Dictionary

All Word

88201 सन्धिपत्र ना. दुई देशका बिचमा रक्षा, वाणिज्य, संस्कृति आदि विषयमा मेलमिलापको वार्ता टुङ्गिएपछि लेखिने त्यससम्बन्धी सर्तसहितको काग।
88202 सन्धिबन्धन ना. स्नायु; शिरा।
88203 सन्धिबाथ ना. शरीरका जोर्नीजोर्नीमा हुने बाथको रोग।
88204 सन्धिभङ्ग ना. सन्धिमा लेखिएका सर्तअनुसार कामकारबाई नभएको वा नहुने स्थिति; सन्धिपत्रको उल्लङ्घन वा टुटाइ।
88205 सन्धिभङ्ग ना. २. वैद्यशास्त्रका अनुसार, हातगोडा आदिको जोर्नीको हाड भाँचिनेफुट्ने क्रिया वा अवस्था।
88206 सन्धिविच्छेद ना. परस्परमा भएको सन्धि वा सम्झौता टुट्ने वा टुटाउने काम; सन्धिभङ्ग।
88207 सन्धिविच्छेद ना. २. व्याकरणका अनुसार सन्धि भएका शब्दहरूलाई टुक्रयाई पूर्वरूप देखाउने काम।
88208 सन्धिविच्छेद ना. (जस्तो- शिक्षालय =शिक्षा + आलय, गणेश= गण+ईश)।
88209 सन्धिसर्पन ना. नजिकका घरलाई साँध र त्यसको छेउछाउमा रहेको जग्गाजमिन, बाटोघाटो, तागोतगारो, पानीपँधेरो, वन-जङ्गल आदिबाट हुने असजिलो अवस्था वा ती कुनै वा सबै नभई नहुने मर्का।
88210 सन्धिस्थल ना. शरीरको जोर्नी वा मर्मस्थल।
88211 सन्धिस्थल ना. २. केन्द्रीय भाग; बिचको ठाउँ।
88212 सन्धेय वि. सन्धि गर्न योग्य; खोज्न लायक।
88213 सन्ध्यक्षर ना. सन्धि भई बन्ने ऐ, औ स्वरवर्ण।
88214 सन्ध्या ना. अघिल्लो एक घडी र पछिल्लो एक घडी मिली बनेको दिन र रातका बिचको समय; साँझ।
88215 सन्ध्या ना. २. साँझमा उपासना गरिने देवी (प्रातःसन्ध्या, मध्याह्नसन्ध्या र सायं-सन्ध्या)।
88216 सन्ध्या ना. ३. सन्ध्यादेवीको उपासनामा जपिने मन्त्र; गायत्रीजप; सन्जे।
88217 सन्ध्या ना. ४. ब्रह्माकी पत्नीको नाम।
88218 सन्ध्या ना. ५. दुई युगका बिचको समय; सन्धिकाल।
88219 सन्ध्याकाल ना. सन्ध्याको समय; साँझको बेला; सन्जेकाल।
88220 सन्ध्योपासना ना. सन्ध्याका समयमा गरिने उपासना (गायत्रीको जप, पाठपूजा आदि)।
88221 सन्ध्योपासना ना. २. गुरुबाट पाएका मन्त्रको बिहानबेलुकी गरिने जप।
88222 सन्न क्रि.वि. रिसाउने, तात्ने वा सन्कने जस्तै गरी।
88223 सन्न क्रि.वि. २. गोली, बाण आदि वेगसित आउने किसिमले।
88224 सन्न क्रि.वि. ३. तरल पदार्थ आदि नरोकिईकन एक खेप पिएर वा खाएर।
88225 सन्न क्रि.वि. ४. घबराउने कुरो सुन्दा मन र मस्तिष्क झस्कने छाँटसि।
88226 सन्नति ना. अभिवादन; सादर प्रणाम।
88227 सन्नति ना. २. विनम्रता।
88228 सन्नति ना. ३. मोडदार पर्वतको तलतिर मोडिएको खण्ड।
88229 सन्नद्ध वि. ठिकठाक भएको; तयार; कटिबद्ध।
88230 सन्नद्ध वि. २. कसेर बाँधेको; मस्काएको।
88231 सन्नद्ध वि. ३. साथमा गाँसिएको; संलग्न।
88232 सन्नद्ध वि. ४. कुनै पनि वस्तुले युक्।
88233 सन्नद्ध वि. ५. शस्त्रास्त्रद्वारा पूर्णतः सुसज्जित; युद्धका निम्ति तयार भएको।
88234 सन्नद्ध वि. ६. समीपवर्ती; नजिकको।
88235 सन्नाटा ना. चारैतिर कुनै किसिमको आवाज नहुने वा चकमन्न रहने स्थिति; शून्यता; नीरवता।
88236 सन्नाटा ना. वि. २. कुनै शब्द वा हलचल केही नभएको; सुनसान; एकलास।
88237 सन्निकट वि. अत्यन्त समीपको; निकै नजिकको।
88238 सन्निपात ना. वात, पित्त र कफ बिग्रँदा हुने एक कडा रोग; विषमज्वर; त्रिदोष।
88239 सन्निपात ना. २. ठुलो सन्ताप; ठक्कर।
88240 सन्निपात ना. ३. एकै खेप ओइरने काम; कामको थुप्रो।
88241 सन्निविष्ट वि. एकबाजि हटाइएको विषय वा अन्य विषयलाई समावेश गरिएको; नयाँ प्रवेश गराइएको।
88242 सन्निविष्ट वि. २. झिकिएका शब्द वा वाक्यका स्थानमा अरु शब्द, वाक्य आदि राखिएको।
88243 सन्निविष्ट वि. ३. साथमा रहेको; मिलेको।
88244 सन्निवेश ना. घुस्ने वा पस्ने काम; प्रवेश।
88245 सन्निवेश ना. २. साथमा रहने, जुट्ने तथा बसाउने काम; सामीप्य।
88246 सन्निवेश ना. ३. संलग्नता; गाभिने काम।
88247 सन्निवेश ना. ४. सहरनजिकको मनोरञ्जन गर्ने, खेल्ने मैदान।
88248 सन्निहित वि. कुनै वस्तुसँगसँगै मिलेको वा गाभिएको।
88249 सन्निहित वि. २. नजिकै राखिएको; समीपस्।
88250 सन्निहित वि. ३. अडेको, टिकेको वा सुरक्षित रहेको।