Dictionary

All Word

92001 सुतारो ना. जुत्ता सिउने बिँड भएको सियो; आरो।
92002 सुताहा वि. धेरै समय सुत्ने; धेरै सुत्ने बानी भएको; सुतुवा।
92003 सुतिनु अ.क्रि. सुत्ने काम होइनु ; लेटिनु; पल्टिनु।
92004 सुती वि. कपासबाट बनाइएका धागाले बुनिएको; सुतको; सुती।
92005 सुती उद्योग ना. सुतीबाट तयार हुने कपडा आदिको उद्योग; सुतीसम्बन्धी कारखाना।
92006 सुती खेती ना. सुती धागाको खेती।
92007 सुती धागो ना. कपासबाट तयार गरेको धागो, सुतको धागो।
92008 सुतीक्ष्ण वि. ज्यादै तिखो; प्रखर; अति तीक्ष्ण।
92009 सुतीक्ष्ण वि. २. खुब लाग्ने; धारिलो (हतियार)।
92010 सुतीक्ष्ण वि. ना ३. अगस्त्य मुनिका भाइ पर्ने एक ऋषि।
92011 सुतुरमुर्ग ना. उँटकोजस्तो लामो तर झिनो गर्दन भएको; जोडसँग दौडन सक्ने; मरुभूमिमा हुने ठुलो जातको पक्षी।
92012 सुतुवा वि. धेरै सुत्ने बानी भएको; सुताहा।
92013 सुतुवा वि. २. ज्यादै अल्छी।
92014 सुत्केरी ना. भर्खरै बच्चा जन्माएकी स्त्री; नवप्रसूता नारी।
92015 सुत्केरी ना. २. लैनो गाईभैंसी आदि।
92016 सुत्केरी बिदा ना. सुत्केरी भएको बखत नियमानुसार महिला कर्मचारीलाई दिइने वैतनिक बिदा।
92017 सुत्केरो ना. बालबच्चाको जन्म हुँदा निश्चित अवधिसम्म बन्धुवर्गलाई लाग्ने आशौच, सूतकाशौच, जननाशौच सूतक।
92018 सुत्त क्रि.वि. सानो वस्तु सजिलैसित वा चाँडै पस्ने गरी खुत्।
92019 सुत्त क्रि.वि. २. भाग्दा अरूले चाल नपाउने गरी फुत्।
92020 सुत्लो घाउमा घुसारिने, डोरी झैं एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लुँडो औषधी मिलाएर घाउमा कोचिने कागत, कपडा आदि बाटेर बनाइएको सुइरो।
92021 सुत्लो २. मकैको धानचमर वा भर्खर निस्केको सानो घोगो।
92022 सुत्लो ३. खजुरोजस्तो कानमा पसेर सताउने सानो किरो; कनसुत्लो।
92023 सुत्लो ४. बाँसको खबटो।
92024 सुत्लो हलाइ ना. मकैले भर्खर घोगा हाल्न थाल्ने काम।
92025 सुद ना. ब्याज।
92026 सुदखोर ना. अनुचित किसिमले बढी ब्याज लिने व्यक्ति, धेरै ब्याज लिने साहु।
92027 सुदखोरी ना. असामीसित अनुचित तरिकाले बढी ब्याज लिने काम, सुदखोरको काम।
92028 सुदर्शन ना. विष्णुको दाहिने हातमा रहने, गोलाकार बाहिर दाँती भएको हतियार सुदर्शन चक्र।
92029 सुदर्शन ना. २. शिव।
92030 सुदर्शन ना. ३. जामुनाको रुख।
92031 सुदर्शन ना. वि. ४. देख्न राम्रो सुन्दर।
92032 सुदाम वि. केही नखाएको वा नभएको।
92033 सुदाम वि. क्रि.वि. २. रित्तै निख्लै।
92034 सुदामा ना. श्रीकृष्णका सहपाठी र परम मित्र एक गरिब ब्राह्मण।
92035 सुदामा ना. वि. २. गरिब, निर्धन।
92036 सुदामाको कनिका टु. साह्रै थोरै उपहार वा कोसेली ( दीनता जनाउने नम्र बोलीमा)।
92037 सुदामाको तण्डुल टु. सुदामाको कनिका।
92038 सुदि ना. शुक्लदिवसको छोटकरी रूप; शुक्लपक्षको दिन; उजेली पक्ष; सुदी।
92039 सुदिन ना. बादल, वर्षा केही नभएको दिन; असल वा राम्रो दिन।
92040 सुदिन ना. २. भाग्य; सुख।
92041 सुदिन ना. ३. सन्चो सु बिस्ताको समय वा याम; सुखको दिन।
92042 सुदी ना. हे. सुदि।
92043 सुदुर्जया ना. बौद्ध ग्रन्थका अनुसार दशभूमि वा त्रयोदश भूमिमध्ये पाँचौं भूमि।
92044 सुदूर वि. धेरै टाढा रहेको; निकै टाढाको।
92045 सुदूर वि. क्रि.वि. २. ज्यादै टाढा; अति दूर।
92046 सुदूरपूर्व ना. निकै पूर्व; टाढाको पूर्वी भाग।
92047 सुदूरपूर्व ना. २. वर्तमान विश्वमा प्रचलन भएअनुसार जापान, चीन, कोरिया, फिलिपिन्स र रुसको पूर्वी भूभाग।
92048 सुदृढ वि. अति दृढ; निकै बलियो; मजबु।
92049 सुदृढ वि. २. सुरक्षि।
92050 सुदृढीकरण ना. सुदृढ वा मजबुत पार्ने काम नहल्लने गरी बलियोसित जमाउने काम।