Dictionary

All Word

91951 सुझ्नु अ.क्रि. २. स्मरण हुनु, सम्झनु।
91952 सुझ्नु अ.क्रि. ३. आभास हुनु।
91953 सुझ ना. विचारको स्फुरण, उपाय वा कुनै नयाँ युक्तिको प्रस्फुटन, सूझ।
91954 सुझ ना. २. सुझ्ने काम।
91955 सुझदार वि. राम्रो सुझ भएको; अकिलदार।
91956 सुझबुझ ना. समस्यालाई राम्ररी बुझ्ने र त्यसको समाधान गर्ने बुद्धि; विवेक।
91957 सुझबुझ ना. २. स्मरण।
91958 सुझाइ ना. सुझ्ने भाव, क्रिया वा प्रक्रिया।
91959 सुझाइ ना. [सुझाउ + आइ] २. सुझाउने भाव वा क्रियाप्रक्रिया।
91960 सुझाइनु क.क्रि. सुझ्न लाइनु।
91961 सुझाउ / सुझाव ना. नयाँ कामकुराको प्रस्ताव; रायसल्लाह; अनुरोध।
91962 सुझाउ / सुझाव ना. २. सम्झाउने वा स्मरण गराउने काम।
91963 सुझाउनु प्रे. क्रि. सुझ्न लगाउनु; विचारको स्फुरण गराउनु।
91964 सुझिनु अ.क्रि. सुझ्ने काम होइनु; विचार फुरिनु।
91965 सुट ना. जिउ र खुट्टामा लगाइने एकैनासे कोट र पाइन्ट भएको पश्चिमी ढाँचाको किम्मती लुगा।
91966 सुटकेस ना. सानो अटैची वा बाकस।
91967 सुटिङ ना. चलचित्र खिच्ने काम।
91968 सुटिङ स्टुडियो ना. चलचित्र खिच्ने ठाउँ वा घर।
91969 सुटुक ना. डुम्रीको बोट वा फल।
91970 सुटुक्क क्रि.वि. कुनै कामकुरो गर्दा अरूले चाल नपाउने गरी; पत्तै नपाईकन; सुट्ट।
91971 सुटुक्किनु अ.क्रि. सुटुक्क जानु; चालै नपाई जानु।
91972 सुटुक्किनु अ.क्रि. २. गुल्टिनु;मर्नु।
91973 सुट्ट क्रि.वि. सुटुक्क निस्कने वा भाग्ने गरी।
91974 सुट्ट क्रि.वि. २. छिटै भित्र पस्ने किसिमले।
91975 सुठनी / सुठुनी ना. पानका आकारका पात, सेतो फूल र सेतै गोल कन्द हुने एक जातको लहरो।
91976 सुठनी / सुठुनी ना. २. त्यसैको कन्दमूल, एक प्रकारको सखरखण्ड।
91977 सुठो ना. खार, चुन आदि खनिज मिसाई तयार गरी सुकाएको अदुवा।
91978 सुठो ना. २. सुकेको अदुवा।
91979 सुठौरो/ सुठाउरो ना. सुठो हालेर प्रायः सुत्केरीका लागि बनाइएको खानेकुरो।
91980 सुठौरो/ सुठाउरो ना. २. सुठोको झोल वा रस।
91981 सुडौल वि. शरीरको गठन राम्रो भएको; राम्रो जिउडालको।
91982 सुत्नु अ.क्रि. बिछ्‌यौनामा निदाउनका लागि पस्रनु; लेट्नु ; पल्टनु।
91983 सुत्नु अ.क्रि. २. निदाउनु।
91984 सुत्नु अ.क्रि. ३. स्त्रीसम्भोग गर्नु।
91985 सुत ना. छोरो, पुत्र, पुरुषसन्तान।
91986 सुत ना. २. सुत्केरी हुनुभन्दा पहिले स्त्रीको योनिबाट निस्कने तरल पदार्थ सेप।
91987 सुत ना. ३. गाईबस्तुको जननेन्द्रिय; योनि।
91988 सुत ना. रुवो रेसम, ऊन आदिको मसिनु डोरो; धागो।
91989 सुत ना. २. घरका गारामा भित्रपट्टि दलिनहरू अड्याउन लगाइने लामो काठ।
91990 सुतरी ना. सुतको डोरी; सुथरी।
91991 सुतल ना. तलका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पातालमध्ये तेस्रो लोक।
91992 सुतली ना. इनामपा।
91993 सुता ना. छोरी; पुत्री; स्त्रीसन्तान।
91994 सुता ना. २. प्रायः तराईका स्त्रीजातिले लगाउने एक प्रकारको गहना।
91995 सुताइ ना. सुत्ने भाव, क्रिया वा प्रक्रिया।
91996 सुताइ ना. [ सुताउ + आइ] २. सुताउने भाव, क्रिया वा प्रक्रिया।
91997 सुताइनु क.क्रि. सुत्न लाइनु।
91998 सुताउनु स.क्रि. / प्रे. क्रि. सुत्न लाउनु; निद्रामा पार्नु।
91999 सुताउनु स.क्रि. / प्रे. क्रि. २. लडाउनु; लेटाउनु।
92000 सुताउनु स.क्रि. / प्रे. क्रि. ३. स्त्रीसम्भोग गर्नु।