Dictionary

All Word

92251 सुफी वि. पवित्र तथा स्वच्छ रहेर साधना र तपस्याद्वारा नै ईश्वरलाई पाउन सकिन्छ भनी मान्ने, मुस्लिम धर्मावलम्बीहरूको एक उदारवादी सम्प्रदाय।
92252 सुबन्त वि. सुप् विभक्ति अर्थात् ले, लाई, देखि आदि विभक्ति प्रत्ययले युक्त (दबिएको वा नदबिएको पद)।
92253 सुबा ना. कुनै देश, कुनै विशिष्ट भाग वा खण्ड प्रदेश, प्रान्त अञ्चल।
92254 सुबान ना. राम्रो बानीबेहोरा ; सत्सङ्गबाट मिलेको;काइदा, कदर आदिको ज्ञान।
92255 सुबानको वि. राम्रो बानीबेहोर भएको; असल स्वभावको।
92256 सुबिदार ना. हे. सुबेदार।
92257 सुबिदारी ना. हे. सुबेदारी।
92258 सुबिस्ता ना. अनुकूल र उपयुक्त अवसर वा स्थिति; सुविधा; सुगमता।
92259 सुबिस्ता ना. २. आराम; चैन; आनन्द।
92260 सुबिस्ता ना. ३. शान्ति।
92261 सुबुद्धि ना. असल बुद्धि; राम्रो सोचाइ।
92262 सुबुद्धि ना. वि. २. सद्बुद्धि भएको; बुद्धिमान्; समझदार।
92263 सुबेदार ना. सेनामा झन्डै सय जना सैनिक आफ्ना अधीनमा रहने एक अधिकृत; सुबिदार।
92264 सुबेदारी ना. सुबेदारको पद वा दर्जा; सुबेदारले गर्ने काम; सुबिदारी।
92265 सुबोध वि. सजिलैसित बुझ्न सकिने; बोधगम्य; सुगम।
92266 सुबोध वि. ना. २. राम्रो बोध वा ज्ञान।
92267 सुबोल ना. राम्रो बोलीवचन, असल वा हितकारी कुरो।
92268 सुब्बा ना. नायब सुब्बाभन्दा माथि र मीर सुब्बाभन्दा तलको एक निजामती दर्जा (हाल सरकारी सेवामा राजपत्र अनङ्कित प्रथम श्रेणीमा नायब सुब्बाको पद मात्र प्रचलित )।
92269 सुब्बा ना. २. लिम्बू जातिको मानबोधक शब्द।
92270 सुब्बाङ्गी ना. सुब्बाको दर्जा वा काम।
92271 सुब्बाङ्गी ना. २. सुब्बाको मानपदवी।
92272 सुब्बिनी ना. सुब्बाकी पत्नी सुब्बेनी।
92273 सुब्बेनी ना. सुब्बिनी।
92274 सुभ्नु अ.क्रि. राम्रो फलिफाप हुनु; शुभ हुनु; फाप्नु।
92275 सुभ्नु अ.क्रि. २. ओखतीले फाइदा गर्नु।
92276 सुभग वि. सुन्दर; प्यारो।
92277 सुभग वि. २. भाग्यवान्; असल भाग्य भएको।
92278 सुभगा वि. पति भएकी; सुहागिनी; सौभाग्यवती (स्त्री)।
92279 सुभगा वि. २. सुन्दरी।
92280 सुभट ना. महान् योद्धा वा वीर; ठुलो लडाका।
92281 सुभद्रा ना. कृष्णकी बहिनी, अर्जुनकी पत्नी।
92282 सुभद्रा ना. २. दुर्गाको मूर्ति वा रूप।
92283 सुभा ना. शङ्का सन्देह।
92284 सुभावना ना. राम्रो भावना; असल विचार।
92285 सुभाशङ्का ना. अनिष्ट हुने त्रास, कुनै खराबीको आशङ्का।
92286 सुभाषिणी वि. राम्रो बोली भएकी; सुरिलो गला भएकी (स्त्री)।
92287 सुभाषित ना. सारगर्भित सुन्दर उक्ति राम्रो कथन, सूक्ति।
92288 सुभाषित ना. वि. २. राम्रोसँग सोचिएको वा भनिएको।
92289 सुभाषित ना. ३ राम्रो भाषण गर्ने; वाग्मी।
92290 सुभाषी वि. मिठो बोली वचन भएको, मधुरभाषी।
92291 सुभाषी वि. २. राम्ररी भाषण गर्ने वाग्मी।
92292 सुभिक्ष ना. कथ्य. सुभिच्छे।
92293 सुभिक्ष ना. अन्नबाली राम्रो भएको समय; सहकाल।
92294 सुभिनु अ.क्रि. सुम्ने होइनु , फापिनु।
92295 सुभो वि. भलो; कल्याणकारी; शुभ।
92296 सुभो वि. २. आफूलाई फाइदा गर्ने; फाप्ने।
92297 सुमङ्गल वि. ज्यादै मङ्गल गर्ने; कल्याणकारी।
92298 सुमङ्गल वि. ना. २. शुभ लक्षणको वस्तु।
92299 सुमङ्गली ना. विवाहमा गरिने मङ्गलकार्य।
92300 सुमङ्गली ना. २. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा पढिने मन्त्र।