Dictionary

All Word

92501 सुर्कनु स.क्रि. २. एक हातले बालाको नलमा समाती अर्को हातले धान आदि तान्नु रुहुनु।
92502 सुर्कनु स.क्रि. ३. पाखुरा दह्रो पार्नु।
92503 सुर्कनु स.क्रि. ४. बाहुला माथि सार्नु।
92504 सुर्काइ ना. सुर्कने भाव, क्रिया वा प्रक्रिया।
92505 सुर्काइनु क.क्रि. सुर्कन लाइनु।
92506 सुर्काउनी ना. डोरी वा धागाको एक छेउमा अर्को छेउ घुमाएर तान्दा सजिलैसित कसिने गरी बनाइएको एक किसिमको खुकुलो गाँठो सुर्केनी।
92507 सुर्काउनु प्रे. क्रि. सुर्कन लाउनु; सुर्काउनी पार्नु।
92508 सुर्कासुर्की ना. सानातिना धेरै सुर्का।
92509 सुर्किनु क.क्रि./स.क्रि. फड्का मारेर सिइनु।
92510 सुर्किनु क.क्रि./स.क्रि. २. सुर्कनु।
92511 सुर्की ना. इँट कुटेर बनाइएको धुलो।
92512 सुर्की ना. ना. २. नङ काटेपछि त्यसको फेद टल्काउन घोटिने असल इँटको धुलो।
92513 सुर्के वि. ठाडो धर्सा पारेर लगाएको (चन्दन वा टीका)।
92514 सुर्के वि. २. निधारमा कालो वा सेतो ठाडो धर्सा भएको (पशु)।
92515 सुर्केनी ना. सुर्काउनी।
92516 सुर्को ना. एक सासमा पिइने तातो तरल पदार्।
92517 सुर्को ना. २. खेतबारीको लाम्चो गह्रो।
92518 सुर्को ना. ३. सुर्केर सिउने काम वा खेप।
92519 सुर्को ना. ४. पानी, बालुवा, रेखी आदिको धर्सो वा सोतो।
92520 सुर्को ना. ५. चन्दनको ठाडो टिको।
92521 सुर्कौनी ना. सुर्काउनी, सुर्केनी।
92522 सुक्र्यौलो ना. सुर्केनी पारेको गाँठो।
92523 सुर्ख वि. रातो रङको।
92524 सुर्खी ना. रातोपन; लालिमा।
92525 सुर्खी ना. २. पाको इँटको धुलो; सुर्की।
92526 सुर्खी ना. वि. ३. रातो।
92527 सुर्खेत ना. भेरी अञ्चलमा पर्ने एक जिल्ला; मध्य पश्चिमाञ्चल विकासक्षेत्रको सदर मुकाम।
92528 सुर्जे ना. सूर्य।
92529 सुर्ता ना. स्मृति; मनको ताप; चिन्ता; फिक्री; पिर।
92530 सुर्ताइनु क.क्रि. सुर्ता गरिनु; फिक्री वा चिन्ता लिइनु।
92531 सुर्ताउनु स.क्रि. सुर्ता वा फिक्री गर्नु; चिन्ता लिनु।
92532 सुर्ताउनु स.क्रि. २. पछुतो मान्नु; पछुताउनु।
92533 सुर्ती ना. ठुलठुला, नरम, मसिना भुवादार पात हुने, टुप्पामा सेता लाम्चा फूल फुल्ने, रायोको जस्तो एक जातको बोट वा त्यसैको पा।
92534 सुर्ती ना. २. सो पातबाट बनाइएको चुरोट, बिंडी आदिभित्र कोचिएको धुलो।
92535 सुर्ती ना. ३. मुखमा च्यापेर वा तमाखु,कक्कड, चुरोट, बिंडी आदिका रूपमा सल्काएर धुवाँ खाइने सुकाइएको काँचो पा।
92536 सुर्तीसार ना. सुर्तीमा पाइने सार, चुरोट, सुर्ती आदिबाट लाग्ने पहेँलो कोकस, निकोटिन।
92537 सुर्मा ना. आँखाको फाइदाका निम्ति गाजल जस्तै गरी लगाइने निलो भावको कालो रङ्गको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण; सुरमा।
92538 सुऱ्याइँ ना. बहादुरी, पराक्रम, सूरोपन।
92539 सुऱ्याइ ना. कुनै काम गर्न तम्सिने भाव वा किसिम, आँट।
92540 सुऱ्याइ ना. २. शौर्य, वीरता।
92541 सुऱ्याइ ना. सुरिने भाव, क्रिया वा प्रक्रिया (सुऱ्याउ + आइ] २. सुऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
92542 सुऱ्याइनु क.क्रि. सुरिने पारिनु, तम्स्याइनु।
92543 सुऱ्याउनु स.क्रि./प्रे.क्रि. कुनै कामकुरामा उत्तेजित गर्नु; तम्साउनु।
92544 सुऱ्याउनु स.क्रि./प्रे.क्रि. २. शूरो गराउनु; आँटिलो पार्नु।
92545 सुर्र क्रि.वि. वेगसित पानी वा धुवाँ एकै सासले तान्ने गरी।
92546 सुर्र क्रि.वि. २. अतालिएर दौडने चालले।
92547 सुल्नु अ.क्रि. असुल हुनु; लेनदेन चुक्ती हुनु; फच्चे हुनु।
92548 सुल ना. कसैसँग लिनुपर्ने पैसा वा जिन्सी लिने काम असुल; फच्चे।
92549 सुलक्षण वि. राम्रो लक्षणको; लच्छिन भएको।
92550 सुलक्षण वि. २. भाग्यमानी।