Dictionary

All Word

92101 सुध्याउनु स.क्रि. सोधनी गर्नु।
92102 सुध्रनु अ.क्रि. नराम्रो अवस्थाबाट क्रमशः राम्रो अवस्थातिर लाग्दै जानु, सप्रनु, बन्नु।
92103 सुध्रनु अ.क्रि. २ गल्ती नहुनु, भुलसुधार हुनु, सच्चिनु।
92104 सुध्रनु अ.क्रि. ३. सँभालिनु; तर लाग्नु।
92105 सुध्राइ ना. सुध्रने भाव, क्रिया वा प्रक्रिया।
92106 सुध्रिनु अ.क्रि. सुध्रने होइनु; सप्रिनु।
92107 सुध्रिनु अ.क्रि. २. सुध्रनु।
92108 सुध्य्राइ ना. सुध्रिने भाव, क्रिया वा प्रक्रिया।
92109 सुन्नु स.क्रि. अर्काले भनेको कुरो वा कुनै आवाज कानले थाहा पाउनु, श्रवणेन्द्रियबाट कुनै स्पष्ट वा अस्पष्ट ध्वनि ग्रहण गर्नु।
92110 सुन्नु स.क्रि. २. अरूले भनेको कुरामा ध्यान दिनु।
92111 सुन ना. खिया नपर्ने, नखिइने र पग्लने, पहेँलो रङको बहुमूल्य उज्ज्वल धातु गहनागुरिया बनाइने सोही प्रसिद्ध मूल्यवान् धातु; सुवर्ण।
92112 सुन ना. २. प्रायः मगरजातिका नारीहरूले कानको लोतीमा लगाउने थेप्चो गोलाकार गहना।
92113 सुनकल्छे वि. सुनको कलशजस्तो, सुनको कलश भएको (घडा) आदि।
92114 सुनकिरी ना. सुनको रङको झल्कने किरो।
92115 सुन कुखुरो ना. ढाँडखेतमा हुने, कालो जिउ र छिरबिरे रङ भएको कुखुराको जातको चरो।
92116 सुन केवँरा ना. पहेँलो खालको केवँरा फूल।
92117 सुनकोसी ना. नेपालको पूर्वी प्रदेशमा बहने एक प्रसिद्ध नदी; सप्तकोशीमध्ये एक।
92118 सुनगाभा ना. जङ्गली रुखका कापमा उम्रने, लाम्चा पात हुने, जमाने मान्द्राका आकारको फूल फुल्ने एक जातको घाँस वा त्यसैको फूल।
92119 सुनचाँदी ना. सुन र चाँदी मूल्यवान् धातुहरू।
92120 सुनचाँप ना. पहेँलो अतिसुगन्धी फूल फुल्ने, मित्र मुगाजस्तो बियाँ हुने, झुप्पादार फल फल्ने र पहेँलो काठ हुने एक जातको रुख।
92121 सुनटालो ना. पहेँलो रङको एक जातको चरा।
92122 सुनटिकी ना. पहेँलो फूल फुल्ने र जराबाट घाउको औषधी हुने एक लहरो।
92123 सुनपङ्खी ना. कुखुरो ( तागाधारीले कुखुरो खान थालेपछि राखेको नाम); घडीचरो।
92124 सुनपाती ना. मसिना धेरै टीका हुने पात र कलेजी रङका फूल हुने, हिमालयका आसपासमा पाइने एक रुख; त्यसैको पत्र।
92125 सुनपाती ना. २. त्यसैको फूल।
92126 सुनपानी ना. चोख्याउनका लागि सुन चोपेको पानी।
92127 सुनबारुलो ना. पहेँलो रङको एक जातको बारुलो।
92128 सुनबुढी ना. धनी आइमाई।
92129 सुनमा सुगन्ध वि. अति उत्तम।
92130 सुनलहरो ना. आकाशबेली लहरो, पहेँलो रङ्गको परजीवी लहरो।
92131 सुनवाइ ना. हे. सुनुवाइ।
92132 सुनसरी ना. कोसी अञ्चलको तराई प्रदेशमा पर्ने एक जिल्ला।
92133 सुनसान ना. कुनै आवाज वा हल्ला नभएको स्थिति, सन्नाटा, चकमन्न।
92134 सुनसान ना. वि. २. कोही नभएको, एकान्।
92135 सुनाइ ना. सुन्ने भाव, क्रिया वा प्रक्रिया।
92136 सुनाइ ना. २. अरूको पिरमर्का सुन्ने र त्यसमा ध्यान दिने काम सुनुवाइ।
92137 सुनाइ ना. [सुनाउ+आइ] ३. सुनाउने भाव, क्रिया वा प्रक्रिया।
92138 सुनाइनु क.क्रि. सुन्न लाइनु।
92139 सुनाउनु स.क्रि. / प्रे.क्रि. कुनै कुरो वा आवाज कानद्वारा अवगत गराउनु, श्रवण गराउनु।
92140 सुनाउनु स.क्रि. / प्रे.क्रि. २. अनुरोध वा निवेदन गर्नु।
92141 सुनाखरी ना. पहेँलो र सानो जातको खरीझार।
92142 सुनाखरी ना. २. रुखको कापमा उम्रेर अनेक रङका फूल हुने वनस्पति।
92143 सुनाखरी ना. घैयाको रङको एक प्रकारको मसिनो धान।
92144 सुनाझाक्री ना. माथिल्लो तहको झाँक्री; जान्ने झाँक्री।
92145 सुनाबिर्ता ना. मालपोत तिर्नुपर्ने बिर्ता जग्गा राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता।
92146 सुनाबिर्ता ना. २. खरिद गरिएको बिर्ता जग्गा।
92147 सुनाम ना. असल नाम; सुकीर्ति; जस।
92148 सुनामक्खी ना. सुनको जस्तो रङ भएको एक उपधातु वा खनिज पदार्।
92149 सुनामी ना. समुद्रमा भुइँचालो जाँदा उठ्ने पानीको विशाल तरङ्ग।
92150 सुनार ना. सुनचाँदीका गहना बनाउने जाति, वर्ग वा व्यक्ति।