Dictionary

All Word

91901 सुगत ना. ३ सद्गतिप्राप्।
91902 सुगत ना. ४. असल चालचलनको।
91903 सुगति ना. मरेपछि हुने असल गति सद्गति, मोक्ष।
91904 सुगन्ध ना. मिठो बास्ना मनै रमाउने गन्ध, सुवास, महक।
91905 सुगन्ध ना. २. सुगन्धी वस्तु मिठो बास्ना आउने पदार्।
91906 सुगन्धराज ना. लसुनका जस्ता केही लामा पात हुने, राती धेरै बास्ना चल्ने, जोडा सेता फूल फुल्ने बोट वा त्यसकै फूल, रजनीगन्धा।
91907 सुगन्धवाल ना. झुस नभएको सोझो डाँठमा काँक्राका जस्ता चारपाँच कुना परेका पात हुने, लामालामा डाँठमा गुलाफी फूल फुल्ने, लाम्चा गेडा फल्ने एक जातको सुगन्धी बोट।
91908 सुगन्धा ना. गन्ध चल्ने फूलको बोट।
91909 सुगन्धित वि. बास्ना आउने बनाइएको, सुगन्ध चल्ने।
91910 सुगन्धी वि. सुगन्धित; सुगन्धयुक्।
91911 सुगम वि. जान सकिने, सजिलैसँग पुग्न सकिने।
91912 सुगम वि. २. सजिलैसित बुझ्न सकिने, सुबोध सहज।
91913 सुगमता ना. सजिलै जान सकिने स्थिति।
91914 सुगमता ना. २. सजिलै बुझ्न सकिने अवस्था।
91915 सुगसुग क्रि.वि. हे. सुकसुक।
91916 सुगा ना. रातो, मोटो चुच्चो र बाँकी सबै जिउमा हरिया प्वाँख हुने, मानिसको बोली टिप्ने प्रसिद्ध चरो।
91917 सुगाठुँडे वि. चुच्चो वा भद्दा मुख भएको (व्यक्ति)।
91918 सुगानाके वि. सुगाको जस्तो लामो नाक भएको (व्यक्ति)।
91919 सुगापढाइ ना. अर्थ नबुझी पढ्ने वा रट्ने काम एकोहोरो रटाइ।
91920 सुगारटाइ ना. सुगाले जस्तै अर्थ नबुझी पाठ रट्ने वा घोक्ने काम; व्यर्थको पढाइ।
91921 सुगीधान ना. गाढा पहेँला गेडा हुने एक जातको धान।
91922 सुग्घर वि. कथ्य. सुघर।
91923 सुग्घर वि. १. फोहरमैला नभएको, सफा।
91924 सुग्घर वि. २. राम्रो चोखो।
91925 सुग्घर सफाइ ना. सफासुग्घर भएको स्थिति, सरसफाइ।
91926 सुग्घरी वि. कथ्य. सुघरी।
91927 सुग्घरी वि. सफासुग्घर भएर बस्ने।
91928 सुग्रीव ना. रामायणप्रसिद्ध वानरराज, पुराणप्रसिद्ध बालिका भाइ।
91929 सुग्रीव ना. २. शङ्ख।
91930 सुग्रीव ना. ३. इन्द्र।
91931 सुग्रीव ना. वि. ४. राम्रो घाँटी भएको।
91932 सुचरित / सुचरित्र वि. असल चालचलन भएको, राम्रो स्वभाव भएको; सच्चरित्र।
91933 सुचरित / सुचरित्र वि. स्त्री. सुचरित्रा।
91934 सुचारु वि. खुब राम्रो ज्यादै सुन्दर।
91935 सुचालक वि. विद्युत्तरङ्ग प्रवाहित नहुने तर खालि ताप मात्र सर्ने वस्तु (अभ्रक आदि); सुसंवाहक।
91936 सुची ना. पिसाब; मूत्र।
91937 सुज / सुजन ना. वात, पित्त आदि रोगले अथवा चोटपटकले शरीरको कुनै पनि अङ्ग फुल्ने वा सुनिने काम।
91938 सुजन वि. भलादमी; सज्जन।
91939 सुजनता ना. भलादमीपन, सौजन्य।
91940 सुजनी ना. भुइँमा बस्न बिछ्याउने सानो आसन चकटी, सानो लम्पट।
91941 सुजाक ना. अलि जलन हुने मूत्रेन्द्रियको रोग; भिरङ्गी।
91942 सुजाकाणु ना. धातुमेहद्वारा उत्पन्न हुने रोग, गोनेरिया।
91943 सुजात वि. उच्च वंशमा जन्मेको, कुलीन।
91944 सुजात वि. २. राम्रोसँग जन्मेको सकुशल जन्म भएको।
91945 सुजिकार ना. लुगाफाटा सिउने कामको पेसेवार जाति; सूचिकार।
91946 सुजी ना. खस्रो खालको र दाना छुट्टिने किसिमको गहुँको पिठो।
91947 सुजीकार ना. हे. सुजिकार।
91948 सुजेरो ना. तोपचरो।
91949 सुजेरो ना. २. सुजीकारको कैची सियो आदि राख्ने झोला वा थैलो; नोक्चो।
91950 सुझ्नु अ.क्रि. मनमा नयाँनयाँ विचारको स्फुरण हुनु, नयाँ कुरा उब्जनु।