Dictionary

All Word

87601 सटानी ना. हे. सटनी।
87602 सटासट क्रि.वि. कुनै काम छिटोछिटो गर्ने गरी; धमाधम।
87603 सटासट क्रि.वि. २. फुर्तीसाथ हिँड्ने चालले; फटाफट।
87604 सटीक वि. टीकाद्वारा अर्थ खुलस्त पारिएको; टीका वा व्याख्यासहितको।
87605 सटुवा वि. साट्ने काम गरेको; सटही गरेको।
87606 सटुवा वि. २. साट्ने; सटनी गर्ने।
87607 सट्कनु अ.क्रि. कसैले चालै नपाउने गरी लुसुक्क हिँड्नु; सुटुक्क जानु; भाग्नु।
87608 सट्कनु अ.क्रि. २. शरीरका नसा रड्केर पीडा हुनु; झस्को पस्नु।
87609 सट्कनु अ.क्रि. ३. मानसिक स्थिति वा मस्तिष्क खजमजिनु; छँटाहापन आउनु।
87610 सट्काइ ना. सट्कने वा सट्काउने क्रिया वा प्रक्रिया।
87611 सट्काइनु क.क्रि. सट्कन लाइनु।
87612 सट्काउनु स.क्रि. प्रायः चिनजानको व्यक्तिद्वारा कसैले थाहा नपाउने गरी धनमाल सुटुक्क लैजानु; आँखा छलेर चोर्नु।
87613 सट्काउनु स.क्रि. प्रे.क्रि. सट्कने पार्नु।
87614 सट्किनु अ.क्रि. सट्कने काम होइनु।
87615 सट्किनु अ.क्रि. २. सट्कनु।
87616 सट्को ना. चाल नपाइने किसिमले आउने वा जाने गति।
87617 सट्को ना. २. पलक झिम्क्याउनुभरको क्षण।
87618 सट्को ना. (उदा.- एकै सट्कोमा माल त गायब भइसकेछ)।
87619 सट्क्याइ ना. सट्किने भाव, क्रिया वा प्रक्रिया।
87620 सट्क्याहट ना. सट्किने भाव, स्थिति वा क्रियाप्रक्रिया।
87621 सट्ट क्रि.वि. गर्नुपर्ने कामकुरो तुरुन्त वा सफाइका साथ गर्ने गरी।
87622 सट्ट क्रि.वि. २. कुनै वस्तु झटपट सुटुक्क झिक्ने चाले।
87623 सट्ट क्रि.वि. ३. भएको वस्तु सबै सिद्ध्याउने गरेर।
87624 सट्टक ना. अठार उपरूपकमध्ये एक; प्रवेशक, विष्कम्भक केही नहुने र प्रशस्त मात्रामा अद्भुत रसमात्रै पाइने प्राकृत भाषाको उपरूपकको एक भेद।
87625 सट्टा ना. वस्तुका निम्ति दिइने कुनै अर्को वस्तु; साटो; बदला।
87626 सट्टा ना. २. साट्ने काम; सटही।
87627 सट्टापट्टा ना. परस्परमा एउटा वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर; विनिमय।
87628 सट्टाबिदा ना. सार्वजनिक बिदाका दिनमा काम गर्नुपर्ने कर्मचारीले अर्को कुनै दिनमा बिदा पाउने व्यवस्था।
87629 सट्टाबिर्ता ना. १९६२ सालमा सरकारबाट पाहिक पर्ने जग्गा हरण भई त्यसको सट्टामा दिइएको वा नयाँ मन्जुर गरिएको बिर्ता जग्गा।
87630 सट्टाभर्ना ना. आफूले लिएको कुनै वस्तु खती हुँदा वा हराउँदानासिँदा साटो दिइने अर्को वस्तु अथवा त्यस्तो वस्तु साटो दिने काम।
87631 सट्ठी ना. लिनुदिनुपर्ने रकम वा चिजको छिनाफाना; फच्चे; चुक्ती।
87632 सट्याकसुटुक क्रि.वि. गरिएका कामकुरा छिपाएर वा कसैलाई स्पष्ट थाहा नदिईकन।
87633 सट्याकसुटुक क्रि.वि. २. आकलझुकल आउने वा जाने चालसँग।
87634 सट्याकसुटुक क्रि.वि. ३. गोप्य कुराको धेरथोर सुइँको पाएर।
87635 सट्याकसुटुक क्रि.वि. ना. ४. गुप्ती कुरो वा व्यवहार।
87636 सठिया वि. रोपेको साठी दिन वा दुई महिनामा पाक्ने र हुने।
87637 सठिया वि. ना. त्यस्तरी पाक्ने धान, मकै आदि बाली वा अन्न।
87638 सठिया भटमास ना. मसिनु सेतो गेडा हुने, एक जातको भटमास।
87639 सड्नु अ.क्रि. घाम, पानी आदिका प्रभावले दुर्गन्ध वा अमिलोपन पैदा हुने गरी कुनै चिजमा विकार आउनु; कुहुनु; गल्नु।
87640 सड्नु अ.क्रि. २. काठ आदि मकाउनु; बिग्रनु।
87641 सड्नु अ.क्रि. ३. निष्क्रिय हुनु।
87642 सड्नु अ.क्रि. ४. पतित हुनु।
87643 सडक ना. टाढासम्म पुगिने वा सर्वसाधारण जनता हिँड्ने फराक राम्रो बाटो; मोटर चल्ने मूल बाटो; राजमार्ग।
87644 सडक विभाग ना. यातायात मन्त्रालयअन्तर्गत रहेको, नयाँ सडकको निर्माण गर्ने र भएका सडकहरूको जीर्णोद्धार तथा मर्मत गर्ने एक प्रमुख अड्डा।
87645 सडक मार्ग ना. मोटर, कार, बस आदि गुड्ने बाटो।
87646 सडन ना. सडेको चिज वा व्यक्ति।
87647 सडन ना. २. सड्ने काम।
87648 सडन्ते वि. सड्न लागेको; सड्ने स्वभावको।
87649 सडल ना. सडेबिग्रिएको वस्तु वा व्यक्ति।
87650 सडलपडल ना. सडेबिग्रिएर काममा नआइरहेको वस्तु।