Dictionary

All Word

13751 चोरऔँले वि. १. चोरका जस्ता औंला भएको; चोर्ने औँला भएको ।
13752 चोरऔँले वि. २. चोर औँला मात्र भएको ।
13753 चोरऔँलो ना. बुढी औँलो र माझी औंलाका बिचको औंलो; औँलो, तर्जनी ।
13754 चोरकमिलो ना. झुक्याएर वा छलेर ज्यादै असह्य हुने गरी चिल्ने कालो रङको कमिलो।
13755 चोरखर ना. १. पुरानो खरको छानो मकाएर पानी चुहिने ठाउँमा बिचबिचमा घुसारिने नयाँ खर ।
13756 चोरखर ना. २. छाएको ठाउँमा त्यान्द्रा पारेर तुर्लुङ झुन्डिएको खर ।
13757 चोरगेडे वि. चोर गेडाहरू मिसिएको वा भएको (मास, भटमास, सानो केराउ इ.) ।
13758 चोरगेडो ना. भिजाउँदा पनि नभिज्ने र पकाउँदा पनि नपाक्ने मास, केराउ, चना आदिको गेडो, अटेर्न, डाइनु ।
13759 चोरचकार ना. १. सानोतिनो चोर, ठिनेमिने चोर; चोट्टा ।
13760 चोरचकार ना. २. चोर र चकार ।
13761 चोरजुवा ना. जुवा खेल्न नपाइने दिनमा खेलिने जुवा, जतिखेर पायो उतिखेर खेलिने जुवा; बाह्रमासे जुवा|
13762 चोरबजार ना. चोरेर ल्याएका मालसामानहरू किनबेच गर्ने बजार, लुकाईछिपाईकन मालसामान किनबेच गरिने बजार, कालोबजार ।
13763 चोरबजारिया वि. चोरबजारमा किनबेच गर्ने; चोरी व्यापार गर्ने (मान्छे)।
13764 चोरबजारी ना. चोरीका मालसामान किनबेच गर्ने काम ।
13765 चोरबत्ती ना. १. प्रायः चोरले लिने बत्ती, तुरुन्त बाल्न र निभाउन हुने बत्ती ।
13766 चोरबत्ती ना. २. टर्चलाइट |
13767 चोरबाटो ना. खुसुक्क निक्लने र मूलबाटोबाट भन्दा छिटो पुगिने, अन्तरकुन्तरबाट झिकिएको बाटो, छड्के बाटो ।
13768 चोरबाली ना. एक जातको बाली लगाएका छेउकुनामा लगाएको अर्को जातको बाली ।
13769 चोरबाली ना. ( मकै बालीभित्र धान, धान खेतका आलीमा मास आदि) ।
13770 चोराइ ना. चोर्ने प्रवृत्ति, क्रिया वा प्रक्रिया ।
13771 चोराइनु क.क्रि. चोर्न लगाइनु ।
13772 चोराउनु प्रे. क्रि. चोर्न लगाउनु ।
13773 चोराचोर ना. एकले अर्काको चोरी गर्ने काम; परस्परमा चोरी हुने काम ।
13774 चोरिनु क.क्रि. १. चोर्ने काम गरिनु ।
13775 चोरिनु क.क्रि. अ.क्रि. २. चोरी हुनु ।
13776 चोरी ना. मालधनीले थाहा नपाउने गरी माल चोर्ने काम, अर्काका हकदाबीको चलअचल सम्पत्ति खुसुक्क आफ्नो हकदाबीभित्रको बनाउने क्रिया; चोर्ने काम ।
13777 चोरीचकारी ना. चोरचकारको काम सानोतिनो वा ठिनेमिने चोरी |
13778 चोरीजुवा ना. हे. चोरजुवा ।
13779 चोरीनिकासी ना. एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को देशमा लान रोक्का गरिएका वस्तु लुकाईछिपाई ती ठाउँमा पठाउने काम; सरकारको भन्सार, चौकी आदि छली बाहिरफेर मालसामान निकासी गर्ने काम ।
13780 चोरीपैठारी ना. १. स्वदेशमा ल्याउन मनाही गरिएका सामानहरू लुकीछिपी वा सिमानाका भन्सारलाई छलेर अबाटाबाट ल्याउने काम।
13781 चोरीपैठारी ना. २. नियमअनुसार भन्सारमहसुल नतिरी मालसामान भित्र्याउने वा ल्याउने काम ।
13782 चोलक ना. १. सानो किसिमको चोलो; चोली ।
13783 चोलक ना. २. सुरक्षाका निम्ति लगाइने साधन; कवच |
13784 चोला ना. १. शरीर, जिउ ।
13785 चोला ना. २. जन्म, जुनी ।
13786 चोला ना. ३. चोलो ।
13787 चोलाचोली ना. सानाठुला चोलाहरूको समूह, चोला र अरू त्यस्तै वस्तुको समूह ।
13788 चोली ना. १. चोलाको सानो रूप, सानो चोलो ।
13789 चोली ना. २. जामा, घाँगर आदिको कम्मरमाथिको अवयव ।
13790 चोले वि. १. चोलोजस्तो; चोलाको आकारको; चोलोको ।
13791 चोले वि. २. चोलो लगाउने ।
13792 चोलो ना. स्वास्नीमानिसले घाँटीदेखि कम्मरका भागसम्म लगाउने भोटाका आकारको वस्त्र, स्त्रीजातिले लगाउने चौबन्दी (चार ठाउँमा तुना भएको ) चोला ।
13793 चोसाकार ना. चोसो भएको वा परेको, सुर मिलेको लम्बाइ तथा चौडाइका हरेक कुना चोसादार बनेको।
13794 चोसाकार वन ना. त्यस्तो चोसाकार वन वा जङ्गल ।
13795 चोसाचोसी ना. १. चोसाहरूको समूह, चोसा र अरू त्यस्तै वस्तुको समूह ।
13796 चोसाचोसी ना. २. चोसो र चोसी ।
13797 चोसिनु अ.क्रि. चोसो पर्नु, चोसो हुनु ।
13798 चोसी वि. चोसो भएकी, मुख चुच्चो परेकी, मुखचुच्चे (आइमाई ) ।
13799 चोसे वि. १. चोसो निस्केको थुतुनु भएको ।
13800 चोसे वि. २. चोसो परेको, चुस्स परेको, चुच्चे ।