Dictionary

All Word

87501 सजावट ना. सजाउने वा सिँगार्ने काम; सजिसजाउपना; सजधज।
87502 सजिनु अ.क्रि. सज्जित हुनु; अलङ्कृत हुनु।
87503 सजिउन ना. सजिवन।
87504 सजिया वि. साजा हकको; धेरै हकदार भएको; सगोलको; गोस्वारा।
87505 सजिलो वि. कम प्रयास वा परिश्रमले हुन सक्ने; सुगम; सरल।
87506 सजिलो वि. २. पाहिक परेको; मिल्दोजुल्दो; अनुकूल।
87507 सजिवन ना. अँडिरका जस्ता पाँचकुने पात हुने, पहेँला फूल फुल्ने, फेद मोटो हुने एक जातको बोट वा त्यसैको अण्डाकार फल।
87508 सजिवन ना. २. तराई प्रदेशमा हुने अग्ला रुखमा लामा लामा बोडीका आकारका तरकारी खान हुने कोसा फल्ने एक रुख; त्यसैको फल।
87509 सजिवन ना. हात्तीकाने; सातला।
87510 सजिवन ना. २. मैथिलीभाषी क्षेत्रमा तरकारी खाइने लौका।
87511 सजिसजाउ वि. राम्ररी सजाइएको; खुबै सिँगारिएको; सुसज्जित; अलङ्कृ।
87512 सजिसजाउ वि. २. ठिकठाक परेको; प्रस्तुत; तयार।
87513 सजीव वि. जीव वा प्राण भएको; शरीरधारी; प्राणयुक्।
87514 सजीव वि. २. ओज वा तेज भएको; ओजस्वी ।
87515 सजीव वि. ना. ३. प्राणी; जीव।
87516 सज्जन ना. असल, कुलीन वा शिष्ट व्यक्ति; भलादमी; सुजन।
87517 सज्जन ना. वि. २. साधु प्रकृतिको; सोझो वा ज्ञानी (व्यक्ति)।
87518 सज्जनता ना. सज्जनमा रहने गुण वा स्वभाव; भलादमीपन; सौजन्य।
87519 सज्जा ना. सजाउने काम; सजावट।
87520 सज्जा ना. २. सजाउने साधन वा उपकरण; वेषभूषा।
87521 सज्जात्मक वि. सज्जा गर्ने; बाह्य सौन्दर्यलाई बढाउने (अलङ्कार आदि)।
87522 सज्जित वि. सजिसजाउ भएको; सिँगारिएको।
87523 सज्जित वि. २. तयार पारिएको; तम्तयार।
87524 सज्जी ना. धुने वा सफा गर्ने काममा प्रयोग गरिने प्रसिद्ध क्षार पदार्।
87525 सज्जीखार ना. सज्जी।
87526 सज्जीमाटो ना. खारमाटो।
87527 सज्यारु ना. अधियाँमा काम गर्ने मोही।
87528 सज्यारु ना. २. कुनै काममा बराबर पुँजी लगाई नाफानोक्सान बेहोर्ने गरी सजियामा काम गर्ने व्यक्ति।
87529 सझिया वि. साझा हकको; सजिया।
87530 सझियार ना. कुनै साझा कामकर्तव्य, लगानी, लाभ आदिमा सम्मिलित व्यक्ति; साझेदार।
87531 सञ्चय ना. अलिअलि गरी बटुलेर धेरै पार्ने काम; क्रमैसँग गरिने जोरजाम; जोहो।
87532 सञ्चय ना. २. धेरै परिमाण; राशि; थुप्रो।
87533 सञ्चय कोष ना. सरकारी तथा विभिन्न संस्थान, निगम आदिका स्थायी कर्मचारीहरूको भविष्यको व्यवस्थाका निम्ति सेवाको अवधि समाप्त भएपछि मात्र झिकिने सर्तमा मासिक वेतनबाट प्रतिशतको हिसाबमा काटिने र थपिने रकम जम्मा गरिएको तथा नियमानुसार ब्याजसमेत वृद्धि हुँदै जाने धन।
87534 सञ्चय कोष ना. २. त्यस्तो रकम वा धन जम्मा गर्ने अड्डा।
87535 सञ्चय कोष ना. ३. कर्मचारी सञ्चय कोष।
87536 सञ्चयन ना. सञ्चय गर्ने काम।
87537 सञ्चयन ना. २. फूल आदि चुन्ने वा छान्ने काम।
87538 सञ्चयी वि. सञ्चयवृत्ति भएको; सञ्चय गर्ने।
87539 सञ्चयी वि. २. लोभी स्वभावको; कृपण।
87540 सञ्चरण ना. टहल्ने वा घुमफिर गर्ने काम; हिँडाइ; डुलाइ।
87541 सञ्चरण ना. २. फिँजाउने काम; फैलाउ।
87542 सञ्चरित वि. सञ्चार भएको; फैलिएको।
87543 सञ्चलन ना. हिँडडुल गर्ने काम।
87544 सञ्चलन ना. २. कुनै पनि वस्तुको गति; कम्पन; हल्लाइ।
87545 सञ्चार ना. हिँड्ने वा घुम्ने काम; यात्रा; पर्यटन।
87546 सञ्चार ना. २. आवतजावत गर्ने बाटो; मार्ग; प।
87547 सञ्चार ना. ३. कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा पठाउने काम।
87548 सञ्चार ना. ४. त्यस प्रकारका विविध साधन (डाँक, तार, पत्रपत्रिका, रेडियो, चलचित्र इ.)।
87549 सञ्चारक वि. सञ्चार गर्ने; खबर, सूचना आदि फैलाउने।
87550 सञ्चारक वि. २. सङ्क्रमण गर्ने।