Dictionary

All Word

3001 कालरात्रि ना. १. अँध्यारो र डरलाग्दो रा।
3002 कालरात्रि ना. २. सारा विश्वको महाप्रलय हुने रात; मृत्युको रा।
3003 कालरात्रि ना. ३. नवरात्रिमध्ये आश्विन शुक्ल अष्टमीको रात तथा त्यस रातमा गरिने दुर्गाको पूजा।
3004 कालरात्रि ना. ४. दुर्गा मूर्ति वा रूप।
3005 कालवेला ना. १. दिनमान र रातमानलाई विभाजन गर्दा प्रत्येक दिन पर्न आउने शनिश्चरको बेला शनिकाल।
3006 कालवेला ना. २. कुनै काम, यात्रा आदि गर्न निषिद्ध समय; अशुभ मुहूर्।
3007 कालवेला ना. ३. उचित परिस्थिति वा अवसर; मौका।
3008 कालसमय ना. १. मौका र परिस्थिति, समयको चाँजोपाँजो।
3009 कालसमय ना. २. बेलाबख।
3010 कालसर्प ना. १. डस्नासाथ मानिस मर्ने ज्यादै विषालु र डरलाग्दो कालो साँप, कालरूपी सर्प।
3011 कालसर्प ना. २. अरूको ठुलो हानि गर्ने दुष्ट व्यक्ति।
3012 कालाजिन ना. कृष्णसार मृगको छाला कालो मृगको छाला।
3013 कालातीत वि. समयभन्दा परको समयले भ्याउन नसक्ने; समय बितेको।
3014 कालानल ना. १. प्रलयकालको आगो; कालाग्नि।
3015 कालानल ना. २. प्रलयाग्निका अधिष्ठाता देवता; महादेव, रुद्र।
3016 कालानल ना. ३. पाँचमुखे रुद्राक्ष।
3017 कालानुक्रम ना. हे. कालक्रम।
3018 कालान्तर ना. १. समयको फेरो, समयान्तर; अर्को समय; धेरै पछिको समय।
3019 कालान्तर ना. २. मौका परेको कुनै बेला।
3020 कालान्तर विष ना. मुसा, कुकुर आदिले टोकेको धेरै दिनपछि लाग्ने विष; मन्दविष।
3021 कालापानी ना. १. भारतमा अङ्ग्रेजी शासन छँदा आजन्म कारावासको सजाय दिने चारैतिर समुद्रले घेरिएको टापु (अन्डमन र निकोबार)।
3022 कालापानी ना. २. प्रायः जङ्गलछेउको अति गर्मी हुने, डरलाग्दो र औलको प्रकोप भएको ठाउँ।
3023 कालापानी ना. ३. भारतसँगको सीमा विवादका कारण विशेष चर्चित दार्चुला जिल्लाको भूभाग।
3024 कालाबन्जार कहिल्यै आवाद नगरिएको वा नफाँडिएको ठुलो घना जङ्गल।
3025 कालास्त्र ना. प्रहार गरेपछि निश्चित रूपले शत्रुको संहार गर्ने एक प्रकारको बाण; साङ्घातिक वा विषयुक्त वाण।
3026 कालिक वि. १. काल वा समयको समयसम्बन्धी।
3027 कालिक वि. २. कालाश्रि।
3028 कालिक वि. ३. मौसमअनुकूल; सामयिक।
3029 कालिका ना. दैत्यको संहार गर्न अवतरित भएकी प्रसिद्ध देवी; महाकाली; दुर्गा; चण्डिका ; काली।
3030 कालिका पुराण ना. कालिकादेवीको माहात्म्य वर्णन गरिएको एक उपपुराण।
3031 कालिकुत्तिम ना. निक्खरा कालो कुकुर (कालिकुत्तिम महाउत्तम)।
3032 कालिगड ना. हस्तकलाको कुनै पनि काम गर्ने व्यक्ति; शिल्पी; कर्मी; कारिगर।
3033 कालिगडी ना. कालिगडको काम, पेसा वा सिप।
3034 कालिङ्गे च्याउ ना. प्राय: पहेँलो माटो भएको ठाउँमा उम्रने, खान हुने, ठुलो एक प्रकारको च्याउ।
3035 कालिज ना. मासु खाइने कुखुराका जातको कालो जङ्गली चरो।
3036 कालिदास ना. संस्कृत साहित्यका प्रसिद्ध नाटक (अभिज्ञानशाकुन्तल, विक्रमोर्वशीय, मालविकाग्निमित्र), महाकाव्य (रघुवंश, कुमारसम्भव) र खण्डकाव्य ( मेघदूत र ऋतुसंहार) को रचना गर्ने एक विख्यात महाकवि, संस्कृत साहित्यका प्रतिनिधि नाटककार तथा काव्यकार |
3037 कालिन ना. थरीथरी बेलबुट्टा भएको कार्पेट वा गलैँचाजस्तो एक किसिमको बिछ्यौना।
3038 कालिन्चोक ना. दोलखा बजारदेखि झन्डै ६ माइल टाढा ३,८४२ मिटर अग्लाइमा स्थित एक स्थान।
3039 कालिन्चोक माई ना. सोही ठाउँकी एक प्रसिद्ध देवी तथा शिवजी, गणेश र सरस्वतीका मूर्तिहरूका साथै एउटा कुण्ड पनि भएको एक तीर्थस्थल।
3040 कालिन्दी ना. १. कलिन्द पहाडबाट निस्केकी यमुना नदी; कृष्णा।
3041 कालिन्दी ना. २. कृष्णका प्रमुख आठ पटरानीमध्ये एक।
3042 कालिमा ना. १. कालो हुनुको भाव वा स्थिति; कालोपन।
3043 कालिमा ना. २. कलङ्क; दाग; दोष।
3044 कालिमा ना. ३. लाञ्छना, अपवाद |
3045 काली ना. १. कालिका देवी, दुर्गा, चण्डी।
3046 काली ना. २. सोह विद्यादेवीमध्ये एक।
3047 काली ना. ३. पार्वतीको एक नाम वा उपाधि।
3048 काली ना. ४. कालिमा।
3049 काली ना. ५. अग्निका सात जिह्वामध्ये एक।
3050 काली ना. ६. रा।