Dictionary

All Word

86801 संवेद्य वि. संवेदना हुने वा भएको; संवेदनशील; अनुभवगम्य।
86802 संवेद्यता वि. संवेद्य हुनाको भाव वा अवस्था; संवेदनशीलता।
86803 संवैधानिक वि. संविधानले निर्देश गरेअनुसारको; संविधानमा आधारित वा संविधानद्वारा सुरक्षित र व्यवस्थित; संविधान-अनुकूलको।
86804 संवैधानिक अङ्ग ना. संविधानमा उल्लेख भएको वा संविधानद्वारा संरक्षित निकाय (मन्त्रिपरिषद्, सर्वोच्च अदालत, लोकसेवाआयोग, निर्वाचनआयोग, महालेखा परीक्षक आदि )।
86805 संवैधानिक अदालत ना. संविधानमा उल्लिखित तथा संविधानद्वारा संरक्षित र मान्य अदाल।
86806 संवैधानिक उपचार ना. संविधानका मर्यादामा आघात नपुर्‍याई गरिने कार्यहरू; संविधानका आधारमा गरिने सरकारी कार्यवाही।
86807 संवैधानिक कानुन ना. संविधानका आधारमा निर्माण भएका र वैधता प्राप्त गरेका ऐनकानुन।
86808 संवैधानिक राजतन्त्र ना. संविधाले दिएका सीमित अधिकारमा रही नेतृत्व दिने राजा भएको देशको शासनव्यवस्था।
86809 संवैधानिक सरकार ना. संविधानद्वारा सीमित तथा परिभाषित शक्ति मात्र पाएको सरकार; कानुनी रूपको सरकार।
86810 संशय ना. कुनै कुराको टुङ्गो नलाग्ने वा के होला भन्ने स्थिति; सन्देह; शङ्का।
86811 संशय ना. २. दोधारको अवस्था; दुबिधा।
86812 संशयवाद ना. परम्परादेखिका मान्यता ठिक र बेठिक पनि हुन सक्ने हुनाले आप्त वचनमा मात्र विश्वास गर्न सकिन्न भन्ने एक मत;पूर्वीय दर्शनको एक भेद।
86813 संशयवादी वि. संशयवादका सिद्धान्तको समर्थक; संशयको अनुयायी।
86814 संशयवादी वि. २. शङ्कालु स्वभावको; दोधारे।
86815 संशयात्मक वि. यसो हो भनेर किट्न नसकिने; सन्देहयुक्त; सन्दिग्ध (प्रश्न, उत्तर, कुरा आदि)।
86816 संशयात्मा वि. मनमा शङ्का लिइराख्ने; शङ्कालु स्वभावको।
86817 संशयात्मा वि. २. विश्वास नगर्ने; आत्मविश्वास नभएको।
86818 संशयालु वि. संशय भएको; संशययुक्त २. संशयशील।
86819 संशयी वि. संशय गर्ने; संशयात्मा।
86820 संशुद्ध वि. राम्ररी सफा पारिएको; विशुद्ध; पवित्र।
86821 संशुद्ध वि. २. संशोधन गरिएको; शुद्ध पारिएको; संशोधि।
86822 संशुद्धि ना. राम्ररी शुद्ध गर्ने काम; पवित्र पार्ने काम।
86823 संशुद्धि ना. २. पूर्ण संशोधन गर्ने काम।
86824 संशोधक वि. संशोधन गर्ने; भुल वा त्रुटि सच्याउने; शुद्ध पार्ने।
86825 संशोधक वि. २. संस्कार गर्ने।
86826 संशोधक वि. ३. ऋण फर्छ्याउने।
86827 संशोधक वि. ना. ४. संशोधन गर्ने व्यक्ति; प्रस्तावहरूका सुझाउ वा संशोधनको प्रस्तुतकर्ता।
86828 संशोधकीय ना. कुनै ग्रन्थ आदिको संशोधन गर्नेको भनाइ वा विचार।
86829 संशोधन ना. कुनै रचना वा लेखाइमा भएका अशुद्धिलाई राम्ररी शुद्ध पार्ने काम; संशुद्धि।
86830 संशोधन ना. २. संस्कार; परिष्कार।
86831 संशोधन ना. ३. ऋणतिराइ।
86832 संशोधन ना. ४. प्रस्तावहरूको काँटछाँट, थपथाप आदि सुधार गर्ने कार्य वा सुझाउ।
86833 संशोधनवाद ना. मूल सिद्धान्तलाई हेरफेर गर्ने; मौलिकतालाई बदल्ने र विपरीत दिशामा मोडिने नीति; त्यस्तो राजनीतिक प्रक्रिया वा सिद्धान्।
86834 संशोधनवादी वि. संशोधनका सिद्धान्तको अनुयायी; संशोधनवादमा विश्वास गर्ने।
86835 संशोधनीय वि. संशोधन गर्न उचित तथा आवश्यक; सच्याउनुपर्ने।
86836 संशोधित वि. संशोधन गरिएको; सुधारिएको।
86837 संश्रय ना. कुनै वस्तुको आड; आश्रय; सहाय।
86838 संश्रय ना. २. संयोग; मेल।
86839 संश्रय ना. ३. सम्पर्क; सम्बन्ध।
86840 संश्रय ना. ४. पारस्परिक सहयोगको सन्धि।
86841 संश्रय ना. ५. विश्रामस्थान; वासस्थल।
86842 संश्लिष्ट वि. अङ्कमाल गरेको; आलिङ्गि।
86843 संश्लिष्ट वि. २. नजिकको; समीपस्।
86844 संश्लिष्ट वि. ३. राम्रोसँग जोडिएको; बेसरी टाँसिएको।
86845 संश्लेष ना. आलिङ्गन।
86846 संश्लेष ना. २. मिलन; मेल।
86847 संश्लेष ना. ३. संयोग।
86848 संश्लेष ना. ४. सम्बन्ध।
86849 संश्लेष ना. ५. सन्धि।
86850 संश्लेषण ना. कुनै वस्तु, तत्त्व, वाक्य आदिलाई जोड्ने वा मिलाउने काम; जोराइ; टँसाइ।