Dictionary

All Word

91751 सुइँक्याइनु क.क्रि. उत्साहका साथ काम गरिनु।
91752 सुइँक्याउनु स.क्रि. उत्साहका साथ कुनै काम गर्नु, काम फत्ते गर्नु।
91753 सुइँक्याउनु स.क्रि. २. भगाउनु, दौडाउनु।
91754 सुइँक्याउनु स.क्रि. ३. परस्त्रीगमन गर्नु अनैतिक रूपले स्त्रीसम्भोग गर्नु।
91755 सुइँक्याउनु स.क्रि. ४. हरण गर्नु, चोर्नु।
91756 सुइँक्याउनु स.क्रि. ५. सिध्याउनु मार्नु।
91757 सुइँखुट्टे वि. झिना र लामा खुट्टा हुने, सिलीखुट्टे।
91758 सुइँठाइ ना. सुइँठाउने भाव, क्रिया वा प्रक्रिया।
91759 सुइँठाइनु अ.क्रि. खुब मोटाइनु।
91760 सुइँठाउनु अ.क्रि. खुब मोटाउनु; हृष्टपुष्ट हुनु, सुइँठिनु।
91761 सुइँठाउनु अ.क्रि. २. खुब धनी हुनु, सम्पन्न बन्नु।
91762 सुइँठिनु अ.क्रि. हे. सुइँठाउनु।
91763 सुइँठ्याइ ना. सुइँठिने वा सुइँठ्याउने क्रियाप्रक्रिया।
91764 सुइँठ्याइनु क.क्रि. खुब मोटो पारिनु।
91765 सुइँठ्याउनु स.क्रि./प्रे.क्रि. हट्टाकट्टा तुल्याउनु, मोटो पार्नु।
91766 सुइँठ्याउनु स.क्रि./प्रे.क्रि. २. स्त्रीसम्भोग गर्नु।
91767 सुइँत्त क्रि.वि. हे. सुइत्।
91768 सुइँय्यँ क्रि.वि. सुइँको चालका साथमा एकै खेपमा।
91769 सुइँय्यँ क्रि.वि. २. सिटी बजाउँदा झैं शब्द निस्केर।
91770 सुइँय्यँ क्रि.वि. ३. वेगले कुनै कुरो जाने गरी।
91771 सुइँय्यँ क्रि.वि. ४. बाण आदि फ्याँक्दा आवाज निस्के झैं भएर।
91772 सुइत्त क्रि.वि. छिटोसित जाने गरी, वेगले उछिट्टिने चालले, सुइँत्।
91773 सुइया ना. सेतो र सानो जातको माछोविशेष।
91774 सुइय्य क्रि.वि. थाकेर विश्राम लिंदा लामो सास फेर्ने वा सास फेर्दा शब्द आउने गरी।
91775 सुइरे वि. सुइरो जस्तै तिखो र धारिलो टुप्पो भएको, सुइराका आकारको।
91776 सुइरे वि. २. टुसा वा सुइरा परेर उम्रने (पिंडालु, गहुँ आदि)।
91777 सुइरे झार ना. धानको बिउजस्तो भएर खेतमा आउने एक किसिमको बर्खे झार।
91778 सुइरो ना. प्रायः फलामको लामो, झिनो र तिखो वस्तु घोच्ने र उन्ने काम गरिने कडा तिखो काठ वा धातुको साधन।
91779 सुइरो ना. २. टुसो, मुना, गाभो।
91780 सुइवाचा ना. एउटै भेट्नुमा तीनदेखि पाँचसम्म चन्द्रमा आकारका डल्ला र पारिएका हरिया पात हुने, पहेँला अथवा गुलाफी फूल फुल्ने, आयुर्वेदका अनुसार ज्वरनाशक र वातपित्तनाशक गुण भएको एक वनस्पति।
91781 सुई ना. लुगाकपडा सिउने सियो।
91782 सुई ना. २. घडी, कम्पास, मिटर आदिका डायलमा अङ्क सङ्केत गर्ने सियोजस्तो अवयव।
91783 सुई ना. ३. सुइरो।
91784 सुई ना. ४ इन्जेक्सन।
91785 सुक्नु अ.क्रि. आगो वा घामको रापले अथवा बतासले हानेर पानी वा ओसिलोपन हराउनु राम्ररी ओभाउनु; सुक्खा हुनु।
91786 सुक्नु अ.क्रि. २ छिप्पिएर वा चाउरिएर रसहीन हुनु।
91787 सुक्नु अ.क्रि. ३. बोटबिरुवामा हरियो भाव सकिनु, आलोकाँचो नरहनु।
91788 सुक्नु अ.क्रि. ४. बुढेसकाल, रोग वा मानसिक तापले शरीरको रगतमासु घटेर दुब्लाउनु।
91789 सुक्नु अ.क्रि. ५. खोलानालाको पानी घट्नु।
91790 सुक्नु अ.क्रि. ६. गाईभैसी आदिले दुध दिन छाड्दै जानु, दुध कम दिनु।
91791 सुकवार ना. साताको छैटौं वार, बिहीबार र सन्सरबारका बिचमा पर्ने वार।
91792 सुकर वि. सजिलैसँग गर्न सकिने, सुगम, सहज, सजिलो।
91793 सुकरता ना. सुकर हुनाको भाव, गुण वा स्थिति।
91794 सुकर्म ना. असल वा गतिलो काम, राम्रो काम, सत्कर्म।
91795 सुकर्म ना. २. धर्मकर्म, परोपकार, उद्धारकार्य।
91796 सुकर्म ना. ३. फलित ज्योतिषका सत्ताइस योगमध्ये एक।
91797 सुकर्मा वि. सुकर्म गर्ने, सुकर्ममा लागेको।
91798 सुकर्मा वि. ना. २. विश्वकर्मा।
91799 सुकर्मी वि. सत्कर्म गर्ने, पुण्यात्मा।
91800 सुकर्मी वि. २. सदाचारी।