Dictionary

All Word

92551 सुलक्षण वि. ना ३. राम्रो लच्छिन; शुभ लक्षण।
92552 सुलक्षणा वि. राम्रो लक्षण भएकी (स्त्री)।
92553 सुलच्छिन ना. राम्रो लच्छिन; सुलक्षण।
92554 सुलतान ना. बादशाह; सम्राट्; राजा।
92555 सुलताना ना. बेगम; सम्राज्ञी।
92556 सुलतानी वि. सुलतानसम्बन्धी; सुलतानको।
92557 सुलभ / सुलभ्य वि. सजिलैसित पाइने, प्राप्त गर्न कठिनाइ वा परिश्रम नपर्ने; सुलभ्य।
92558 सुलभ / सुलभ्य वि. २. सहज; सुगम; सजिलो।
92559 सुलभ मुद्रा ना. अर्थशास्त्रमा, अर्को देशबाट माल झिकाउनका निम्ति सहजै प्राप्त हुन सक्ने कुनै देशको मुद्रा।
92560 सुलभ मुद्रादेश ना. सुलभ मुद्राप्रसार भएको देशको क्षेत्र।
92561 सुलसाल ना. छिनाफाना; लेनदेनको हिसाब चुक्तिने काम।
92562 सुलसुल क्रि.वि. घाउखटिरा आदिमा मसिना किरा हिंड्ने गरी; सगसग।
92563 सुलसुल क्रि.वि. २. बिस्तारै पानी बग्ने चालले।
92564 सुलसुल क्रि.वि. ३. पातलो झाडा नथामिईकन भए झैँ।
92565 सुलसुल क्रि.वि. ४. सर्प आदि जन्तु घस्रेर हिंड्ने गरी।
92566 सुलसुलती / सुलसुली क्रि.वि. अझै सुलसुल हुने गरी।
92567 सुलसुले ना. कुखुरा, हाँस, परेवा आदिका शरीरमा लाग्ने एक जातको मसिनो किरो; ग्वामे।
92568 सुलसुले ना. २. कागत, किताब आदिमा लाग्ने सेतो टल्कने किरो।
92569 सुलसुले ना. ३. ढुसी किरो।
92570 सुलसुले ना. ४. सर्प, गड्यौलो आदि घस्रेर हिँड्ने किरो।
92571 सुलसुले ना. ५. पातलो झाडा नथामिई भइरहने चाल।
92572 सुलह ना. दुई विरोधी पक्षमा झगडा वा लडाइँपछि भएको मेलमिलाप; सम्झौता; सन्धि।
92573 सुलहनामा ना. सुलह वा सम्झौताका सर्तहरू लेखी सम्बद्ध व्यक्तिहरूद्वारा हस्ताक्षर गरिएको कागत, सन्धिपत्र।
92574 सुलिनु अ.क्रि. लेनदेनको हिसाब चुक्ती हुनु; फच्चे हुनु; सुल्नु।
92575 सुलिनु अ.क्रि. २. चुक्ती होइनु; तिरिनु।
92576 सुली ना. परेवा, कुखुरा, हाँस आदि पक्षीको बिष्टा।
92577 सुली ना. लिच्छविकालको आर्थिक प्रशासनमा कर उठाएर सङ्कलन गर्ने अड्डा; लिच्छविकालको कर अड्डा।
92578 सुली ना. भालाका छाँटको तिखो टुप्पो भएको हतियार, शूली; बातो।
92579 सुली चढाउनु / हाल्नु टु. सूलीमा उन्नु त्यसरी अनिष्ट गर्नु वा बिताउनु।
92580 सुलुक्क क्रि.वि. चिप्लो नरम पदार्थ दांतले नचपाईकन एकै खेपमा निले झैँ गरी; सलक्क।
92581 सुलुक्क क्रि.वि. २. छरितो र लम्स्याइलो छाँट परेको चालमा।
92582 सुलुत्त क्रि.वि. सानो दुलामा एक्कासि पसे झैँ गरी; सुत्।
92583 सुलुत्त क्रि.वि. २. सानो ठाउँबाट छिर्ने चालले।
92584 सुलेख ना. राम्रो र उम्दा लेखावटको लिपि।
92585 सुलेख ना. २. सुन्दर वा उत्तम लेख।
92586 सुलोचना वि. सुन्दर आँखा भएकी।
92587 सुलोचना वि. ना. २. वासुकिकी एक कन्या।
92588 सुलोचना वि. ३. सुलोचना महाकाव्यकी नायिका।
92589 सुल्कनु अ.क्रि. सुलुक्क चालसित बगेर जानु।
92590 सुल्किनु अ.क्रि. सुल्ल बग्नु; चिप्लिनु।
92591 सुल्क्याइ ना. सुल्किने भाव, क्रिया वा प्रक्रिया।
92592 सुल्क्याइनु अ.क्रि. सुल्किने पारिनु, सुल्ल बगाइनु।
92593 सुल्क्याउनु स.क्रि. सुल्किने पार्नु, सुल्ल बगाउनु।
92594 सुल्टिनु अ.क्रि. सुल्टो हुनु, सब्ल्याँटो हुनु।
92595 सुल्टिनु अ.क्रि. २. प्रतिकूल कुरो; अनुकूल हुनु; सव्य पर्नु।
92596 सुल्टो वि. बिब्ल्याँटो वा उल्टो नभएको; सब्ल्याँटो।
92597 सुल्टो वि. २. भनेजस्तो अनुकूल; सव्य।
92598 सुल्टो वि. ३. क्रि.वि. नियम वा विधिअनुसार।
92599 सुल्ट्याइ ना. सुल्टिने भाव, क्रिया वा प्रक्रिया।
92600 सुल्ट्याइ ना. [सुल्ट्याउ (+आइ)] २. सुल्ट्याउने भाव, क्रिया वा प्रक्रिया।