Dictionary

All Word

88051 सन्जोग ना. आकस्मिक तारतम्य; संयोग; भवितव्य।
88052 सन्जोगे ना. भान्सामा चाहिने नुन, मसला आदि हाल्ने काठ वा टिनको खण्डेदार भाँडो; पञ्चपाला।
88053 सन्झ्याल ना. गारो बाहिर निस्केको पुरानो छाँटको कलात्मक बुट्टे झ्याल।
88054 सन्टरी ना. पालो बस्ने व्यक्ति; पहरेदार; पाले; सन्तरी।
88055 सन्टरी ना. २. पहरा; पालो; चपट।
88056 सन्ठ वि. जिउ मात्र देख्नाको तर बुद्धि नभएको; स्वाँठ; मूर्ख; लन्ठ।
88057 सन्ठ वि. २. उच्छृङ्खल; उत्ताउलो।
88058 सन्ठिनु अ.क्रि. स्वाँठ हुनु; धूर्त बन्नु।
88059 सन्ठिनु अ.क्रि. २. लन्ठिनु।
88060 सन्ठी ना. सनको पाट निकालिसकेपछिको झिँजा; सन ताछेको लट्ठी।
88061 सन्ड / सन्डो वि. मोटोघाटो वा बलियोबाङ्गो भईकन मूर्ख; भुसतिघ्रे र मूढ।
88062 सन्ड / सन्डो वि. २.मिठामसिना कुराले आफ्नो काम पट्याउन जान्ने।
88063 सन्ड / सन्डो वि. ३. चाप्लुसी गर्न र धुत्न सिपालु; धूर्त चालको बाठो।
88064 सन्ड / सन्डो वि. ४. लाज, इज्जत केही नभएको।
88065 सन्ड्याइ ना. सन्ड्याउने भाव, क्रिया वा प्रक्रिया।
88066 सन्ड्याइनु क.क्रि. सन्ड्याउने काम गरिनु।
88067 सन्ड्याउनु स.क्रि. सन्ड भएर अरूलाई झुक्यानमा पार्नु; धुत्नु; ठग्नु।
88068 सन्डयु ना. मसिना किरा जाँदा चोपमा टाँसिने, मसिनै पात र हाँगा भएको एक जातको बुटी।
88069 सन्त ना. व्यवहार र विषयमा नअल्झी धर्म वा पुण्य कार्यमा लागेको पुरुष; सज्जन व्यक्ति; साधु; सन्न्यासी।
88070 सन्त ना. २. अँजुली; अञ्जली।
88071 सन्त ना. वि. ३. शान्त स्वभावको; विनम्र।
88072 सन्तति ना. सन्तान; छोराछोरी, नातिनातिना आदि।
88073 सन्तति ना. २. वंश; कुल; परिवार।
88074 सन्तति ना. ३. वंश वा कुलको विस्तार।
88075 सन्तति निरोध ना. सन्ताननिरोध; गर्भनिरोध।
88076 सन्तधारा ना. नेपाली कविताको उत्तरप्राथमिक कालमा मूलतः निर्गुण भक्तिधाराको प्रवाह ल्याउने जोसमनी सन्तसम्प्रदाय तथा त्यसै सम्प्रदायमा फस्टाउँदै गएको काव्यपरम्परा।
88077 सन्तप्त वि. धेरै तातेको; खुब गर्मी भएको।
88078 सन्तप्त वि. २. मनमा ठुलो पिर परेको; चिन्ताले रन्थनिएको।
88079 सन्तप्त वि. ३. कामले थाकेको; श्रान्।
88080 सन्तमहन्त ना. सन्त र महन्त; साधु; सन्न्यासी।
88081 सन्तरी ना. हे. सन्टरी।
88082 सन्ताउन्न ना. छपन्नपछिको सङ्ख्या वा गन्ती; ५७-को अङ्क।
88083 सन्ताउन्न ना. वि. २. पचास र सात जोड्दा हुने सङ्ख्याको।
88084 सन्ताउन्नौँ वि. सन्ताउन्न सङ्ख्यामा पर्ने; सन्ताउन्न सङ्ख्याको।
88085 सन्तान ना. छोराछोरी; बालबच्चा; सन्तति।
88086 सन्तान ना. २. परिवार; खलक; वंश; कुल।
88087 सन्तान ना. ३. अवच्छिन्न क्रम; शृङ्खला।
88088 सन्तान ना. ४. इन्द्रको स्वर्गमा रहेका पाँच देवतामध्ये एक।
88089 सन्तान दरसन्तान ना. अघिदेखि पछिसम्मका सन्तान; वंशपरम्परा।
88090 सन्तान दरसन्तान ना. (उदा.- यो जग्गा तिम्रा सन्तानदरसन्तानले भोग गर्नू भनी दानपत्रमा उल्लेख छ )।
88091 सन्तान निग्रह / निरोध ना. बढी सन्तानको जन्म रोक्नलाई इन्द्रियनिग्रह वा अन्य वैज्ञानिक साधनद्वारा गर्भधारण हुन नदिने काम; सन्ततिनिरोध।
88092 सन्तानब्बे ना. छयानब्बेपछिको सङ्ख्या वा गन्ती; ९७-को अङ्क।
88093 सन्तानब्बे ना. वि. २. नब्बे र सात जोड्दा हुने सङ्ख्याको।
88094 सन्तानब्बेऔँ / सन्तानब्बेयौँ वि. सन्तानब्बे सङ्ख्यामा पर्ने; सन्तानब्बे सङ्ख्याको।
88095 सन्तानवान् वि. सन्तान भएको; छोराछोरी भएको।
88096 सन्तानी ना. चाँडोचाँडो र धेरै बेत बियाउने क्रिया वा अवस्था।
88097 सन्तानी ना. वि. २. चाँडचाँडो र धेरै बेत बियाउने (गाई, बाख्रो आदि)।
88098 सन्तानोत्पादन ना. जैविक वस्तुहरूले आफू जस्तै अन्य जैविक वस्तुलाई बढाउने जीवनरसको मौलिक गुण वा प्रक्रिया; सन्तान जन्माउने काम।
88099 सन्ताप ना. कुनै कारणले मन चसचस भइरहने दुःख; मानसिक पीडा; मनको पिर।
88100 सन्ताप ना. २. प्रकाश, तेज आदिको चर्को ताप; राप; आँच; दाह; उष्णता।