Dictionary

All Word

92201 सुपाठ ना. २. राम्रो आचरण, असल बानीबेहोरा।
92202 सुपात्र वि. शिक्षादीक्षा वा दानदक्षिणा आदि दिन र कुनै काम गराउन उपयुक्त (व्यक्ति); सत्पात्र ना. २. सुयोग्य व्यक्ति।
92203 सुपात्र वि. ३. राम्रो, सुहाउँदो पात्र वा भाँडो।
92204 सुपारी ना. नरिवलका जस्ता पात र सानो काण्ड हुने पहेँला, लामा फूल फुल्ने र साह्रो गोलाकार फल लाग्ने बोट वा त्यसैको फल।
92205 सुपारी किरो ना. जिउमा पहेँलो धर्सा परेको र छुदा डल्लो पर्ने लाम्चो किरो।
92206 सुपारी गाँठो ना. नाम्लो र बरियाको जोर्नीको गाँठो।
92207 सुपारी फूल ना. सुपारीका आकारको एक प्रकारको गोलाकार फूल।
92208 सुपारे वि. कालो डल्लोडल्लो परेको (गोरु )।
92209 सुपारे वि. २. सानासाना दाना हुने (आँप )।
92210 सुपुक्क क्रि.वि सानो गाँस हालेर एकै खेपमा निल्ने गरी, गिलो खानेकुरा थोरै तर झटपट खाने वा खाँदा शब्द निस्कने चालसि।
92211 सुपुत्र ना. असल र लायक छोरो; सपू।
92212 सुपुत्र ना. २. जीवक पुत्र।
92213 सुपुत्री ना. असल र लायक छोरी वि. २. असल छोरी भएको (व्यक्ति)।
92214 सुपुर्द ना. कुनै वस्तु वा व्यक्ति अरूलाई जिम्मा लगाउने वा सुम्पने काम सुपुर्दगी।
92215 सुपुर्दगी ना. कुनै वस्तु अरूलाई जिम्मा लगाउने वा सुम्पने काम।
92216 सुपुर्दगी ना. २. उक्त कामका निम्ति ऐनले गरेको वा ऐनमा भएको व्यवस्था।
92217 सुपुसपु क्रि.वि दाल, तिहून आदिमा मुछिएको खानेकुरो खाँदा शब्द आउने गरी ससाना गाँस हालेर छिटोछिटो खाने किसिमले सुपसुप।
92218 सुपो ना. बीसको चोयाबाट बनेको चेप्टो गोलाकार निफन्ने भाँडो; एक प्रकारको नाङ्लो।
92219 सुप्त वि. सुतेको; निदाएको।
92220 सुप्त वि. २. पल्टिएको; लेटेको; पस्रिएको।
92221 सुप्त वि. ३. निश्चल; निष्क्रिय; निश्चेष्ट।
92222 सुप्तता ना. सुप्त हुनाको भाव वा अवस्था; सुताइ।
92223 सुप्तली ना. सफा र नरम बनाउन जुत्ताभित्र पैतालाले टेकिने ठाउँमा लगाइने छाला, कपडा आदिको पत्र।
92224 सुप्प क्रि.वि थोरैथोरै खाने वा खाँदा शब्द आउने गरी।
92225 सुप्पसुप्प क्रि.वि लगातार सुप्प हुने गरी।
92226 सुप्लो ना. केराको बोटको पत्र।
92227 सुप्लो ना. २. बाँसको बोटको पत्र; बाँसको खबटो।
92228 सुप्रतिष्ठा ना. असल र राम्रो प्रतिष्ठा वा स्थिति राम्रो इज्ज।
92229 सुप्रतिष्ठा ना. २. सुख्याति, सुप्रसिद्धि, सुयश देवमन्दिर, प्रतिमा आदिको स्थापना।
92230 सुप्रतिष्ठा ना. ३. अभिषेक।
92231 सुप्रतिष्ठित वि. राम्रो इज्जत र मान भएको; लोकप्रतिष्ठा पाएको।
92232 सुप्रतिष्ठित वि. २. राम्ररी प्रतिष्ठा भएको वा स्थापना गरिएको।
92233 सुप्रतिष्ठित वि. ३. सुप्रसिद्ध; विख्या।
92234 सुप्रदीप्त वि. ज्यादै चम्किलो; चमक भएको।
92235 सुप्रशंसनीय वि. राम्रो रूपमा प्रशंसा गर्न योग्य; विशेष प्रशंसनीय।
92236 सुप्रशंसनीय पट्ट ना. नेपाली सेनालाई प्रदान गर्ने गरिएको २०२० सालमा स्थापित एक पदक।
92237 सुप्रसिद्ध वि. खुब प्रसिद्ध भएको; ज्यादै प्रख्या।
92238 सुप्रुक्क क्रि.वि मुछिएको वा रसदार खानेकुरो थोरै परिमाणमा छिटो गाँस हाल्ने गरी।
92239 सुप्लुक्क क्रि.वि नरम खानेकुरो नचपाईकनै निल्ने गरी।
92240 सुफल ना. वृक्षको राम्रो वा असल फल।
92241 सुफल ना. २. असल परिणाम; राम्रो नतिजा।
92242 सुफल ना. ३. अनार।
92243 सुफल ना. ४. कागजी बदाम।
92244 सुफल ना. ५. राजवृक्ष; अमलतास।
92245 सुफल ना. वि. ६. सुन्दर फल भएको।
92246 सुफल ना. ७. सफल सिद्ध।
92247 सुफला वि. राम्रा र धेरै फल फल्ने ना. २. इन्द्राणी।
92248 सुफला वि. ३. कुभिन्डो।
92249 सुफला वि. ४. केरा।
92250 सुफला वि. ५. दाख।