Dictionary

All Word

3051 काली ना. ७. काला बादलको पङ्क्ति।
3052 काली ना. ८. हिमालयको मुक्तिनाथ क्षेत्रबाट निस्केर नेपालको पश्चिम भागमा बग्ने एक प्रसिद्ध नदी, शालिग्राम पाइने नदी, काली वा कृष्णागण्डकी, सप्तगण्डकीमध्ये एक (उदा.- कालीपार, कालीवार)।
3053 काली, वि. १. कालो अनुहार वा वर्ण भएकी, कालो पोतेकी (स्त्री)।
3054 काली, वि. ना. २. 'कालो' शब्दको स्त्रीलिङ्गी रूप मायाले वा गालीले कुनै नारीलाई भनिने शब्द।
3055 काली, वि. ना ३. जुत्तामा लाउने कालो पालिस वा रोगन।
3056 काली आँप ना. मिठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने मह जस्तै स्वादिलो एक आँप, लङ्गडा आँप।
3057 काली ऐँसेलु ना. लहरामा फल्ने र राता टोप्रा हुने एक जातको ऐँसेलु।
3058 कालीकाठ ना. चिल्ला बाक्ला पात, सेता टीका टीका परेको कालो बोक्रा र तितो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रुखको पोथ्रो वा त्यसकै काठ।
3059 कालीकुच्ची ना. ज्यादै कालो वर्णकी स्त्रीलाई गाली गर्दा अथवा कुनै पनि आइमाईलाई खिज्याउँदा भनिने अपमानबोधक शब्द |
3060 कालीकुत्तिम वि. १. ज्यादा कालो, गाढा कालो।
3061 कालीकुत्तिम वि. २. ज्यादै मैलो, थोत्रोपुरानो।
3062 कालीकोट ना. नेपालको कर्णाली अञ्चलमा रहेको एक जिल्ला।
3063 कालीकोची ना. कालो वर्ण, गहिरा आँखा र घोप्टे हेराइ भएकी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द |
3064 कालीखोले ना. १. काली खोलावरपरका बासिन्दा।
3065 कालीखोले ना. २. खोलाको छेउछाउ बसेर मिठा स्वरले गाउने एक प्रकारको चरो।
3066 काली ज्यामिर ना. गाढा पहेँलो तथा रातो बोक्रा हुने एक जातको अमिलो फल।
3067 काली ढकायो ना. डाँठको टुप्पामा प्रायः तीनवटा पात हुने, घोगा रूपमा पहेंलो फूल फुल्ने र बाँकोको जस्तो कन्द हुने एक बुटी वा त्यसैको कन्द |
3068 काली तोप ना. प्राचीन कालको एक प्रसिद्ध तोपको नाम।
3069 कालीदह ना. १. ज्यादै गहिरो हुनाको कारणले पानी कालो देखिने दह; भयङ्करको दह, काली रह।
3070 कालीदह ना. वि. २. असाध्यै मौलाएको; सप्रिएको।
3071 कालीदह ना. (उदा.- यो साल बारीमा कालीदह मकै भएको छ। )।
3072 कालीन वि. १. कुनै काल वा समयसँग सम्बन्धित; खास समयको कालिक (महाभारतकालीन, राणाकालीन इ.)।
3073 कालीन वि. २. ऋतु वा यामअनुकूल।
3074 कालीन वि. (उदा. - शरत्कालीन आकाश स्वच्छ र निर्मल देखिन्छ)।
3075 कालीनाग्रो ना. मङ्सिरमा पाक्ने, कालो नाथ्रो भएको एक प्रकारको धान, पहेँलो मार्सी; कालो काठे |
3076 काली निउरो ना. कालो, मोटो र कमलो डाँठ हुने र तरकारी खाइने एक जातको निउरो।
3077 कालीपोके ना. अन्नपातलाई नै कालो तुल्याइदिने, बालीबिरुवामा लाग्ने एक रोग; गहुँ आदिका डाँठपात र बालामा अँगारको धुलोजस्तो काला काला पोका लाग्ने रोगविशेष।
3078 कालीबम्बई ना. बम्बई आँपको एक प्रकार; असल जातको आँप।
3079 कालीबिराली ना. ओखतीमुलोका निम्ति प्रयोग गरिने कालो रङको बिरालो।
3080 कालीबुढी ना. हुकुमको मिस्सी आफ्नो तासले खाएमा कालीबुढी बोकिन्छ भन्ने गरी चार जना मिलेर खेलिने तासको खेल।
3081 कालीबोक्सी ना. काली र नजाती स्वास्नीमान्छेलाई गाली गर्दा प्रयोग गरिने अपमानबोधक शब्द।
3082 कालीभीर ना. माथिबाट हेर्दा रिँगटा वा अत्यास लाग्ने डरलाग्दो भीर, कहालीलाग्दो भीर।
3083 कालीमकै ना. केराको बुंगाजस्तो छोटो घोगा लाग्ने, दानाभित्र कालो पिठोजस्तो पदार्थ हुने एक जातको मकै।
3084 कालीमाटी ना. १. जमिनमनि रहेको कालो, नरम र मलिलो माटो, खेतीमा मलका रूपमा प्रयोग गरिने माटो।
3085 कालीमाटी ना. २. काठमाडौँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ।
3086 कालीमाल ना. परदेश वा प्रवास; परदेश जाँदा बाटामा पर्ने वास।
3087 कालीमुन्टे ना. १. खेततिर पाइने, टुप्पामा कालो एक प्रकारको घाँस, कालीमुन्टो वनमारा।
3088 कालीमुन्टे ना. २. मुन्टो मात्र कालो भई बाँकी जिउ सबै अरू नै रङको हुने बाखो।
3089 कालीमुन्टे ना. वि. ३. कालो मुन्टो भएको।
3090 कालीरह ना. हे. कालीदह |
3091 कालीलहरो ना. गाईबस्तुलाई खुवाइने एक प्रकारको जङ्गली घाँस।
3092 कालीसिन्की ना. कालो कालो सिन्का हुने एक झार, कान छेडेपछि प्वाल नटालियोस् भनेर लगाइने सानो सिन्को; कानसिन्की; दमकन्ने।
3093 कालु वि. कालो' शब्दको सङ्क्षिप्त रूप।
3094 कालु पाँडे ना. पृथ्वीनारायण शाहका समयमा गोर्खा राज्यको काजी भएका र र कीर्तिपुरसँग पहिलो युद्धमा दिवङ्गत भएका इतिहासप्रसिद्ध एक व्यक्ति।
3095 कालुष्य ना. १. कलुष वा मलिन हुनुको भाव; मलिनता, फोहोर।
3096 कालुष्य ना. २. वैमनस्य।
3097 कालू ना. स्नेहका साथ बोलाउँदा प्रयोग गरिने शब्द।
3098 कालो ना. १. प्रकाश वा सेतोको विपरीत रङ; मोसो, गाजल, अँगार, गोल आदिको जस्तो रङ्ग।
3099 कालो ना. २. प्रकाश नभएको स्थिति, अन्धकार।
3100 कालो ना. ३. निग्रो जाति।