Dictionary

All Word

92451 सुरसुर क्रि.वि. तरल पदार्थ थोरथोरै पिउने गरी।
92452 सुरसुर क्रि.वि. २. ससाना प्राणी घस्रेर हिँड्ने चालसँग।
92453 सुरसुर क्रि.वि. ३. डोरी, धागो, आदि बिस्तारै फुस्कने वा तान्ने क्रममा।
92454 सुरसुरती / सुरसुरी क्रि.वि. अझै छिटो सुरसुर हुने चालसँग।
92455 सुरा ना. रक्सी; मदिरा; मद्य।
92456 सुरा ना. २. सोमरस।
92457 सुरा ना. ३. जल; पानी।
92458 सुराक /सुराख/ सुराग ना. गुप्त रूपले अपराध, षड्यन्त्र आदिको सूत्र पत्ता लगाउने काम; थाहा; पत्ता; सुइँको।
92459 सुराकी वि. सुराक लाउने; सुराक दिने (व्यक्ति, वस्तु वा कार्य )।
92460 सुराङ्गना ना. देवाङ्गना।
92461 सुराज्य ना. सर्वसाधारण जनताले पनि सुखसुविधा उपभोग गर्न पाउने राज्य; कल्याणकारी राज्य।
92462 सुरारि ना. देवताको शत्रु; असुर; दानव; राक्षस।
92463 सुरालय ना. देवलोक; स्वर्ग।
92464 सुरालय ना. २. सराबखाना।
92465 सुराही ना. सानो मुख, लामो घाँटी र ठुलो फुकेको पेट हुने जलपात्र।
92466 सुराहीदार वि. सुराहीजस्तो गोल र लाम्चो खालको।
92467 सुरिनु अ.क्रि. कुनै अप्ठ्यारो वा गाह्रो काम गर्ने आँट गर्नु; हिम्मत गर्नु।
92468 सुरिनु अ.क्रि. २. मन उरालिनु; उत्तेजित हुनु।
92469 सुरिलो वि. माझमा हाँगाबिंगा नभएको र सोझो, लामो, ठाडो र सोझो (रुख, लिङ्गो, बाँस आदि)।
92470 सुरिलो वि. मिठो र तिखो (स्वर); सुमधुर (आवाज)।
92471 सुरी ना. बिरालो; म्याउँ।
92472 सुरी ना. २. बिरालालाई डाक्ने शब्द।
92473 सुरु ना. कुनै कामको उठान वा थालनी; कामको तहबह; आरम्भ।
92474 सुरु अड्डा ना. पहिलो तहको अड्डा वा सुरु अदाल।
92475 सुरु अदालत ना. सुरुमा वादीप्रतिवादी लिई मुद्दामामिला हेर्ने जिल्ला अदाल।
92476 सुरुआत ना. कुनै पनि गर्न आँटेका कामको थालनी; आरम्भ; सुरु; खेवारा; सुरुवा।
92477 सुरुक्क क्रि.वि. आनेकाने नगरी काम गर्ने वा दिने चालसित, खुरुक्क।
92478 सुरुक्क क्रि.वि. २. बिस्तारै।
92479 सुरुङ ना. जमिन खनेर भित्रभित्रै बनाइएको प्वाल वा बाटो।
92480 सुरुचि ना. राम्ररी रुच्ने काम।
92481 सुरुचि ना. २. सुन्दर वा असल कुरामा भएको रुचि; परिष्कृत रुचि।
92482 सुरुचि ना. ३. राजा उत्तानपादकी कान्छी रानी; ध्रुवकी सौतेनी आमा।
92483 सुरुवा ना. मासु, गेडागुडी आदि बेसरी पकाएर निकालिएको रस, झोल।
92484 सुरुवात ना. आरम्भ सुरुआत सुरु।
92485 सुरुवाल ना. कमरदेखि गोलीगाँठासम्म छोप्ने, माथि एउटै र तलतिर दुई बाहुला भएको, मोहोता सानो हुने, इँजारद्वारा कमरमा बाँधने वस्त्र, मोहोता सानो हुने र राग हुने पाइजामा।
92486 सुरुसुरु क्रि.वि. नरोकिईकन वा नअलमलिईकन; खुरुखुरु।
92487 सुरूप वि. राम्रो अनुहार भएको; राम्रो रूप भएको।
92488 सुरूप वि. ना. २. राम्रो रूप।
92489 सुरूपता ना. सुरूप हुनाको भाव वा अवस्था; सुन्दरता।
92490 सुरूपा वि. सुन्दर रूप भएकी (स्त्री)।
92491 सुरेन्द्र ना. देवताका राजा इन्द्र।
92492 सुरेन्द्र वीरविक्रम शाह ना. १८८६ मा जन्मी वि. सं. १९३८ मा दिवङ्गत हुने नेपालका शाहवंशीय छैटौं राजा।
92493 सुरेल ना. पूर्वी नेपालमा बसोबासो गर्ने एक जाति।
92494 सुरेली ना. हाँगाबिंगा नभएको अग्लो रुख, खम्बा, डोरी आदिमा दुई हात र दुई खुट्टाले च्यापी छातीले घस्रिएर चढ्ने वा ओर्लने काम।
92495 सुरेश ना. देवराज; सुरेन्द्र।
92496 सुरो वि. पराक्रमी; वीर; बलवान्।
92497 सुरो वि. २. साहसी आँटिलो।
92498 सुरो ना. पन्जासहितको हातका आकारको, होम गर्दा आगामा घिउ हाल्ने खयर काठको साधन।
92499 सुरो चरु ना. होम गर्दा घिउ हाल्ने काठको साधन र होम गरिने अन्न।
92500 सुर्कनु स.क्रि. कपडाको दुई पाटालाई सियोधागोले सुर्काउनी पर्ने गरी जोर्नु, लामा फड्का हालेर सिउनु।