Dictionary

All Word

92151 सुनिनु अ.क्रि. ढाडिनु; फुल्नु।
92152 सुनिनु क.क्रि. कानद्वारा शब्दबोध गरिनु; कर्णगोचर गरिनु।
92153 सुनियोजित वि. राम्रोसँग काममा लगाइएको; ठिक किसिमले नियुक्त गरिएको।
92154 सुनियोजित वि. २. नियमबद्ध क्रममा मिलेको।
92155 सुनियोजितता ना. सुनियोजित हुनाको भाव वा स्थिति; नियमबद्धता।
92156 सुनीति ना. राम्रो नीति; न्याय।
92157 सुनीति ना. २. पुराणप्रसिद्ध राजकुमार ध्रुवकी आमा।
92158 सुनुवाइ ना. मुद्दामामिलाका उजुर, पिरमर्का आदि सुन्ने र विचार गर्ने काम; सुनवाइ।
92159 सुनुवार ना. सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेको आफूलाई सूर्यवंशी भन्ने क्षत्रियसमान एक जाति।
92160 सुनौला वि. सुनको रङको; सुनको जस्तो रङ भएको; पहेँलो ना. २. सुनको धुलोजस्तो एक प्रकारको रङ।
92161 सुनौली ना. लिम्बूजातिको विवाहको रीतिरिवाजअनुसार छोरी विवाह गरेबापत छोरी जन्माउने बाबुलाई बुझाउनुपर्ने रकम वा दस्तुर।
92162 सुनौलो वि. सुनौला।
92163 सुनौलो न्याउली ना. राम्रो पहेलो वर्णको, पखेटा र पुच्छर भने कालो रङको हुने, झ्याम्म परेको रुखको टुप्पामा बसेर कराउने, रातोदह्रो चुच्चो भएको न्याउली चरी।
92164 सुन्खत्रो ना. भोगटे, ज्यामिर आदि फल।
92165 सुन्तला ना. पहेँलो र रातो मिसिएको रङको बोक्रा हुने, भित्र केसासा परेका पहेंलै फल हुने, सेता पातभित्र पहेँलो र हरियो खालको गुभो भएको फूल हुने एक बोट वा त्यसैको फल।
92166 सुन्दर वि. मनलाई हर्ने; राम्रो; मनोहर; आकर्षक।
92167 सुन्दर वि. २. असल जाती; बेस।
92168 सुन्दर वि. ना ३. कामदेव।
92169 सुन्दरता ना. सुन्दर हुनाको भाव, गुण वा अवस्था राम्रोपन; सौन्दर्य।
92170 सुन्दरी वि. बीसौं शताब्दीको सातौं दशकमा बनारसबाट निस्केको प्रसिद्ध नेपाली पत्रिका।
92171 सुन्दरी वि. ३. पोथी बाँदर, बाँदर्नी।
92172 सुन्ना ना. कुनै कुराको पनि अस्तित्व नभएको स्थिति; सुन्ने।
92173 सुन्ना ना. २. अङ्कका पछिल्तिर दहाइ वा दश गुना बुझाउन थपिने गोलाकार चिह्न, शून्य।
92174 सुन्ना ना. वि. ३. खाली, केही वस्तु नभएको।
92175 सुन्निनु अ.क्रि. कुनै अङ्ग वा सबै जिउ फुल्नु, ढाडिनु।
92176 सुन्ने वि. सुन्ने काम गर्ने ना. २. सुन्ना।
92177 सुन्ने काम गर्ने ना. २. सुन्ना। ना. दन्त्यकथा।
92178 सुन्नेबित्तिकै क्रि.वि. कुरो कानमा पर्नासा।
92179 सुन्ने साक्षी ना. कुनै भनाभन वा बारदात सुन्ने गबाह।
92180 सुन्नेसान्ने वि. सुनसान कुनै आवाज नभएको चकमन्न।
92181 सुन्नेसान्ने वि. २. कुनै प्राणी नभएको वा नरहेको।
92182 सुप ना. मसिना पात, चम्सुरका जस्ता फूल र जिराजस्ता दाना फल्ने एक सुगन्धी साग वा त्यसैका दाना।
92183 सुपथ ना. असल बाटो; सन्मार्ग।
92184 सुपथ ना. २. सच्चरित्र।
92185 सुपथ ना. वि. ३. सुहाउँदो; उचि।
92186 सुपथ वि. सजिलैसित पचाउन सकिने; पच्न सक्ने ( खाद्य वस्तु)।
92187 सुपथ वि. २ चाहिने मात्र लिइएको, लागतअनुसार कायम गरिएको (मूल्य)।
92188 सुपथ मूल्य ना. धेरै नाफा नलिई लागतअनुसार कायम गरिएको मूल्य सस्तो वा मुनासिब मोल।
92189 सुपरभाइजर ना. शिक्षा, स्वास्थ्य, निर्माण आदि कुनै क्षेत्रमा रेखदेख गर्ने कर्मचारी; पर्यवेक्षक।
92190 सुपर रायल ना. छाप्ने कागजको २२x२९ इन्च बराबरको आकार वा नाप।
92191 सुपर रायल ना. २. त्यसैका आकारको कागज।
92192 सुपरिन्टेन्डेन्ट ना. हेरविचार वा रेखदेख गर्ने कर्मचारी; अधीक्षक।
92193 सुपरिवेक्षक ना. सुपरिवेक्षणको कार्यमा खटिएको वा तोकिएको व्यक्ति।
92194 सुपरिवेक्षक ना. २. कुनै कार्यको यथार्थ स्थिति बुझ्ने र रेखदेख गर्ने अधिकारी।
92195 सुपरिवेक्षण ना. ठिक तरिकाले निर्धारित काम भएनभएको स्थितिका बारेमा सम्बन्धित तहबाट गरिने निरीक्षण वा रेखदेख।
92196 सुपरिवेक्षण ना. २. शिक्षाका क्षेत्रमा शैक्षिक योजना तथा निर्देशनअनुरूप कार्यान्वयन वा कार्यप्रगति भइरहेको छ, छैन भनी निरीक्षण गर्ने र आवश्यक सल्लाहसहयोग जुटाउने काम।
92197 सुपर्णी ना. पुरनी लहरो।
92198 सुपसुप क्रि.वि. ससाना गाँस हालेर छिटोछिटो खाए झैं गरी।
92199 सुपाच्य वि. खाएको वस्तु चाँडो वा सजिलैसित पच्ने, हल्का (खाद्य वस्तु)।
92200 सुपाठ ना. असल वा कल्याणकारी कामकुरो ; सन्मार्ग।