Dictionary

All Word

91801 सुकला ना. उत्तम कला; राम्रो सिप।
91802 सुकला ना. सुताइ वा निदाइ; शयन (विशिष्ट आदरमा )।
91803 सुकवि ना. प्रतिभाशाली काव्यकार उत्तम काव्य रचना गर्ने कवि।
91804 सुकसुक क्रि.वि. सफासुग्घर हुने गरी चम्किलो पारेर, सुगसुग।
91805 सुकसुक क्रि.वि. २. नरम चालले, कोमलतासा।
91806 सुकसुकाइ ना. सुकसुक हुने वा सकसकाउने क्रियाप्रक्रिया।
91807 सुकसुकाइनु अ.क्रि. सुकसुकाउँदो होइन।
91808 सुकसुकाउँदो वि. माझमुक गरी सफा गरिएको।
91809 सुकसुकाउँदो वि. २. बढारकुँढार गरेर सिनित्त पारिएको, निकै सुग्घर।
91810 सुकसुकाउँदो वि. ३. सुकुमार, कोमल।
91811 सुकसुकाउनु अ.क्रि. सफा सुग्घर वा सिनित्त हुनु, सुकसुकाउँदो बन्नु।
91812 सुका ना. पच्चिस पैसा मोहरको आधा वा रुपियाँको चौथाइ भाग।
91813 सुकाइ ना. सुक्ने भाव, क्रिया वा प्रक्रिया।
91814 सुकाइ ना. [सुकाउ + आइ] २. सुकाउने भाव, क्रिया वा प्रक्रिया।
91815 सुकाइनु क.क्रि. सुकाउने काम गरिनु सुक्ने पारिनु।
91816 सुकाउनु स.क्रि. / प्रे.क्रि. पानी वा ओसिलोपन सोस्न घाम, आगो आदिको रापमा राख्नु सुक्ने स्थितिमा पुयाउनु।
91817 सुकाउनु स.क्रि. / प्रे.क्रि. २ सुक्खा गराउनु सुक्ने पार्नु।
91818 सुकाउरो वि. पानी नपुग्ने, सुक्ने खालको।
91819 सुकाल ना. खानपिउन प्रशस्त अन्नपात भएको समय, सहकाल।
91820 सुकाल ना. २. शुभ मुहूर्त, असल समय।
91821 सुकिनु अ.क्रि. सुक्ने होइन, ओसिलोपन हराइनु।
91822 सुकिनु अ.क्रि. २. दुब्लाइनु।
91823 सुकिलो अ.क्रि. फोहोर वा मैलो नभएको, सफा।
91824 सुकिलो अ.क्रि. २. सेतो सफेद।
91825 सुकी ना. पच्चिस पैसा मूल्य बराबरको सिक्का, चौथाइ रुपियाँको मुद्रा एक सुकाको मुद्रा।
91826 सुकुटी ना. पछि खानका लागि सड्न नपाउने गरी सुकाएर राखिएको मासु।
91827 सुकुटे वि. दुब्लोपातलो सिकुटे।
91828 सुकुन्डो ना. तेल हाल्ने, लोटाका छाँटको एकातिर समाउने बिंड र गणेशको मूर्ति, अर्कातिर दियो भएको, अन्दाजी एक फुटसम्म अग्लो, काँसको बुट्टेदार भाँडो।
91829 सुकुमबास ना. घरजग्गा केही पनि नभएको स्थिति सम्पत्ति वा जायजेथा नभएको अवस्था।
91830 सुकुमबास ना. २. कुनै जीविका नभएको अवस्था।
91831 सुकुमबासी वि. सुकुमबास भएको घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति)।
91832 सुकुमबासी वि. ना. २. घरजग्गा नभएको रैती, घरवाससम्म भएको तर खेती नभएको रैती।
91833 सुकुमार वि. ज्यादै कोमल, कमलो।
91834 सुकुमार वि. २. कोमल शरीर भएको।
91835 सुकुमार वि. ३ संवेदनशील हृदय भएको उदार ना. ४. पिलपिलाउँदो बालक।
91836 सुकुमार वि. ५. कोमल शब्द र अक्षर भएको काव्य।
91837 सुकुमारता ना. सुकुमार हुनाको भाव, गुण वा स्थिति।
91838 सुकुमारी वि. कोमल अङ्ग भएकी कोमलाङ्गी (स्त्री)।
91839 सुकुमारी वि. २. ना. असल र राम्री कन्या।
91840 सुकुमारी वि. ३. कोमलाङ्गी बालिका।
91841 सुकुमेल ना. सर्वजाका जस्ता लाम्चा पात हुने र सेतो सानो अलैंचीजस्तो फल फल्ने एक जातको बोट वा आयुर्वेदका अनुसार शिर, हृदय र मूत्राशयको रोगलाई हित गर्ने त्यसैको फल सानो अलैं ची।
91842 सुकुल ना. उत्तम कुल, उच्च वंश।
91843 सुकुल ना. वि. २. उत्तम कुलको कुलीन।
91844 सुकुल ना. परालको डोरीलाई परस्परमा जेलेर बुनेको ठुलो आसन, परालको ठुलो गुन्द्री।
91845 सुकुलगुन्डो ना. घरमा धनसम्पत्ति केही नभएर पनि बाहिर धनी ठाँटबाँट गरेर हिँड्ने व्यक्ति।
91846 सुकुवा ना. क्रमशः शरीर दुब्लाउँदै जाने एक रोग; सुकेनास।
91847 सुकृत ना. असल काम सत्कर्म।
91848 सुकृत ना. २. धर्म, पुण्य।
91849 सुकृत ना. वि. ३. असल तरिकाले गरिएको।
91850 सुकृती ना. असल काम गर्ने, सत्कर्मी।