Dictionary

All Word

93051 सेती ना. वि. ३. सेतो वर्णकी (स्त्री); गोरी।
93052 सेती अञ्चल ना. नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा तेह्रौंमा पर्ने एक अञ्चल।
93053 सेतीगेडी ना. लालगेडी जस्तै तर सेतो रङको गेडा फल्ने एक लहरो; त्यसै लहराको फल।
93054 सेतीबेनी ना. नेपालको पर्वत जिल्लामा पर्ने कालीगण्डकी र सेती नदीको सङ्गमस्थल; सेती दोभान।
93055 सेतीमकै ना. सेतो रङका गेडा फल्ने मकै।
93056 सेतीमाटी ना. घर पोत्ने काममा प्रयोग हुने माटो, कमेरो।
93057 सेतीमाटी ना. २. कमेरे माटो भएको ठाउँ।
93058 सेतु ना. खोलानाला आदि पार गर्न वल्ला तीरदेखि पल्ला तीरसम्म, सिमेन्ट, फलाम, काठ आदिका साधनबाट बनाइएको सांगु; साँघु; पुल।
93059 सेतु ना. २. पुलेसो।
93060 सेतुबन्ध ना. पुल बनाउने काम; सेतु बाँध्ने काम।
93061 सेतुबन्ध ना. २. भारतको रामेश्वरम् भन्ने ठाउँमा लङ्का जानका निम्ति समुद्रमा रामचन्द्रले निर्माण गरेको भनी पुराणमा वर्णित एक पुल।
93062 सेतुबन्ध ना. ३. रामायणका अनुसार उक्त पुल बनाउँदाको अभियान।
93063 सेतुबन्ध ना. ४. उक्त पुलको निर्माणसँग सम्बन्धित रामायणको अंश।
93064 सेतो ना. दुध, कमेरो, चुन आदिको जस्तो रङ, श्वे।
93065 सेतो ना. वि. २. उक्त रङको।
93066 सेतो आतङ्क ना. अश्वेत जातिउपर श्वेत जातिले गरेको आतङ्क।
93067 सेतो आतङ्क ना. २. प्रगतिवादी विचारकहरूका दृष्टिमा वर्तमान युगमा ध्रुवीकरणको विकासमा पश्चिमी राष्ट्रहरूले खेलेको गलत भूमिका।
93068 सेतो कुश ना. कुशका भेदमध्ये सेतो जातको कुश; श्वेतकुश।
93069 सेतो खयर ना. रातो र सेतो रङ्ग निस्कने दुई खालका खयरमध्ये पानमा हालिने चाहिँ खयर, श्वेतखदिर।
93070 सेतो गायो ना. सेतो पित्त आउने रोग; अमल पित्तको रोग।
93071 सेतो गिद्ध ना. गिद्धको सेतो प्रकार।
93072 सेतो चना ना. ठुलो जातको चना काबुली चना।
93073 सेतो चुल्सी ना. झन्डै एक सेन्टिमिटरसम्म उँचाइको गाँठेगुठे काण्ड हुने, सेतो फूल फुल्ने, आयुर्वेदका अनुसार बच्चाबच्चीका मुखमा घाउखटिरा आउँदा धुलो बनाएर प्रयोग गरिने वनस्पतिविशेष।
93074 सेतो जाई ना. चैतवैशाखमा सेता रङ्गका, जाईका आकारको फूल फुल्ने, सुगन्धित बास्ना आउने एक जातको लहरो; त्यसैको फूल।
93075 सेतो ठाडे ना. सेतो भावको एक जातको धान।
93076 सेतो ठाडे ना. २. त्यसै धानको चामल।
93077 सेतो ढुकुर ना. चुच्चो र खुट्टामा रातो रङ भई बाँकी जिउ सेतो हुने एक थरी ढुकुर।
93078 सेतो तित्रो ना. सेतो रङको तित्रो चरो।
93079 सेतो दुबो ना. बन्सोका आकारका सेता पात हुने, फूल नफुल्ने एक थरी बगैँचे झार।
93080 सेतो दुभी ना. सेतोसेतो दाग देखिने एक प्रकारको चर्मरोग, पाण्डुरोगको एक भेद।
93081 सेतो भन्टा ना. प्याजी रङ्गको फूल फुल्ने र सेतो रङको फल फल्ने भन्टा।
93082 सेतो भालु ना. उत्तरको ध्रुवीय प्रदेशका हिउँमा हुने, सेतो रङको भालु; ध्रुवीय प्रदेशमा पाइने विशेष किसिमको प्रसिद्ध भालु।
93083 सेतो भिंडा ना. सेतो भन्टा।
93084 सेतो मरिच ना. मरिचको कालो र सेतो भेदमध्ये कालोभन्दा बढी गुणकारी मानिने र नचाउरिने, उज्जर रङको दाना हुने मरिच।
93085 सेतो रुदिलो ना. सेतो फूल फुल्ने रुदिलो वृक्ष।
93086 सेतो सतीबयर ना. उज्जर रङका दाना फल्ने सतीबयर।
93087 सेतो सिमाली ना. सेता दाना फल्ने एक जातको सिमी।
93088 सेना ना. युद्ध, शान्तिसुरक्षा आदिका निम्ति तालिम दिई तैनाथ गरिएका सशस्त्र सैनिक जवानको समुदाय, फौज, पल्टन।
93089 सेनाध्यक्ष ना. जल, स्थल, वायु आदि सेनाको प्रमुख, प्रधान सेनापति।
93090 सेनानायक ना. सेनाका कुनै एक गुल्मको नायक, गणनायक।
93091 सेनानायक ना. २. सेनाध्यक्ष।
93092 सेनानिवेश ना. आवासीय प्रबन्धसहित सेना रहने ठाउँ; ब्यारेक; सैनिक छाउनी।
93093 सेनानी ना. सेनाको उच्च अधिकृत पद वा दर्जा, गणनायक (मेजर)।
93094 सेनापति ना. सेनाका कुनै गुल्मको प्रमुख सेनानायक।
93095 सेनापत्य ना. सेनापतिको पद वा दायित्व।
93096 सेनाबेना / मेना ना. कुनै वीर पुरुष वा देवताका प्रमुख सैनिक, सामान्य सिपाही, वाहन आदिको समूह।
93097 सेनाबेना / मेना ना. २. आश्रित व्यवतिहरूको समुदाय, स्यानब्यान।
93098 सेनावास ना. सैनिक निवास, छाउनी।
93099 सेनारहित वि. सैनिक व्यवस्था विनाको; विनासेनाको (व्यवस्था वा राजनीति )।
93100 सेना सौभाग्य भास्कर ना. कुनै रणक्षेत्रमा शत्रुसँग देशको शान्तिसुरक्षाका निम्ति बहादुरीसाथ लड्ने नेपाली सेनाका अधिकृत जवानलाई प्रदान गर्ने गरिएको पदक।