Dictionary

All Word

92301 सुमडी वि. अशुभ, कृपण।
92302 सुमडी वि. २. अल्छी र लोसे।
92303 सुमडी वि. ३. कुनै कुराको वास्ता नगर्ने।
92304 सुमति ना. असल मति; सुबुद्धि।
92305 सुमति ना. वि. २. ज्यादै बाठो; चतुर; बुद्धिमान्।
92306 सुमन ना. फूल; पुष्प।
92307 सुमन ना. २ राम्रो मन; प्रसन्न मन।
92308 सुमन्त्र ना. राम्रो वा असल मन्त्र।
92309 सुमन्त्र ना. २. राजा दशरथका मन्त्री; बग्गी हाँक्ने सारथि।
92310 सुमन्त्र ना. ३. राम्रो सल्लाह; असल सुझाउ।
92311 सुमन्त्रित वि. मन्त्रले राम्ररी फुकफाक गरिएको।
92312 सुमन्त्रित वि. २. राम्रो सल्लाहद्वारा तयार गरिएको।
92313 सुमर्नु स.क्रि. भाले पशुहरूलाई खसी पार्नु, अण्डकोष निष्कृय बनाउनु।
92314 सुमर्नु स.क्रि. २. कुनै मालमत्ताको उपभोग गर्नु भोगचलन गर्नु।
92315 सुमर्नु स.क्रि. ३. छोरीबुहारीलाई खुबसँग काममा जोत्नु।
92316 सुमराइ ना. सुमर्ने भाव, क्रिया वा प्रक्रिया।
92317 सुमराइनु क.क्रि. सुमर्न लाइनु।
92318 सुमरिनु क.क्रि. सुमर्ने काम गरिनु, खसी पारिनु।
92319 सुमसुम क्रि.वि. बिस्तारै छाम्ने वा सुमसुम्याउने गरी।
92320 सुमसुम क्रि.वि. २. कामगराइमा ढिलो चालसँग।
92321 सुमसुम्याइ ना. सुमसुम्याउने भाव, क्रिया वा प्रक्रिया।
92322 सुमसुम्याइनु क.क्रि. सुमसुम्याउन लाइनु; मुसारिनु।
92323 सुमसुम्याउनु स.क्रि. बिस्तारै हातले प्रेम वा माया गरेर छुनु; मुसार्नु।
92324 सुमसुम्याउनु स.क्रि. २. हल्का किसिमले हातगोडा आदि मिच्नु; हल्का मर्दन गर्नु।
92325 सुमसुम्याहट ना. सुमसुम्याउने भाव, गुण वा क्रिया, सुमसुम्याइ।
92326 सुमान्य वि. विशेष रूपले मान्नुपर्ने; प्रतिष्ठि।
92327 सुमार्ग ना. राम्रो वा असल बाटो; सुप।
92328 सुमार्ग ना. २. राम्रो बानीबेहोरा; सदाचार।
92329 सुमित्रा ना. लक्ष्मण र शत्रुघ्नकी आमा; राजा दशरथकी रानी।
92330 सुमुख वि. राम्रो मुख भएको; सुन्दर अनुहारको।
92331 सुमुख वि. २. राम्रो ढोका भएको; दक्षिणतिर मुख फर्केको ( द्वार)।
92332 सुमुख वि. ३. प्रफुल्ल ना. ४. राम्रो मुख।
92333 सुमुख वि. ५. मिठो बोली।
92334 सुमुख वि. ६. शिव।
92335 सुमुख वि. ७. गणेश।
92336 सुमुखी वि. राम्रो मुख भएकी (स्त्री)।
92337 सुमुखी वि. ना. २. प्रत्येक पाउमा क्रमश: सात जगण, एक लघु र एक गुरु हुने वार्णिक छन्द।
92338 सुमुखी वि. ३. सुन्दरी स्त्री।
92339 सुमेरु ना. पुराणअनुसार पर्वतहरूको राजा मानिएको देवताहरूले सभा गर्ने सुनको पर्व।
92340 सुमेरु ना. २. उत्तरी ध्रुव।
92341 सुमेरु ना. ३. जपमालाको जोर्नीको बिचमा राखिने रुद्राक्ष वा तुलसी काठको ठुलो दाना, सुमेन।
92342 सुमेरु ना. ४. हुक्काको चिलिम राख्ने ठाउँ, चिलिम अड्याउने हुक्काको ठाडो सोतो।
92343 सुमेरु ना. ५. मन्दिरको गजुर।
92344 सुमेरु महासागर ना. उत्तरी ध्रुववरिपरिको महासागर।
92345 सुमेरु वृत्त ना. उत्तरी ध्रुवदेखि बाहिर ६६ (५ / २) अक्षांशबाट खिचिएको रेखा।
92346 सुमेर्नी ना. जपमालाको दुईपट्टिको मुख जोडिएको ठाउँमा राखिने रुद्राक्ष, मुगा आदिको ठुलो दाना।
92347 सुम्ठ्याइ ना. सुम्ठ्याउने वा गुटमुट्याउने भाव, क्रिया वा प्रक्रिया।
92348 सुम्ठ्याइनु क.क्रि. सुम्ठ्याउने काम गरिनु।
92349 सुम्ठ्याउनु स.क्रि. लट्ठी, कोर्रा आदिले पिट्नु।
92350 सुम्ठ्याउनु स.क्रि. २. गुटमुट्याउनु।