Dictionary

All Word

87551 सञ्चारक वि. ना. ३. पथप्रदर्शक; नेता।
87552 सञ्चारक वि. ४. कुनै पनि सङ्क्रामक रोगको कीटाणुग्रस्त व्यक्ति, प्राणी वा माध्यम।
87553 सञ्चारण ना. सञ्चार गर्ने वा गराउने काम।
87554 सञ्चारमन्त्री ना. सञ्चार मन्त्रालयको कार्यभार सँभाल्ने मन्त्री।
87555 सञ्चारविद् ना. सञ्चारसम्बन्धी काम वा प्रविधिको ज्ञाता।
87556 सञ्चार विभाग ना. सञ्चारसम्बन्धी काम वा साधनको व्यवस्था मिलाउने र आवश्यक नीतिनियम आदि कार्यान्वित गराउने सरकारी विभाग।
87557 सञ्चार साधन ना. दुई वा धेरै स्थान, व्यक्ति आदिका बिच सम्बन्ध स्थापित गर्ने साधन (तार, हुलाक, रेडियो, टेलिफोन, मोटर, जहाज आदि)।
87558 सञ्चारिका ना. सञ्चारकको स्त्रीरूप।
87559 सञ्चारिका ना. २. कुटुनी; दूती।
87560 सञ्चारिणी वि. सञ्चारीको स्त्रीरूप।
87561 सञ्चारी वि. सञ्चार गर्ने वा सञ्चार हुने; गतिशील; परिवर्तनीय।
87562 सञ्चारी वि. २. रोग फैलाउने; सरुवा।
87563 सञ्चारीभाव ना. साहित्यिक रसको निष्पत्ति गराउने स्थायी भावहरूमा प्रकट र प्रच्छन्न रहेर रस पुष्टि गर्ने प्रायः सर्वमान्य तेत्तिस प्रकारका भाव।
87564 सञ्चारीभाव ना. (नाट्यशास्त्रका आचार्य भरतद्वारा उल्लिखित तेत्तिस भावका नाम यी हुन्- निर्वेद, आवेग, दैन्य, श्रम, मद,जडता, औग्य्र , मोह, विबोध, स्वप्न, अपस्मार, गर्व, मरण, अलसता, अमर्ष, निद्रा, अवहित्था, औत्सुक्य, उन्माद, शङ्का, स्मृति, मति, व्याधि, सन्न्यास, लज्जा, हर्ष, असूया, विषाद, धृति, चपलता, ग्लानि, चिन्ता र वितर्क)।
87565 सञ्चालक वि. राम्ररी चलाउने; गतिशील पार्ने।
87566 सञ्चालक वि. ना. २. कुनै पनि कामलाई समुचित रूपले चलाउने वा गतिशील पार्ने व्यक्ति; सुव्यवस्थित किसिमले कुनै काम थाल्न वा चलाउन सिपालु मानिस।
87567 सञ्चालन ना. कुनै काम वा व्यवस्थालाई सुचारु रूपले चलाउने काम; गतिशील रूपमा निरन्तर चलाइने कुनै काम वा त्यस्तो कामको समुचित प्रबन्ध।
87568 सञ्चालन समिति ना. कुनै पनि सङ्घ, संस्था, दल आदिको उद्देश्यअनुरूप कार्यक्रमको निरूपण तथा निर्णय गरी आवश्यक व्यवस्था मिलाउने र तिनको कार्यान्वयनसमेत गराउने, सम्बन्धित सदस्यहरूमध्येबाट नियमानुसार गठित समिति।
87569 सञ्चालित वि. व्यवस्थित तरिकाबाट सञ्चालन गरिएको; राम्ररी चलाइएको।
87570 सञ्चित वि. सञ्चय गरिएको; राम्ररी बटुलिएको; जोरजाम गरिएको।
87571 सञ्चित कोष ना. भविष्यका निम्ति आवश्यक कार्यलाई जम्मा पारिएको कुनै धन।
87572 सञ्चित कोष ना. २. सरकारलाई प्राप्त हुने सबै किसिमको राजस्व तथा राजस्वको धितो लिइएका सबै कर्जा र ऐनको अधिकार दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त हुने धन आम्दानी बाँधेर राखिने सरकारी कोष।
87573 सञ्चित ज्ञानराशि ना. जम्मा भएको ज्ञानको राशि।
87574 सञ्चिता / सञ्चिति ना. सञ्चित वा जम्मा गर्नाको क्रिया वा भाव; जोगाउने काम; बटुलाइ; सञ्चय।
87575 सञ्चिता / सञ्चिति ना. २. तह लगाउने काम; हेरविचार; सुरक्षा।
87576 सञ्जय ना. कौरव र पाण्डवको झिगडामा शान्तिपूर्ण सम्झौता गराउन प्रयत्नशील हुने र धृतराष्ट्रलाई महाभारतयुद्धको प्रत्यक्ष वर्णन सुनाउने उनैका विश्वस्त सारथि।
87577 सञ्जात वि. कसैका साथ वा कसैद्वारा उत्पन्न; जन्मेको (जस्तो- वात- सञ्जात= हनुमान् )।
87578 सञ्जात वि. २. प्रकट भएको; देखिएको; व्यक्।
87579 सञ्जात वि. ना. ३. पुराणका अनुसार एक प्राचीन जाति।
87580 सञ्जात बलि वि. मरेको प्राणीको मासु खाने।
87581 सञ्जात बलि वि. ना. २. डुम कौवा।
87582 सञ्जीवन ना. राम्रो वा स्वस्थ जीवन।
87583 सञ्जीवन ना. २. कसैको सहवासमा जीवन बिताउने काम।
87584 सञ्जीवन ना. ३. पुनर्जीवन दिने एक बुटी; सञ्जीवनी।
87585 सञ्जीवन ना. ४. एक नरकको नाम।
87586 सञ्जीवनी ना. मरेको व्यक्तिलाई पुनर्जीवित पार्ने भनिएको एक प्रसिद्ध अमृ।
87587 सञ्जीवनी ना. २. त्यस्तो बुटी विशेष।
87588 सट ना. रोकिने वा बन्द हुने काम; टुटाइ (उदा.- आज बिजुली सट भएछ)।
87589 सटक ना. सडक।
87590 सटक सीताराम ना. कसैलाई थाहापत्तै नदिई सुटुक्क भाग्ने काम; सुइँकुच्चा; ठोकाइ।
87591 सटनी कुनै वस्तु परस्पर साट्ने काम; सटही; सटानी।
87592 सटनी २. साटफेर गर्दा लाग्ने दस्तुर; बट्टा।
87593 सटरपटर ना. कुनै काममा फुर्तीफार्ती देखाउने वा विशेष सक्रिय हुने चाल।
87594 सटही ना. वस्तु वा मुद्रा विनिमय गर्ने वा साट्ने काम; भजाउने काम; सटनी।
87595 सटही ना. २. रुपियाँपैसा आदि विनिमय गर्दा लाग्ने दस्तुर; बट्टा।
87596 सटही काउन्टर ना. कुनै ब्याङ्कअन्तर्गत वैदेशिक मुद्रा साट्न तोकिएको ठाउँ।
87597 सटही दर ना. मुद्राविनिमय आदिका निम्ति केन्द्रीय वा राष्ट्रबैङ्कद्वारा निर्धारित विभिन्न मुद्राको दर वा भाउ।
87598 सटाइ ना. साट्ने काम वा किसिम; भजाइ।
87599 सटाइनु क.क्रि. साट्न लाइनु।
87600 सटाउनु प्रे. क्रि. साट्न लाउनु।