Dictionary

All Word

93001 सेकी ना. शेष।
93002 सेकी ना. २. जुठोपुरो, बाँकीसेकी।
93003 सेकुवा वि. आगो, बिजुली आदिमा सेकाएर तयार पारिएको, नुन, मरमसला आदिमा मली रापमा सेकाइएको (माछा, मासु आदि)।
93004 सेकुवा वि. ना. २. सेकेर खान तयार पारिएको माछा वा मासु।
93005 सेकेन्ड ना. मिनेटभन्दा कम अवधिका समयको एकाइ, मिनेटको साठीऔं अंश।
93006 सेकेन्ड ना. वि. २. दोस्रो दर्जाको; मध्यम खालको।
93007 सेक्रेटरी ना. सचिव।
93008 सेक्रेटरी ना. २. मन्त्री।
93009 सेक्रेटेरियट ना. सचिवालय।
93010 सेक्सन ना. कुनै वस्तु वा कार्यक्षेत्रको विभाग, फाँट, शाखा।
93011 सेक्सन अफिसर ना. फाँटवाला हाकिम, शाखा- अधिकृ।
93012 सेख ना. कुनै विषय वा वस्तुको अवशेष, उबार, बाँकी।
93013 सेख ना. २. मृत्यु; मरण ( उदा.- बाबुको सेखपछि छोरो घरको मालिक हुन्छ। )।
93014 सेख ना. ३. पैतृक सम्पत्ति; अंश।
93015 सेखपछि क्रि.वि. मृत्युउप्रान्त; शेषपछि।
93016 सेखासेख ना. परस्परको प्रतिद्वन्द्विता; होडबाजी।
93017 सेखासेख ना. २. एकअर्कामा तँ वीर कि म वीर भनेर चम्किने काम; तुजुक।
93018 सेखी ना. आफै मात्र ठुलो, राम्रो, योग्य आदि भएको देखाउने अहंभाव।
93019 सेखी ना. २. त्यसरी कसैसँग जोरी खोज्ने वा फुर्ती देखाउने काम; अभिमान; घमन्ड; तुजुक।
93020 सेखी ना. ३. व्यर्थको रबाफ वा ढाँचा।
93021 सेखीबाज वि. सेखी गर्ने; घमन्डी।
93022 सेखीवाल वि. सेखी भएको सेखी गर्ने; तुजुकवाला।
93023 सेचक वि. पानी छर्कने, सिञ्चन गर्ने, अभिषेक गर्ने।
93024 सेचन ना. तरल वस्तुको छर्काइ, छिटाछिटा छर्कने काम।
93025 सेचन ना. २. मन्त्र उच्चारणका साथै पवित्र जल छर्कने धार्मिक कार्य; अभिषेक।
93026 सेचन ना. ३. पानीद्वारा गरिने सिंचाइ।
93027 सेचन ना. ४ पुरुष र स्त्रीका सम्भोगक्रियामा प्रजननशील जीवाणुकोषको संयोग हुने प्रक्रिया।
93028 सेज ना. बिछ्‌यौना; शय्या; ओछ्यान।
93029 सेट्नु स.क्रि. कुनै वस्तुलाई मिल्दोजुल्दो बनाउन ठोक्नु; कुनै व्यक्तिलाई अनुशासित हुन बाध्य तुल्याउनु, सिट्नु।
93030 सेट ना. समानधर्मी काममा आउने वस्तुहरूको समुदाय एकै प्रयोजनमा एकअर्काका पूरक भई आउने अनेकौं वस्तुको समुदाय; बाना।
93031 सेटलमेन्ट अफिसर ना. तत्कालीन श्री ५ को सरकार सर्भे विभागअन्तर्गत जग्गा नापजाँच गराउने नापीगोस्वाराको मुख्य हाकिम।
93032 सेटाइ ना. सेट्ने क्रियाप्रक्रिया।
93033 सेटाइनु प्रे. क्रि./स.क्रि. सेटेर अनुशासित तुल्याइनु।
93034 सेटाउनु प्रे. क्रि. सेटेर अनुशासित तुल्याउनु।
93035 सेटिनु क.क्रि. सेटाइद्वारा अनुशासित पारिनु।
93036 सेठ ना. धनाढ्य व्यक्ति, धनधान्यले पूर्ण भएको मान्छे; महाजन।
93037 सेठ ना. २. ठालु प्रतिष्ठा कमाएको व्यक्ति।
93038 सेठ साहुकार ना. माथिल्ला तहका व्यापारी महाजन।
93039 सेठानी ना. सेठकी पत्नी सेठकी स्त्री।
93040 सेठानी ना. २. धनाढ्य आइमाई।
93041 सेठिनी ना. सेठानी।
93042 सेड ना. बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड छायासहितको यानबिसौनी।
93043 सेड ना. २. घाम, पानी, हावा आदि छल्ने साधन; ओत वा ओड।
93044 सेडा ना. केन्द्रीय आर्थिक विकास तथा प्रशिक्षण केन्द्रको सङ्क्षिप्त रूप (सेन्ट्रल इकोनोमिक डेभलपमेन्ट एसोसिएसन)।
93045 सेताम्मे वि. फुटेर, छरिएर, फुलेर वा फैलिएर सबैतिर सेतैसेतो भएको (कपास, काँस, सिमल, केश आदि)।
93046 सेताम्मे वि. ना. २. त्यसरी व्याप्त भएको सेतो दृश्यावली।
93047 सेताम्मे वि. क्रि.वि. ३. सेतोपनले ढाक्ने वा छोप्ने गरी।
93048 सेताम्मे वि. (उदा. रामको कपाल कम उमेरमै सेताम्मे भइसक्यो )।
93049 सेती ना. नेपालको कर्णाली प्रदेशमा पर्ने एक प्रसिद्ध नदी।
93050 सेती ना. २. गण्डकी अञ्चलमा माछापुछ्रे हिमालको काखबाट पोखरा उपत्यका हुँदै गण्डकीमा मिल्न पुग्ने एक नदी।