सभा ना. संविधान निर्माण गर्ने प्रयोजनका लागि जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सभा।
86780 संविभाजन ना. कुनै वस्तुलाई अलगअलग पार्ने काम; अंश वा भाग लाउने काम।
86781 संविभाजन ना. २. सम्बन्धित व्यक्तिहरूमा भएका दायित्व, दोष, गुण आदि तत्त्वलाई बाँडफाँड गर्ने काम।
86782 संविलयन ना. गणितमा दुई समूहका अङ्कहरू आकस्मिक रूपले बराबर भई निःशेष हुने काम।
86783 संवृत वि. कुनै साधन वा तत्त्वले ढाकिएको; छोपिएको।
86784 संवृत वि. २. छिपेको; लुकेको।
86785 संवृत वि. ३. जोगाड भएको; रक्षि।
86786 संवृत्त वि. कुनै साधन वा तत्त्वले ढाकिएको; छोपिएको।
86787 संवृत्त वि. २. छिपेको; लुकेको।
86788 संवृत्त वि. ३. जोगाड भएको; सुरक्षि।
86789 संवृद्ध वि. राम्ररी बढेको; पूर्ण रूपले बढेको; विकसित भएको; सप्रिएको।
86790 संवृद्धि ना. राम्रो वृद्धि; बढिबढाउ; समृद्धि।
86791 संवृद्धि ना. २. सामर्थ्य; शक्ति।
86792 संवेग ना. मानसिक वा शारीरिक क्रियामा आउने उत्तेजना; आवेग।
86793 संवेग ना. २. तीव्र वेग; द्रुत गति; शीघ्रता।
86794 संवेग ना. ३.प्रचण्डता; उग्रता।
86795 संवेगात्मक वि. संवेग भएको; तीव्र उत्तेजना हुने स्वभावको।
86796 संवेगात्मक वि. २. लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न (प्रकृति, भाव, समस्या आदि)।
86797 संवेदन/संवेदना ना. मानिसका मनमा हुने मार्मिक अनुभूति।
86798 संवेदन/संवेदना ना. २. सचेत रूपमा हुने ज्ञान वा बोध; प्रतीति।
86799 संवेदन/संवेदना ना. ३. सूचना दिने काम; विचारप्रकट।
86800 संवेदनीय वि. संवेदन गर्न योग्य; संवेद्य।