Dictionary

All Word

86951 संस्थापन / संस्थापना ना. राम्ररी स्थापित गर्ने वा बसाउने काम; नडगमगाउने हिसाबले राख्ने काम।
86952 संस्थापन / संस्थापना ना. २. उद्योगयन्त्र आदिलाई आवश्यक ठाउँमा गरिने जडान।
86953 संस्थापन / संस्थापना ना. ३. कुनै नयाँ कार्य, विषय, परम्परा, मूल्य आदि कायम गर्ने वा तिनलाई नयाँ रूपमा परिणत गर्ने काम।
86954 संस्थापनीय वि. संस्थापन गर्न उचित वा योग्य; संस्थापन हुन सक्ने; संस्थाप्य।
86955 संस्थापित वि. संस्थापन गरिएको वा भएको; व्यवस्थित रूपमा स्थापना गरिएको।
86956 संस्थाप्य वि. संस्थापन गर्न योग्य वा उचित; संस्थापनीय।
86957 संस्थित वि. राम्ररी रहेको; नडग्ने गरी अडेको; स्थिर रूपमा स्थापि।
86958 संस्थित वि. २. ठडिएको; उभिएको; खडा।
86959 संस्थित वि. ३. एकत्र गरिएको।
86960 संस्थित वि. ४. देहावसान भएको; मरेको।
86961 संस्थिति ना. संस्थित वा खडा हुनाको भाव वा अवस्था; स्थिरता।
86962 संस्पर्श ना. राम्ररी छुने काम; पूर्ण रूपमा छुने प्रक्रिया।
86963 संस्पर्श ना. २. कुनै नयाँ प्रवृत्तिको प्रभाव।
86964 संस्पर्शी वि. संस्पर्श गर्ने (व्यक्ति)।
86965 संस्मरण ना. बारबार सम्झनामा आउने बितेका दिनको कुरो; मिठो सम्झना; मधुर स्मृति।
86966 संस्मरण ना. २ राम्रोसित वा बरोबर सम्झना गर्ने काम; नामजपाइ; संस्मृति।
86967 संस्मरण ना. ३. पुरानो घटना, वस्तु, महत्त्व आदिलाई ताजा राख्न आवश्यक पर्ने महत्त्वपूर्ण कुराको उल्लेख, कथन वा रचना।
86968 संस्मरणीय वि. संस्मरणयोग्य; सम्झिरहनु पर्ने।
86969 संस्मृति ना. पूर्ण संस्मृति; संस्मरण।
86970 संहार ना. बिग्रने, नासिने र स्वाहा हुने काम वा स्थिति; नाश; ध्वंस।
86971 संहार ना. २. नृशंस हत्या; काटमार; मारामार।
86972 संहार ना. ३. संसारको प्रलय; कल्पान्।
86973 संहार ना. ४. समाप्ति; अन्।
86974 संहार ना. ५. सार रूपमा भनिएको कुरो; निचोर।
86975 संहार ना. ६. भेला पार्ने काम; बटुलाइ।
86976 संहारक वि. संहार वा नाश गर्ने; विनाशकारी; संहारकर्ता।
86977 संहारकर्ता / कारी वि. संहार गर्ने; संहारक।
86978 संहित वि. एकै ठाउँ भेला पारिएको; जम्मा गरिएको; एकत्रि।
86979 संहित वि. २. मिलाइएको वा सम्मिलित गरिएको; जोरिएको; संयुक्।
86980 संहित वि. ३. संबद्ध; संश्लिष्ट।
86981 संहित वि. ४. अधिकारीहरूद्वारा नियम, विधि आदिलाई संहिताका रूपमा ल्याइएको।
86982 संहिता ना. संहित हुनाको भाव वा अवस्था; संयोग; मेल।
86983 संहिता ना. २. व्याकरणमा अक्षरहरूमा हुने पारस्परिक सन्धि।
86984 संहिता ना. निश्चित रूपमा चलेको वा क्रमबद्ध रूपमा एकत्रित गरी मिलाइएको आचार, नियम, विधि आदिको सङ्कलन वा तत्सम्बन्धी विधिव्यवहार (जस्तो- धर्मसंहिता, आचारसंहिता, दण्डसंहिता आदि )।
86985 संहिता ना. ४. गद्यलेख आदिको क्रमबद्ध सङ्ग्रह, सङ्कलन।
86986 संहिता ना. ५. मन्त्रद्रष्टा ऋषिहरूद्वारा लोकहितका निम्ति सङ्कलन भएका उपासना, ज्ञान, यज्ञविधि, आशीर्वादात्मक सूक्त आदिसित सम्बन्धित (वेदको ब्राह्मणभागदेखि भिन्न) मन्त्र वा प्रार्थनाको समूह।
86987 सइन ना. सधैँ पाकिरहने वा बिग्रेर भित्रसम्म गढेको कहिल्यै निको नहुने घाउ; सैन।
86988 सइस ना. घोडाको रेखदेख वा स्याहारसुसार गर्ने नोकर; चिरुवादार।
86989 सक्नु अ.क्रि. कुनै काम सिद्ध्याउनु वा टुङ्ग्याउनु।
86990 सक्नु अ.क्रि. २. कुनै काम गर्नका निम्ति समर्थ हुनु।
86991 सक्नु अ.क्रि. ३. उपभोग वा खर्च गरेर सिद्ध्याउनु; बुत्याउनु।
86992 सक्नु अ.क्रि. ४. खतम पार्नु; नास्नु।
86993 सक ना. कुनै काम पूरा गर्न सक्ने सामर्थ्य वा बल; शक्ति (उदा.- घरमा सकले भ्याउने काम सबले गरिदिए दुःख हुँदैन)।
86994 सकअसक वि. सक्ने र नसक्ने; समर्थअसमर्।
86995 सकभर क्रि.वि. बल र बुद्धिले भ्याएसम्म।
86996 सकर्मक वि. व्याकरणका अनुसार क्रियाको फल कर्तामा नरही अर्कै वस्तुमा रहने (क्रिया वा क्रियापद)।
86997 सकर्मक क्रिया ना. कर्ममा काम निर्भर रहने वा कर्म लिने क्रिया (जस्तै- लिनु, खानु, हेर्नु इ.)।
86998 सकर्मक क्रियापद ना. सकर्मक क्रियाका रूप चल्ने शब्द (जस्तै- लिन्छ, खायो, हेर्नेछ इ.)।
86999 सकल ना. सबै अङ्ग वा अवयवले युक्त; कुनै अंश नछुटेको।
87000 सकल ना. २. सम्पूर्ण; सबै।