Dictionary

All Word

87451 सचिवी ना. सचिवले गर्ने वा सँभाल्ने काम; सचिवको काम वा पद।
87452 सचिवी ना. २. सचिवको ढाँचा वा छाँट।
87453 सचेत वि. चेतना भएको वा चेत फर्केको; सजग; होसियार।
87454 सचेत वि. २. विवेकपूर्ण; बुद्धिमान्।
87455 सचेत वि. ३. सहृदय; भावुक।
87456 सचेतक ना. कुनै विषयमा सावधान हुन प्रेरणा दिने व्यक्ति; होसियार गराउने मानिस।
87457 सचेतक ना. २. संसद्मा भएका आफ्ना पक्षका सदस्यहरूछेउ प्रस्तुत हुने कुनै विधेयकबारे संस्था वा सङ्गठनका नीतिको सूचना अवगत गराउने व्यक्ति।
87458 सचेतक ना. वि. ३. सचेत गराउने।
87459 सचेतकता ना. सचेत हुनाको भाव वा स्थिति।
87460 सचेतन वि. चेतना वा ज्ञान भएको; सतर्क; जागरुक।
87461 सचेतन वि. ना. २. चेतनायुक्त वा सचेत प्राणी।
87462 सचेष्ट वि. चेष्टा भएको वा चेष्टा गर्ने; प्रयत्नशील सक्रिय।
87463 सच्चरित वि. सच्चरित्र।
87464 सच्चरित्र वि. असल चरित्र भएको; राम्रो चालचलनको; सद्व्यवहार गर्ने।
87465 सच्चरित्र वि. ना. २. असल चरित्र; सदाचार।
87466 सच्चरित्रता ना. सच्चरित्रको गुण वा अवस्था।
87467 सच्चा ना. जस्तो हुनुपर्ने उस्तै; जस्ताको तस्तो; साँचो।
87468 सच्चा ना. २. सकली व्यवहार भएको; चोखो।
87469 सच्चा ना. ३. न्यायोचित; मनासिब।
87470 सच्चाइ ना. सच्चा हुन चाहिने कुरो; साँचोपन; सत्यता।
87471 सच्चिदानन्द ना. सत्, चित् र आनन्दमय रूप; परब्रह्म।
87472 सच्याइ ना. सच्याउने क्रिया वा प्रक्रिया।
87473 सच्याइनु क.क्रि. सच्याउने काम गराइनु; सुधारिनु।
87474 सच्याउनु स.क्रि. टुटेफुटेको वस्तुलाई बनाउनु; सपार्नु; सुधार्नु।
87475 सच्याउनु स.क्रि. २. अशुद्धि भएको मिलाउनु वा सपार्नु; शुद्ध पार्नु।
87476 सछी ना. कुनै मालसामान बिक्री गर्दा माल कमसल ठहरेका खण्डमा फिर्ता गर्ने गरी दुवै पक्षको पत्यारपर्दो मानिसकहाँ जम्मा गरिने, मालधनीले पाउने मोलको केही रकम वा अंश।
87477 सज्नु स.क्रि. टुटेफुटेका वस्तुलाई बनाउनु; जीर्णोद्धार गर्नु।
87478 सज्नु स.क्रि. २. सजिसजाउ पार्नु; सिँगार्नु; सजाउनु।
87479 सज्नु स.क्रि. ३. खसी पार्नु।
87480 सजग वि. सावधान; होसियार; सतर्क; सचेत; चनाखो।
87481 सजधज ना. ध्वजापताका, तोरण आदिले सजाएर गरिएको सिँगार; सजावट।
87482 सजन वि. मानिसका साथको; जनसहि।
87483 सजन वि. २. गोती।
87484 सजल वि. पानी भएको; जलयुक्त; आर्द्र; गिलो।
87485 सजल वि. २. आँसुले भरिएको; अश्रुपूर्ण।
87486 सजा ना. सजाय।
87487 सजाइ ना. सज्ने भाव, क्रिया वा प्रक्रिया।
87488 सजाइ ना. [सजाउ + आइ] २. सजाउने भाव, क्रिया वा प्रक्रिया।
87489 सजाइनु क.क्रि. सजिसजाउ पारिनु; सजाउने काम गरिनु।
87490 सजाउनु स.क्रि. भएका वस्तु ठिकठिक ठाउँमा मिलाएर वा नयाँ लुगा, अलङ्कार आदिले सजाएर राम्रो पार्नु; सजिसजाउ गर्नु।
87491 सजाउनु स.क्रि. २. कुनै ठाउँ वा वस्तुलाई आवश्यक साधनले सिँगारेर दर्शनीय वा मनोरम बनाउनु।
87492 सजात वि. साथै जन्मेको; सँगै जन्मेको।
87493 सजात वि. ना. २. दाजु वा भाइ।
87494 सजाति वि. एउटै जाति वा वर्गको; समान जात वा वर्णको।
87495 सजाति वि. ना. २. एकै जातका अमाबाबुबाट भएका सन्तान; एउटै जाति।
87496 सजातीय वि. एउटै जात वा वर्गको; सजाति।
87497 सजाय ना. कुनै दोष वा अभियोग प्रमाणित भएपछि दिइने शारीरिक वा आर्थिक दण्ड; दण्ड र कैदमध्ये कुनै एक वा दुवै; कारावास।
87498 सजाय ना. २. कुनै कामकुराका निम्ति दिइने सास्ती; यातना; शासना।
87499 सजाय ना. ३. दण्डजरिवाना।
87500 सजायाफ्ता वि. सजाय पाइसकेको; कैद भोगिसकेको।