Dictionary

All Word

88001 सनही ना. हे. सनई।
88002 सनही ना. मलको रूपमा प्रयोग गरिने धानका जातको एक थरी झार।
88003 सनाई ना. छिनछिनेको जस्तो बोट र पात रेचक हुने पाटविशेष; सानो जातको सन।
88004 सनाईपत्ती ना. पेट खलास गर्न प्रयोग गरिने, सुके पनि हरियै रहने एक प्रकारको पा।
88005 सनाखत ना. अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम वा कुरो मैले गरेको हुँ भन्ने बेहोरा लेखी प्रमाणस्वरूप गरिने सहीछाप; भिडाउने वा चिनाउने काम।
88006 सनाखत ना. २. पोलिएको व्यक्ति, अनिश्चित वा बेवारिस लास आदि चिन्न लाउने काम।
88007 सनाखत कागत ना. चोरी, डाँका, खुन आदि मुद्दामा दोपाया, चौपाया, धनमाल, वस्तुहरू उजुरवाला जुन मानिसलाई चिनाउनुपर्छ धेरैमा एकैनासका राखी मिलाई यही हो भनी किटानसाथ चिनाएर गरिने काग।
88008 सनातन वि. धेरै अघिदेखि चलिआएको; परापूर्वदेखिको; प्राचीन।
88009 सनातन वि. २. कहिल्यै नाश नहुने; अविनाशी; शाश्वत; नित्य।
88010 सनातन वि. ना. ३. धेरै पहिलेदेखि चल्दै आएको व्यवहार।
88011 सनातन वि. ४. अनादिकाल; परापूर्व।
88012 सनातन वि. ५ शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम।
88013 सनातनता ना. सनातनको चाल वा स्थिति।
88014 सनातन धर्म ना. आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म।
88015 सनातन धर्म ना. २. वेद, पुराण, तन्त्र, मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको हिन्दु धर्म।
88016 सनातन धर्म सेवासमिति ना. सनातन धर्मको महत्त्व र उपयोगिताको प्रचार गरी मानवकल्याणमा संलग्न रहने उद्देश्यले नेपालमा चलेको एक संस्था।
88017 सनातनी वि. सनातनदेखिको; सनातनसम्बन्धी; प्राचीन।
88018 सनातनी वि. २. सनातन धर्मको अनुयायी; सनातन धर्म अँगाल्ने।
88019 सनिसर ना. शनिश्चर; सन्सर।
88020 सनासो ना. कसौँडी, तसला आदि च्याप्न प्रयोग हुने, गँगटाको पन्जाजस्तो मुख र घुमेको बिँड भएको फलामे साधन; बाहुली।
88021 सनेस ना. एउटा कुरो भने झैँ गरी अर्को कुरो जनाउने काम; छनक; सुइँको।
88022 सनेस ना. २. छोटकरी समाचार; सन्देश।
88023 सनेस ना. ३. कोसेली; उपहार।
88024 सन्कनु अ.क्रि. सनक वा रिस चढ्नु; उत्तेजित हुनु।
88025 सन्कनु अ.क्रि. २. बतासे कुरा गर्न थाल्नु; सिल्लीजस्तो हुनु।
88026 सन्काइ ना. सन्कने वा सन्काउने क्रियाप्रक्रिया।
88027 सन्काइनु क.क्रि. सन्काउने काम गरिनु।
88028 सन्काउनु स.क्रि. आँखाले सङ्केत गर्नु वा सूचना दिनु।
88029 सन्काउनु स.क्रि. २. तरल पदार्थ छिटोछिटो पिउनु।
88030 सन्काउनु स.क्रि. प्रे.क्रि. ३. उत्तेजित पार्नु; झोक चलाउनु।
88031 सन्काउनु स.क्रि. ४. बौलाहा बनाउनु।
88032 सन्कासन्की ना. परस्परमा सन्कने काम; रन्कारन्की (उदा.- कुरा गर्दागर्दै तिनीहरू सन्कासन्की पो गर्न थाले)।
88033 सन्काहा वि. सन्कने बानी भएको; सन्की।
88034 सन्काहा वि. २. अर्द्धसिल्ली।
88035 सन्की वि. सन्कने स्वभावको; सन्काहा।
88036 सन्को ना. सन्कने चाल; सन्कने काम; सनक।
88037 सन्को ना. २. एकै सासमा पिइसकिने घुट्को; पियाइको खेप।
88038 सन्च ना. सन्चो; सुबिस्ता।
88039 सन्च ना. (उदा.- नानीलाई सन्च आमालाई हाइसन्च)।
88040 सन्चो ना. रोग, पीडा आदिको निवारण; आरोग्य; सन्च।
88041 सन्चो ना. २. आपत्, झन्झट, बाधा आदि केही नरहने स्थिति; सुबिस्ता; आनन्द।
88042 सन्चोबिसन्चो ना. स्वस्थता र अस्वस्थता; नीरोगित्व र बिमारी।
88043 सन्छेप ना. छोटकरी भनाइ वा लेखाइ; सङ्क्षेप।
88044 सन्छेप ना. २. इसारा; सङ्के।
88045 सन्जना ना. जाली झैँ बन्ने गरी मसिनु पारेर काटिएको मुला आदिको चाना; भुजुरी।
88046 सन्जाप ना. भोटो, दौरा, सुरुवाल आदिको छेउमा सिएर गाँसिने कपडाको धर्सो; सेप्टी; मोहोजी; मञ्जी।
88047 सन्जे ना. सन्ध्या; साँझ।
88048 सन्जे ना. २. साँझमा जपिने मन्त्र; गायत्रीजप।
88049 सन्जेकाल ना. साँझको वेला; सन्ध्याकाल; सायङ्काल।
88050 सन्जेकाल ना. (उदा.- सन्जेकालमा रोए अलच्छिन लाग्छ रे )।