Dictionary

All Word

92951 सूर्योन्मुख वि. सूर्यको सम्मुख खडा भएर वा सूर्यलाई हेरी अर्पण गरिने ( सामग्री, उपचार )।
92952 सूर्योन्मुख वि. २. सूर्यलाई सामु पारी बसेर सूर्यका माध्यमबाट गरिने (उपचार, स्वास्थ्योपचार )।
92953 सूर्योपासक ना. सूर्यको उपासना गर्ने भक्तजन, सूर्यपूजक व्यक्ति।
92954 सूर्योपासना ना. सूर्यको पूजा, जप, अर्चना, आराधना आदि सूर्यको भक्ति।
92955 सूर्योपासना ना. २. सूर्यको पूजा गर्ने सम्प्रदाय।
92956 सूर्योपासना ना. ३. उक्त पूजाको विधि।
92957 सूल ना. शूल; पीडा; व्यथा।
92958 सूल ना. २. पेट दुख्ने रोग।
92959 सूली ना. हे. सुली।
92960 सूली ना. हे. सुली।
92961 सृजना ना. कुनै वस्तु वा कृतिको आविष्कार; सिर्जना; सृष्टि ;रचना।
92962 सृजनात्मक वि. रचनासम्बन्धी; रचना गर्ने; रचनाको रचनात्मक।
92963 सृजनात्मकता ना. रचनासम्बन्धी गुण; उत्पादनक्षमता; उत्पादनशीलता।
92964 सृजनात्मक शक्ति ना. कुनै कृति वा वस्तु सिर्जना गर्न सक्ने प्रतिभा; सिर्जना गर्ने क्षमता।
92965 सृष्टि ना. बनाउने वा पैदा गर्ने काम सिर्जना।
92966 सृष्टि ना. २. उत्पत्ति; जन्म; पैदा।
92967 सृष्टि ना. ३. संसारको रचना; विश्वको उत्पत्ति।
92968 सृष्टि ना. ४. सम्पूर्ण भौतिक जगत्; चराचर; विश्व; संसार; ब्रह्माण्ड।
92969 सृष्टिकर्ता ना. कुनै कुराको सिर्जना गर्ने तत्त्व वा व्यक्ति।
92970 सृष्टिकर्ता ना. २. संसारको सिर्जना गर्ने तत्त्व।
92971 सृष्टिकर्ता ना. ३. ब्रह्मा; प्रजापिता।
92972 सृष्टिविज्ञान ना. भौतिक जगत्का सम्पूर्ण वस्तुहरूको सृष्टि, विकास आदिको विवेचना र विश्लेषण गरिएको शास्त्र; सृष्टिसँग सम्बन्धित विद्या।
92973 सृष्टिविद्या ना. सृष्टिविज्ञान।
92974 सेंध ना. चोरले घर फोर्नका लागि घरका गारामा वा जगमा पारेको प्वाल।
92975 सेउ ना. पातले छोपिएको घुम; ओतो; छल्लो।
92976 सेउली ना. बिहा, व्रतबन्ध वा अन्य शुभ कार्यका निम्ति तयार गरिने पैयुँ, सिमाली, शमी आदिका पातीसहितका ससाना हाँगा।
92977 सेउली ना. २. धामीले जोखना हेर्दा र मन्त्र पढेर झारफुक गर्दा हातमा लिने स्याउलो।
92978 सेउलो ना. छाप्रो हाल्न, सोत्तर ओछ्‌याउन वा अरू कुनै प्रयोजनले काटिएको, रुखको हरियो डालो, स्याउलो।
92979 सेक्नु स.क्रि. कुनै वस्तु वा शरीरको कुनै अङ्गमा आगाको तातो पर्न दिनु।
92980 सेक्नु स.क्रि. २ पोल्नु सेकाउनु तताउनु।
92981 सेक्नु स.क्रि. ३. एक वस्तुद्वारा अर्को वस्तुमा तापसङ्क्रमण गराउनु।
92982 सेक्नु स.क्रि. ४. सह्यारसुसार गर्नु, हेरचाह गर्नु।
92983 सेक्नु स.क्रि. ५. बदमासी गर्नेलाई पिट्नु वा ठटाउनु।
92984 सेक्नु स.क्रि. ६. घाम आदिले पोलेर कष्ट दिनु।
92985 सेक्नु स.क्रि. ७. टुट्टा वा नोक्सान पार्नु, खती गर्नु।
92986 सेक्नु स.क्रि. ८. पानी छर्कनु, अभिषेक गर्नु।
92987 सेक ना. सूक्ष्म रूपले जलको वा तेजको प्रभाव अङ्गमा पर्ने काम।
92988 सेक ना. २. आगो, हावा, घाम आदिमा कुनै वस्तु तताउने वा पकाउने काम सेक्ने काम।
92989 सेक ना. ३. कुनै तातो वस्तुद्वारा कुनै अङ्गलाई सेकताप गर्ने काम, सेकाइ।
92990 सेकताप ना. सेकेर तातो पार्ने काम, तताउने काम।
92991 सेकताप ना. २. सेक्ने र तताउने काम, घाम, आगो आदिका तापबाट सेकाउने काम।
92992 सेकताप ना. ३. सह्यारसम्भार; सेवाटहल।
92993 सेकसाक ना. सेक्नेवर्ने काम।
92994 सेकरिन ना. चिनी जस्तै गुलियो तर मधुमेहका रोगीले खाँदा केही बिगार नगर्ने एक पदार्।
92995 सेकाइ ना. सेक्ने किसिम, क्रिया वा भाव।
92996 सेकाइनु क.क्रि. सेक्ने काम गरिनु; तताइनु।
92997 सेकाइनु क.क्रि. २. बदमासी गर्ने फटाहालाई सजाय दिइनु; यातना दिइनु।
92998 सेकाउनु स.क्रि. / प्रे. क्रि. ताप, राप वा आगोमा राखेर तताउनु वा पोल्नु, त्यसरी तताउनु वा पोल्न लाउनु।
92999 सेकाउनु स.क्रि. / प्रे. क्रि. २. सास्ती दिनु वा दिलाउनु।
93000 सेकिनु क.क्रि. सेकाइ पूरा गरिनु; सेकाइनु।