Dictionary

All Word

93251 सेवित वि. २. पूजा गरिएको, आराधना गरिएको।
93252 सेवितव्य वि. सेवा र सम्मान गर्न योग्य; सेवा गर्नुपर्ने; सेव्य।
93253 सेवी वि. सेवा वा टहल गर्ने, सेवक।
93254 सेवी वि. २. उपभोग गर्ने, सेवन गर्ने।
93255 सेवी वि. ३. आराधक, उपासक।
93256 सेवी वि. ४. कुनै शब्दका पछिल्तिर लागि त्यस वस्तुको सेवा गर्ने वा सेवन गर्ने भन्ने अर्थ बुझाउने उत्तरपद (जस्तै- मदसेवी, ईश्वरसेवी आदि)।
93257 सेवोपहार ना. सेवा गरेबापत दिइने उपहार, सेवकले पाउने उपहार।
93258 सेवोपहार ना. २. उपादान।
93259 सेव्य वि. सेवितव्य; सेवनीय।
93260 सैंतिस ना. तिसमा सात जोड्दा बन्ने सङ्ख्या; छत्तिस र अठतिसका बिचको सङ्ख्या; ३७-को अङ्क।
93261 सैंतिस ना. वि. २. उक्त सङ्ख्या वा अङ्क बराबरको।
93262 सैंतिसौ वि. सैंतिस सङ्ख्याको क्रममा पर्ने; छत्तीसपछिको पहिलो।
93263 सैंतीस ना. हे. सैंतिस।
93264 सैंतीसौं वि. हे. सैंतिसौं।
93265 सैतान ना. इस्लाम र इसाईका मतअनुसार दुष्टता र दुर्जनको प्रतीक मानिएको एक देवयोनि।
93266 सैतान ना. २. भूतप्रेत वा पिचास।
93267 सैतान ना. वि. ३. बदमास; दुष्ट।
93268 सैतानी वि. सैतानसम्बन्धी; सैतानको।
93269 सैतानी वि. ना. २. सैतानको काम बदमासी, दुष्टता।
93270 सैद्धान्तिक वि. सिद्धान्तका आधारमा चल्ने सिद्धान्तको अनुयायी।
93271 सैद्धान्तिक वि. २ सिद्धान्तको सिद्धान्तसम्बन्धी।
93272 सैद्धान्तिक वि. ४ सिद्धान्त जान्ने, सिद्धान्तविद्।
93273 सैद्धान्तिक समालोचना ना. साहित्यशास्त्रीहरूले निर्माण गरेका सिद्धान्तको आधारमा काव्यकृतिको समालोचना गरिने पद्धति।
93274 सैद्धान्तिक स्वर ना. उच्चारण अवयवको स्थितिको आधारमा स्वरवर्णको उच्चारणको आनुकल्पिक सम्भावना बिन्दु शास्त्रीय स्वरवर्ण, शास्त्रीय मूल स्वर।
93275 सैद्धान्तिक स्वर ना. २. अन्तर्राष्ट्रिय ध्वनिशास्त्रीय वर्णमालाले स्वीकार गरेको स्वरवर्ण।
93276 सैन ना. पहाडको शिखरभन्दा केही तलको सम्म परेको, बस्ती, खर्क र गौचरका निम्ति अनुकूल ठाउँ।
93277 सैन ना. २. खर्क, खर्के पाखो।
93278 सैन ना. सइन।
93279 सैन खटिरो ना. भयानक रूपको एक खटिरो।
93280 सैनिक ना. सेनामा भर्ना भएको व्यक्ति; पल्टनिया जवान, सिपाही योद्धा।
93281 सैनिक ना. वि. २. सेनासम्बन्धी फौजसम्बन्धी।
93282 सैनिक अदालत ना. सैनिकहरूका विरुद्धको मुद्दामामिला हेर्ने अदाल।
93283 सैनिक कानुन ना. सैनिक अदालत तथा प्रशासनसित सम्बन्धित कानुन।
93284 सैनिक जेल ना. सैनिक ( सेना र प्रहरी) कानुनअनुसार कसुरदार सैनिक जवानलाई थुनामा राख्ने ठाउँ, कालकोठरी, कोतगार।
93285 सैनिकता ना. सैनिकको स्वभाव वा गुण।
93286 सैनिकता ना. २. सैनिकजीवन, युद्ध।
93287 सैनिक तालिम ना. सैनिक जवानलाई दिइने युद्ध गर्ने, हतियार चलाउने, व्यायाम गर्ने आदि तालिम।
93288 सैनिक तालिम केन्द्र ना. सैनिक जवानलाई तालिम दिइने ठाउँ वा स्कुल।
93289 सैनिक दीर्घ सेवापट्ट ना. सैनिक सेवामा अविच्छिन्न पच्चिस वर्ष सेवा गर्ने सैनिकलाई प्रदान गरिने पदक।
93290 सैनिक द्रव्यकोश ना. सैनिक सेवामा काम गर्ने कर्मचारीहरूको तलबबाट महिनैपिच्छे कट्टा गरी जम्मा हुने र सेवामुक्त भएपछि पाउने सञ्चित धन, सैनिकको सञ्चयकोष।
93291 सैनिक न्यायालय ना. युद्ध र सेनासम्बन्धी मुद्दामामिला हेर्ने इजलास सैनिक अदाल।
93292 सैनिक परिचारिका ना. सैनिक स्वास्थ्य केन्द्रमा नर्सको काम गर्ने आइमाई, सैनिक सेविका।
93293 सैनिक विद्रोह ना. कुनै देशका सर्वोच्च शासकका विरुद्ध त्यस देशका सेनाद्वारा गरिने विद्रोह, सैनिक क्रान्ति।
93294 सैनिक विनय निर्देशक ना. सेनामा सैनिक तालिम दिने अधिकारी (डाइरेक्टर अफ मिलिटरी ट्रेनिङ)।
93295 सैनिक शिक्षा केन्द्र ना. सेनालाई तालिम दिने स्कुल।
93296 सैनिक शिक्षाधिकृत ना. सैनिक शिक्षाकेन्द्रका हाकिम।
93297 सैनिक सङ्गठन ना. सैनिक वर्गको सामाजिक, बौद्धिक आदि विकास र सैनिक सेवाको सुदृढीकरणका लागि भएको व्यवस्थित सङ्गठन; सेनाको सुदृढीकरण।
93298 सैनिक सचिव ना. सैनिक विभागको प्रशासकीय उच्च अधिकारी (मिलिटरी वा सैनिक सेक्रेटरी)।
93299 सैनिक सहचारी ना. जुनसुकै देशका राजदूतावासमा रही सेनासम्बन्धी मामिला हेर्ने, दक्षताप्राप्त कूटनीतिक अधिकारी।
93300 सैनिक सेवा ना. निजामती सेवा र प्रहरी सेवाभन्दा छुट्टै सैनिकहरूतर्फको सेवा।