Dictionary

All Word

93101 सेन्ट ना. सुगन्धित बास्ना आउने तरल पदार्।
93102 सेन्ट ना. २. पानीरूपमा हुने अत्तर।
93103 सेन्ट ना. ३ राम्रो बास्ना।
93104 सेन्ट ना. बेलाइतको कम मूल्यको मुद्रा।
93105 सेन्टर ना. मध्य स्थान; केन्द्रीय भाग; केन्द्र।
93106 सेन्टर ना. २. कुनै परीक्षा वा काम हुनका निम्ति तोकिएको ठाउँ; अखाडा; गौंडा; घाट।
93107 सेन्टरी ना. पालोमा तैनाथ गरिएको प्रहरी।
93108 सेन्टरी ना. २. पाले।
93109 सेन्ट्रल वि. केन्द्रको; केन्द्रतहमा रहने; केन्द्रीय (जस्तो- सेन्ट्रल जेल = केन्द्रीय कारागार)।
93110 सेन्सर ना. पत्र, पत्रिका, सूचना, चलचित्र, पुस्तक, विज्ञापन आदि विषयमा कुनै आपत्तिजनक कुरा भएनभएको जाँच्ने कार्य।
93111 सेन्सर ना. २. अभिव्यक्ति, प्रकाशन, प्रचार आदिमा सरकारद्वारा लगाइने प्रतिबन्ध।
93112 सेन्सर बोर्ड ना. सेन्सर गर्ने जिम्मेदारी भएको समिति।
93113 सेप्नु क्रि.वि. धागो दाम्लो आदिलाई पानी लगाई खुब घोट्दै बाट्दै गरी नफुक्ने बनाउनु।
93114 सेप्नु क्रि.वि. २. ठिक हिसाबले काम नगर्नेलाई ऐँचमा राख्नु, सेट्नु।
93115 सेप्नु क्रि.वि. ३. ढेस्सिनु।
93116 सेप्नु क्रि.वि. ४. दबाएर राख्नु; उठ्न नदिनु।
93117 सेप्नु क्रि.वि. ५. छेडपेच गर्नु; व्यङ्ग्य प्रहार गर्नु।
93118 सेप ना. रुख, कान्ला आदिको छाया पर्ने ठाउँ, सेपिलो ठाउँ।
93119 सेप ना. २. ओसिलो जमिन; चिस्यान ठाउँ।
93120 सेप ना. गाईवस्तुको सा आउँदा सुतमा देखिने तथा भाले खोज्न चटारिएको सङ्केत मिल्ने, राल जस्तै सेतो तरल पदार्थ; सेफ; पशुको रज।
93121 सेपाइ ना. सेप्ने भाव, क्रिया वा प्रक्रिया।
93122 सेपाइनु क.क्रि. सेप्न लाइनु।
93123 सेपाउनु प्रे. क्रि. सेप्न लाउनु।
93124 सेपिनु क.क्रि. सेप्ने काम गरिनु, सेपाइमा पारिनु।
93125 सेपिलो वि. कान्ला, रुख आदिका सेपले पहार लाग्न नपाउने, ओसिलो, सर्दी लाग्ने, चिसो।
93126 सेपे ना. काठको सानो सन्दुस, बाकस।
93127 सेप्टी ना. दुब्ला गाला।
93128 सेप्टी ना. २. गाला (उपेक्षार्थमा)।
93129 सेप्टी ना. ३. दुब्लाउँदा गालाका दुवैतर्फ देखिने खाल्टो।
93130 सेप्टी ना. दौरा, सुरुवाल, बर्को आदिका किनारमा जोडी सिइने कपडाको सानो पेटी, सन्जाप; पाटी।
93131 सेप्टी ना. ३. घरका झ्यालढोका, खट्वाल आदिमा लगाइने सानो काठ।
93132 सेप्टी ना. ३. गारोको तलो छाप्ने ठाउँमा भित्र र बाहिर वारपार हुने किसिमले राखिने लामो काठ सेप्री; लिन्टल।
93133 सेप्टी पिन ना. कपडा, कपाल आदि वस्तुलाई सुरक्षित ढङ्गले राख्न र मिलाउन काम लाग्ने खास प्रकारको सियो।
93134 सेप्टी रेजर ना. दाही आदि काट्ने ब्लेडलाई सुरक्षित किसिमले जन मिल्ने खास प्रकारको छुरा।
93135 सेप्रिनु अ.क्रि. सेप्रो वा डाम्रो हुनु, स्याप्प पर्नु।
93136 सेप्री ना. गाराको सुरक्षाका लागि जडिने काठ, सेप्टी।
93137 सेप्रो वि. भित्रपट्टि दह्रो र गुदीदार नहुनाले सुकेर स्याप्य्राक्क परेको; चाउरी परेको; स्याप्प परेको।
93138 सेप्य्राइ ना. सेप्रिने क्रिया वा प्रक्रिया।
93139 सेप्य्राइ ना. [सेप्य्राउ + आइ] २. सेप्य्राउने क्रियाप्रक्रिया।
93140 सेप्य्राइनु क.क्रि. सेप्रो पारिनु।
93141 सेप्य्राउनु स.क्रि./ प्रे. क्रि सेप्रो पार्नु; सेप्रो पार्न लाउनु।
93142 सेप्य्राहट ना. सेप्य्राइ।
93143 सेफ ना. घर, दोकान, ब्याक आदिका दामी भण्डारमा सुन-चाँदी, धनमाल आदि दामी वस्तु सुरक्षित राख्ने काममा व्यवहार गरिने मोटो फलामको दराज वा बाकस ( तिजोरी )।
93144 सेफ ना. पुरुषजातिको जननेन्द्रिय; लिङ्ग।
93145 सेफ ना. २. सेप।
93146 सेफा ना. फरियाको गज छोटो भएका खन्डमा नेफा र सारीका बिचमा गाँसिने लामो कपडा फरियाकै रङ्ग र बुट्टाका किसिमको धरो।
93147 सेम ना. आगो बाल्ने कामका लागि तयार गरिएका काठका टुक्रा; दाउरा।
93148 सेमिनार कुनै विषयका बारेमा सामूहिक रूपले गरिने छलफल; विचार- सङ्गोष्ठी।
93149 सेयर ना. कुनै साझा व्यापारमा लगाइएका सम्पत्तिको भाग वा हिस्सा; साझेदारी।
93150 सेयर धनी ना. सेयरको मालिक; साझेदार।