Dictionary

All Word

88151 सन्दर्शन ना. २. एक टकको हेराइ; नियालाइ।
88152 सन्दर्शन ना. ३. विचार गर्ने काम; पर्यवेक्षण।
88153 सन्दिग्ध ना. सन्देह भएको; शङ्का लागेको; शङ्कास्पद।
88154 सन्दिग्ध ना. २. ठेगाना नभएको; अनिश्चि।
88155 सन्दिग्ध ना. ( जस्तो- सन्दिग्ध कथन वा कुरा, सन्दिग्ध सूची, सन्दिग्ध वातावरण इ.)।
88156 सन्दिग्ध ना. ना ३. अस्पष्ट कथन; अपूर्ण वार्ता।
88157 सन्दिग्धता ना. सन्दिग्ध हुने काम वा स्थिति; अस्पष्टता।
88158 सन्दिग्धता ना. २. यस्तो हो कि उस्तो हो भनेर सन्देह हुँदा वा वक्तव्य, कुरा आदि अनिश्चित हुँदा हुने अर्थदोष।
88159 सन्दिग्ध प्राधान्य ना. वाच्यार्थ वा व्यङ्ग्यार्थ कुन प्रधान हो भन्ने कुरामा सन्देह हुँदा हुने एक गुणीभूत व्यङ्ग्य।
88160 सन्दीपन वि. बाल्ने काम; प्रज्वलित गर्ने काम।
88161 सन्दीपन वि. २. उद्दीप्त पार्ने काम; उद्दीपन।
88162 सन्दीपन वि. ३. कामदेवका पाँच बाणमध्ये एक।
88163 सन्दीप्त वि. खुब राम्ररी बलेको; प्रज्वलि।
88164 सन्दीप्त वि. २. उक्साइएको; उत्तेजित; उद्दीप्।
88165 सन्दुक / सन्दुस ना. धनमाल; लत्ताकपडा राखिने काठ, फलाम आदिको बाकस; सन्दुस।
88166 सन्दुके वि. सन्दुकको; सन्दुकका ढाँचाको।
88167 सन्देश ना. कसैले अरूलाई लेखी वा भनी पठाएको कुरो; समाचार; खबर; सनेस।
88168 सन्देश ना. २. पालन गर्नुपर्ने कुनै आज्ञा; आदेश।
88169 सन्देश ना. ३. कोसेली; सौगा।
88170 सन्देश प्रेषक ना. एक ठाउँबाट अर्को ठाउँसम्म सन्देश पठाउने यन्त्र; ट्रान्समिटर; ध्वनियन्त्र।
88171 सन्देश प्रेषक ना. २. सन्देश पठाउने व्यक्ति।
88172 सन्देश प्रेषण ना. तार, बेतार आदिद्वारा सन्देश पठाउने वा जाने काम।
88173 सन्देश वाहक ना. सन्देश लैजाने वा पुर्‍याउने व्यक्ति।
88174 सन्देसा ना. ताजा वा मौलिक खबर; समाचार; सन्देश।
88175 सन्देह ना. कुनै विषय वा कुराको हो कि होइनको अवस्था; दोधार; संशय; शङ्का।
88176 सन्देह ना. २. अन्योलको वातावरण; भ्रान्ति; भ्रम।
88177 सन्देह ना. ३. उपमेयमा उपमानको चमत्कारले संशय हुँदा पर्ने एक अर्थालङ्कार।
88178 सन्देहवाद ना. वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधुरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्।
88179 सन्देहवादी वि. सन्देहवादमा लाग्ने; सन्देहवादको अनुयायी।
88180 सन्देहवादी वि. २. सन्देह गर्ने; शङ्का लिने।
88181 सन्देहात्मक वि. सन्देहले भरिएको; सन्देहपूर्ण; शङ्का हुने सन्दिग्ध।
88182 सन्देहास्पद वि. सन्देहात्मक; सन्दिग्ध।
88183 सन्धान ना. जोर्ने वा मिलाउने काम; सम्बन्ध, मेल।
88184 सन्धान ना. २. मिसाइने वस्तु,काम वा कुरो; मिसावट; मिश्रण।
88185 सन्धान ना. ३. खोज्ने, पत्ता लाउने काम; खोजी; अन्वेषण।
88186 सन्धान ना. ४. हतियार आदिको ताकिने वा हिर्काइने साधन (काँड, घुयेँत्रो, मट्याङ्ग्रो,गोली आदि)।
88187 सन्धान ना. ५. खान रुचि जगाउने चखिलो स्वादिलो वस्तु; अचार।
88188 सन्धान ना. ६. जोर्नी; सन्धि।
88189 सन्धान ना. ७. एकाग्रता।
88190 सन्धान ना. ८. स्वर आदिको साधन।
88191 सन्धान ना. ९. आसव झिक्ने काम।
88192 सन्धि ना. परस्परमा मिल्ने काम; मेलमिलाप; मित्रता; मैत्री।
88193 सन्धि ना. २. दुई वस्तुका माझको खाली ठाउँ; अन्तर।
88194 सन्धि ना. ३.दुई वा त्यसभन्दा बढी वस्तु वा अवयव जोडिएको ठाउँ;जोर्नी; गाँस।
88195 सन्धि ना. ४. मर्मस्थल; जननेन्द्रिय आदि।
88196 सन्धि ना. ५. परस्परको विरोध हटाई मेलमिलापसँग रहन तथा सहयोगी हुन दुई राष्ट्र वा समूहका बिचमा गरिएको मैत्रीपूर्ण वाचा-बन्धन; सम्झौता।
88197 सन्धि ना. ६. एक अवस्था वा युगको समाप्ति भई अर्को अवस्था वा युगको प्रारम्भ हुने समय।
88198 सन्धि ना. ७. व्याकरणमा नियमले उच्चारण गरिने ठाउँका अघिल्लो शब्दको अन्त्य वर्ण र पछिल्लो शब्दको आदि वर्ण केही परिवर्तित भई एकरूप भएर मिल्ने काम वा नियम।
88199 सन्धि ना. ८. नाटकमा प्रधान कुरासँग सम्बन्धित कथाको पाँच अवान्तर सम्बन्ध (मुख, प्रतिमुख, गर्म, विमर्श, र निर्वहण )।
88200 सन्धि ना. ९. चोरले घरमा घुस्नका निम्ति खनेको सुरुङ वा प्वाल; सेँध।