Dictionary

All Word

3151 कालो लेदो ना. सुकेपछि कालो हुने एक प्रकारको हलेदो।
3152 काल्चीमिस्री ना. असल किसिमको मिस्री; काल्फीमिस्री।
3153 काल्चे ना. १. अप्ठेरो अवस्था, सुँगे।
3154 काल्चे ना. २. युक्ति; उपाय; जुक्ति।
3155 काल्टिकी ना. कालो टीका |
3156 काल्तोरी ना. कलेजी रङको जरा हुने, साधारण तोरीका भन्दा केही ठुला पात हुने र सागको तरकारी खाइने क जातको तोरी।
3157 काल्पनिक वि. १. कल्पना गरिएको; अजमायसी; कल्पि।
3158 काल्पनिक वि. २. बनावटी नक्कली।
3159 काल्फीमिस्री ना. हे. काल्चीमिस्री।
3160 कावर ना. नाविकहरूले ठुलठुला माछा मार्न प्रयोग गर्ने एक प्रकारको जाल वा पासो।
3161 कावा ना. १. वृत्ताकार मार्गमा हिँड्ने वा उड्ने कार्य; गोलाकार वृत्तको हिँडाइ वा उडान, चक्कर खाने काम।
3162 कावा ना. २. घोडालाई सधाउन वा रफत गराउन वृत्तमा दौडाउने काम।
3163 काव्य ना. १. साहित्य ( व्यापक अर्थमा )।
3164 काव्य ना. २. कविता (सूक्ष्म अर्थमा); मुक्तक, स्फुट काव्य, गीतिकाव्य, खण्डकाव्य महाकाव्य।
3165 काव्य ना. ३. प्रत्येक चरणमा चौबिस मात्रा हुने एक मात्रिक छन्द।
3166 काव्यपुरुष ना. साहित्यिक पुराकथामा काव्यलाई दिइएको एक मानवाकार स्वरूप जो मात्तिंदा तह लगाउन एक काव्यनारी (समीक्षा) को सृष्टि भएको हो भन्ने किंवदन्ती छ।
3167 काव्यपुरुष ना. साहित्यिक पुराकथामा काव्यलाई दिइएको मानवाकार स्वरूप जो मात्तिंदा तह लगाउन एक काव्यनारी (समीक्षा) को सृष्टि भएको हो भन्ने किंवदन्ती छ।
3168 काव्यप्रवृत्ति ना. कविता, महाकाव्य आदिमा रचनाकारले विशिष्ट दिशा वा मार्गतर्फ अग्रसर हुन देखाएको आन्तरिक झुकाउ, कुनै वस्तु वा विचारप्रति रहेको रचनाकारको विशिष्ट उद्देश्य वा दृष्टिकोण, कविको विशिष्ट रुचि।
3169 काव्यलिङ्ग ना. वाक्यार्थ वा पदार्थरूपले हेतु प्रतिपादन गर्दा हुने एक अर्थालङ्कार, कुनै नयाँ अर्थलाई बोध गराउने एक अर्थालङ्कार।
3170 काव्यसाधना ना. कवितादिको सिर्जनाका निम्ति स्रष्टाद्वारा गरिएको अनुष्ठान, कवितादिको पूजा वा आराधना।
3171 काश ना. १. नदीनालाका छेउछाउमा उम्रने, घरका छाना छाउन वा गाईवस्तुलाई खुवाउन प्रयोग गरिने एक जातको बुटे झार; काँस (घाँस)।
3172 काश ना. २. खोकी।
3173 काशिका ना. जयादित्य र वामनाचार्यद्वारा रचित पाणिनीय व्याकरणको एक प्रसिद्ध वृत्ति वा टीका।
3174 काशी ना. १. उत्तर भारतमा गङ्गाको किनारमा रहेको एक प्रसिद्ध नगरी वा तीर्थस्थल, बनारस सहर, वाराणसी, हिन्दूहरूका सात मोक्षपुरीमध्ये एक।
3175 काशी ना. वि. २. उज्यालो, चहकिलो राम्रो।
3176 काश्मीर ना. कश्मीर देश।
3177 कश्मीरी वि. हे. कास्मिरी।
3178 काश्मीरी केशर ना. हे. कास्मिरी केशर।
3179 काश्यप ना. १. एक प्रसिद्ध ऋषिको नाम।
3180 काश्यप ना. वि. २. कश्यपको वंश वा गोत्रमा पैदा भएको; कश्यपसम्बन्धी।
3181 काश्यप गोत्र ना. काश्यप ऋषिको कुल वा वंशको परिचयात्मक नाम, अधिकारी, घिमिरे, पाँडे, बडाल, ठकुरी, माझी, थापा, गर्तौला, बोकटी आदि थर हुनेहरूको गोत्र।
3182 काषाय वि. १. गेरु रङमा रँगाइएको, गेरु रङको।
3183 काषाय वि. ना. २. कपडा; गेरु रङको कपडा।
3184 काषाय वि. ३. टर्रो स्वाद।
3185 काषाय वस्त्र ना. गेरुवा रङको कपडा, साधु, सन्न्यासीहरूले लगाउने वस्त्र।
3186 काष्ठ ना. १. काठ।
3187 काष्ठ ना. २. दाउरा ; इन्धन।
3188 काष्ठकला ना. काठका कलात्मक वस्तु, मूर्ति, सजावटका सामान आदि बनाउने काम वा सिप।
3189 काष्ठकुट्ट/कूट ना. लाहाँचे चरो; काठफोरुवा चरो।
3190 काष्ठपत्र ना. १. काठको फल्याक; कठपत्र।
3191 काष्ठपत्र ना. २. अभिलेखका रूपमा रहेको काठको पातो।
3192 काष्ठपुत्तलिका ना. १. कठपुतली, काठको प्रतिमा।
3193 काष्ठपुत्तलिका ना. २. घट्ट सोलीबाट दाना खसाल्नका लागि सोलीको टुँडमा बाँधिएको काठको ठेउको वा पुतली।
3194 काष्ठमण्डप ना. १. काठको मण्डप।
3195 काष्ठमण्डप ना. २. हनुमान् ढोकानेर अशोकविनायकको सामुन्ने स्थित एउटै रुखका काठबाट तयार पारिएको भनिने प्रसिद्ध घर।
3196 काष्ठमण्डप ना. ३. काठमाडौं।
3197 काष्ठा ना. १. पूर्व, पश्चिम आदि दिशा।
3198 काष्ठा ना. २. अन्तिम सीमा वा हद (पराकाष्ठा)।
3199 काष्ठा ना. ३. अन्तरिक्षमा बादल र वायुको मार्ग।
3200 काष्ठा ना. ४. अठार पलाको समयको माप।