Dictionary

All Word

86901 संस्करण ना. ३. पुस्तकपुस्तिका आदिको खेपैपिच्छेको नयाँ प्रकाशन वा मुद्रण; आवृत्ति।
86902 संस्करण ना. ४. सिलसिला मिलाउने काम; क्रमबद्धता।
86903 संस्कर्ता वि. संस्कार गर्ने वा गराउने; परिष्कृत पार्ने।
86904 संस्कर्ता वि. २. पकाइतुल्याइ गर्ने व्यक्ति; भान्से।
86905 संस्कार ना. अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम; सुधार; शुद्धता।
86906 संस्कार ना. २. कुनै वस्तुको मरम्मत; जीर्णोद्वार।
86907 संस्कार ना. ३. पवित्र पार्ने काम; संशुद्धि।
86908 संस्कार ना. ४. खाने कुरा पकाइ तुल्याइ गर्ने काम।
86909 संस्कार ना. ५. भाँडाकुँडा आदिको सरसफाइ।
86910 संस्कार ना. ६. रहनसहन, मर्यादा, सम्पर्क, शिक्षा आदिका कारणबाट मान्छेका मनमा पर्ने प्रभाव; धारणा।
86911 संस्कार ना. ७. वैदिक विधिअनुसार गरिने ब्राह्मण जातिका सोह्र संस्कार वा कृत्य (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, केशान्त, उपनयन, वेदारम्भ, समावर्तन, विवाह र अन्त्येष्टि )।
86912 संस्कार ना. ८. अन्त्येष्टि क्रिया; दाह-संस्कार।
86913 संस्कारक वि. संस्कार गर्ने वा हुने; संस्कारसम्बन्धी।
86914 संस्कारक वि. ना. २. संस्कार गर्ने व्यक्ति; संस्कर्ता।
86915 संस्कारक वि. ३. संशोधक; परिमार्जक।
86916 संस्कारित वि. संस्कार गरिएको; संस्कार भएको।
86917 संस्कारित वि. २. संशोधित; परिष्कृ।
86918 संस्कार्य वि. संस्कार गर्न योग्य वा उचित; संस्कार हुने।
86919 संस्कृत वि. संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृ।
86920 संस्कृत वि. २. शुद्ध गरिएको; सुद्ध्याइएको; संशोधि।
86921 संस्कृत वि. ३. साजसज्जा गरिएको; अलङ्कृ।
86922 संस्कृत वि. ४. पकाईतुल्याई तयार गरिएको (खानेकुरो)।
86923 संस्कृत वि. ना. ५. पूर्वीय आचार्यहरूले ज्ञानगरिमा, साहित्य, वेदोपनिषद् आदि अनेक विषयहरूको सृजन गरेको, आर्यहरूको प्राचीन भाषा; देववाणी।
86924 संस्कृत वि. ६. पाणिनि, यास्क आदिले निर्माण गरेका व्याकरणअनुसार शुद्ध पारिएका वर्ण वा शब्द।
86925 संस्कृत भाषा ना. आर्यभाषा, परिष्कृत वा अत्यन्त परिमार्जित भाषा।
86926 संस्कृति ना. कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रूप दिएर चम्किलो, उज्यालो र निखुट बनाउने काम; संस्कार; परिष्कार।
86927 संस्कृति ना. २. कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूप।
86928 संस्कृति ना. ३. धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तनमनन, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन।
86929 संस्कृति ना. ४. कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराको समष्टि नाम।
86930 संस्तवन ना. कीर्ति वा यशको गान; प्रशंसा; स्तुति।
86931 संस्तवन ना. २. कुनै व्यक्ति सम्बन्धित काम कुरा वा सेवाका निम्ति योग्य र उपयुक्त भएको पुष्टि दिँदै गरिने प्रशंसा।
86932 संस्तुति ना. पूर्ण रूपले हुने स्तुति वा प्रशंसा।
86933 संस्तुति ना. २. अनुमोदन; सिफारिस।
86934 संस्था ना. राम्रोसित स्थायी किसिमले रहने काम; ठहराइ; बसाइ।
86935 संस्था ना. २. कुनै धर्म, सङ्गठन, समाज, राजनीति आदिको प्रचारप्रसार वा लोकहितका उद्देश्यले गठन गरिने सार्वजनिक सभा; सङ्घ।
86936 संस्था ना. ३. सरकारी वा गैरसरकारी कार्यालयहरूमा काम गर्ने व्यक्तिहरूको सामूहिक हितका निम्ति तयार भएको सङ्गठित समुदाय।
86937 संस्था ना. ४. व्यावसायिक दृष्टिले कुनै खास नियम तथा सिद्धान्तअनुसार काम गर्ने कुनै सङ्गठित दल वा वर्ग (जस्तो- सहकारी संस्था, साझा संस्था इ.)।
86938 संस्थागत वि. संस्थाका रूपमा परिणत भएको; संस्थाका रूपमा रहेको; संस्थानसम्बन्धी (जस्तो संस्थागत उन्नति, संस्थागत कार्य, संस्थागत विकास आदि)।
86939 संस्थान ना. साहित्य, ज्ञान, विज्ञान, कला, संस्कृति आदिको उन्नयनका उद्देश्यले तयार गरिएको कुनै संस्था।
86940 संस्थान ना. २. सामाजिक एवं दैनिक जीवनका आवश्यक वस्तुहरूको वितरण, व्यवस्थापन आदिको तर्जुमा गर्ने सरकारीगैरसरकारी संस्था; निगम।
86941 संस्थान ना. राम्ररी बस्ने काम; बसाइ; स्थिति।
86942 संस्थान ना. ४. सार्वजनिक स्थान।
86943 संस्थान ना. ५. विधिवत् बसाउने वा अड्याउने काम; स्थापना।
86944 संस्थान ना. ६. रूप; आकृति।
86945 संस्थान ना. ७. अस्तित्व।
86946 संस्थान ना. ८. समूह; समष्टि।
86947 संस्थान ना. ९. रचना; निर्माण।
86948 संस्थापक ना. आफ्नो धन अर्पण गरी देवालय, विद्यालय,औषधालय, पुस्तकालय आदि सार्वजनिक महत्त्वका कार्य गर्ने वा कुनै सभा, सङ्गठन, संस्था आदिको प्रथम स्थापना गर्ने व्यक्ति।
86949 संस्थापक ना. २. कुनै नयाँ काम, मत, सम्प्रदाय आदिको उठान गर्ने वा प्रवर्तन गर्ने व्यक्ति; प्रवर्तक।
86950 संस्थापक सदस्य ना. कुनै सङ्घ, संस्था, मत, सम्प्रदाय आदिको स्थापना गर्ने प्रथम समूहमध्येको एक व्यक्ति।