Dictionary

All Word

87401 सङ्घर्षशील वि. २. सङ्घर्ष गरिरहनुपर्ने।
87402 सङ्घर्ष समिति ना. स्वाधीनता, मौलिक अधिकार आदिको प्राप्तिका निम्ति आन्दोलन थाल्ने वा सङ्घर्ष सञ्चालन गर्ने समिति।
87403 सङ्घर्षी वि. सङ्घर्ष गर्ने; सङ्घर्षर।
87404 सङ्घर्षी वि. २. ऊष्मीभूत वा घृष्ट व्यञ्जन (स, ह)।
87405 सङ्घस्थविर ना. बौद्ध मठ वा सङ्घारामका मुख्य भिक्षु।
87406 सङ्घात ना. कुनै परिस्थिति वा प्रतिक्रियास्वरूप हुने ठुलो आघात; चर्को मानसिक ठक्कर।
87407 सङ्घात ना. २. कुनै कामका निम्ति सङ्गठित दल; जमा।
87408 सङ्घात ना. ३. दुई वा दुईभन्दा बढी स्वरहरूको मेल (जस्तै- ऐ, औ आदि)।
87409 सङ्घात्मक वि. सङ्घको प्रधानता भएको; सङ्घको रूप दिइएको।
87410 सङ्घात्मक सरकार ना. सङ्घीय राज्यमा सम्बन्धित विभिन्न राज्यको प्रतिनिधित्व भएको सरकार।
87411 सङ्घार ना. सँघार; दैलाको ठेलो।
87412 सङ्घार ना. फजुल खर्च र जथाभाबी गरी भएभरको सम्पत्ति स्वाहा पार्ने काम; संहार।
87413 सङ्घार ना. २. सबै थोक सिद्ध्याउने काम; सत्यानाश; बरबादी।
87414 सङ्घाराम ना. बौद्ध भिक्षुहरू निवास गर्ने मठ; विहार।
87415 सङ्घारे वि. फजुलमा सम्पत्ति उडाउने स्वभावको; सङ्घार गर्ने; संहारे।
87416 सङ्घारे वि. २. सबै कुरा नाश पार्ने; सर्वनाशी; सत्यानाशी।
87417 सङ्घीय वि. सङ्घ भएको; सङ्घसम्बन्धी।
87418 सङ्घीय वि. ( जस्तो- सङ्घीय गणतन्त्र, राष्ट्रसङ्घीय अधिवेशन आदि)।
87419 सङ्घीयता सङ्घीय हुनाको भाव।
87420 सङ्घीयता (उदा. - नेपालमा सङ्घीयताको परीक्षण हुन बाँकी छ )।
87421 सङ्घीय संविधान ना. आन्तरिक मामिलामा प्रायः स्वतन्त्र हुने तर परराष्ट्रनीति, रक्षा आदि प्रमुख आवश्यक विषयहरूका सम्बन्धमा केन्द्रीय वा सङ्घीय सरकारको अधीनमा रहने राज्य वा सङ्घको संविधान।
87422 सङ्रङ्ग/ सङ्रङ्ङ क्रि.वि. रसजति सबै सुकेर वा सुक्ने गरी।
87423 सङ्रालिनु अ.क्रि. सङ्रालो भएर आउनु; सङ्ग्रालिनु।
87424 सङ्रालो ना. प्रवाह बनेर आउने मिठो सम्झना।
87425 सङ्रालो ना. २. सङ्ग्रालो।
87426 सङ्लनु अ.क्रि. मिलेको माटो, धुलो आदि पदार्थ थेग्रिई तरल पदार्थ स्वच्छ हुनु; थिग्रिनु; टहकिनु।
87427 सङ्लनु अ.क्रि. २. नराम्रा कुरा हटेर चित्त सफा हुनु; हृदय निर्मल बन्नु।
87428 सङ्लनु अ.क्रि. स.क्रि. ३ मेसो मिलाई तह लाउनु र बटुल्नु (धागो, जनै आदि)।
87429 सङ्लाइ ना. सङ्लने भाव, क्रिया वा प्रक्रिया।
87430 सङ्लाइनु क.क्रि. सङ्लो वा सफा पारिनु; सङ्लने तुल्याइनु।
87431 सङ्लाउनु प्रे. क्रि. सङ्लो वा सफा पार्नु; सङ्लने तुल्याउनु।
87432 सङ्लिनु अ.क्रि. सङ्लो होइनु।
87433 सङ्लिनु अ.क्रि. २. सङ्लनु।
87434 सङ्लो वि. धुलोमैलो वा कसर केही नभएको; अरू थोक केही नमिलेको; स्वच्छ; निर्मल।
87435 सङ्लो वि. २. हृदय सफा र शुद्ध भएको; निष्पाप; पवित्र।
87436 सचराचर वि. चर र अचरसहित (पृथ्वी); स्थावर र जङ्गमले पूर्ण।
87437 सचराचर वि. ना. २. संसार; विश्व।
87438 सचल वि. चलायमान; चल्ने; जङ्गम।
87439 सचल वि. ना. २. चल्ने वस्तु; जङ्गम पदार्।
87440 सचलता ना. सचल हुनाको भाव वा अवस्था; चञ्चलता।
87441 सचिनु अ.क्रि. सच्याउने काम गरिनु; साँचो कुरा वा शुद्ध रूप रहनु।
87442 सचित्र वि. चित्रहरू समावेश भएको; चित्रसहि।
87443 सचिव ना. कार्यपालिकालाई सहयोगसल्लाह दिँदै आन्तरिक कार्यसञ्चालन गर्ने, मन्त्रिमण्डलले गरेको निर्णयलाई कार्यान्वित गराउने विशिष्ट तहको कर्मचारी।
87444 सचिव ना. २. कुनै सङ्घसंस्थाका कार्यको संयोजन तथा निर्णय आदि क्रियान्वित गराउने एक प्रमुख पद।
87445 सचिव ना. ३. कुनै प्रमुख व्यक्ति वा उच्च तहका अधिकारीको पत्रव्यवहार, जनसम्पर्क, व्यवस्था सञ्चालन आदि काम गर्ने निजी सहायक (पी. ए.)।
87446 सचिव ना. ४. मन्त्री; अमात्य।
87447 सचिव स्तर ना. सचिवहरूले नै गर्नुपर्ने वा विभिन्न मन्त्रालयका सचिवहरूका बिचमा गरिने सम्झौता, जाँच आदि कामकुराको तह।
87448 सचिव स्तर ना. २. दुई सरकारका सचिवका बिच सम्पन्न हुने सम्झौता वा लेनदेन आदिको कामकुरो।
87449 सचिवालय ना. कुनै राज्य, प्रान्तीय सरकार वा ठुलठुला सङ्घसंस्थाका सचिवहरूको प्रधान कार्यालय; सेक्रेटरियट।
87450 सचिवालय ना. २. मन्त्रिस्तरीय विभागको प्रशासनलाई नियन्त्रित र सञ्चालित गर्ने उच्च तहको कार्यालय; मन्त्रीहरूको प्रधान कार्यालय; मन्त्रालय।