Dictionary

All Word

2851 कार्ड ना. (निमन्त्रणाकार्ड, पोस्टकार्ड, पुस्तक लेनदेन कार्ड इ.)।
2852 कार्तवीर्य ना. कृतवीर्यका छोरा तथा रावणका समकालीन हैहय देशका राजा; दश हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका रूपमा प्रख्यात तिनै व्यक्ति; सहस्रार्जुन।
2853 कार्तिक ना. असौज र मङ्सिरका बिचको महिना; सातौँ महिना कात्तिक।
2854 कार्तिकेय ना. युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष मानिएका, ६ टाउका, बाह्र हात र बाह्रवटै आँखा भएको वर्णन गरिएका शिवपुत्र; स्कन्द, अग्निभू, गङ्गापुत्र, षडानन; षण्मुख; कुमार, स्वामी- कार्तिक, मयूरवाहन।
2855 कार्तोस ना. बाक्लो गत्ता, धातु आदिबाट बनाइएको, टोटावाल बन्दुक, तोप, पिस्तौलमा बारुदजस्ता विस्फोटक पदार्थ बन्द गरिएको वस्तु, टोटा (पानीभित्र विस्फोट गराई यसबाट माछा मार्ने काम पनि गरिन्छ।)।
2856 कार्नेस ना. घर, भवन आदिका बाहिरपट्टिको पर्खाल वा गाह्रोलाई पानीबाट बचाउन र बाछिटा आदि भित्र जान नदिनका लागि आवश्यकताअनुसार प्रत्येक तलाका बिचमा त्यसै पर्खाल वा गाह्रोसँग जोडी केही बाहिर निकालिएको ईंट, टायल, कर्कटपाता आदिको फल्याकजस्तो छ।
2857 कार्पेट ना. १. भुईं ढाक्न ओछ्याइने बाक्लो सादा वा बुट्टेदार कपडा, दरी।
2858 कार्पेट ना. २. पालकीका विभिन्न भेदमध्ये एक।
2859 कार्पेट ऊन ना. कार्पेट वा गलैँचा बनाउने खास किसिमको ऊन।
2860 कार्बन ना. कोइला, अङ्गार आदिमा विद्यमान रहने एक रासायनिक तत्त्व (हीरा र सिसालाई विशुद्ध कार्बन मानिन्छ); प्राङ्गार।
2861 कार्बन पेपर ना. टङ्कन आदिमा प्रतिलिपि निकाल्न कागतको बिचमा हाली प्रयोग गरिने एकापट्टि कार्बन लगाइएको पातलो पत्र वा कागत; प्राङ्गारपत्र।
2862 कार्य ना. १. काम, कृत्य; काज।
2863 कार्य ना. २. कर्तव्य।
2864 कार्य ना. ३. पेसा, व्यवसाय।
2865 कार्य ना. ४. धार्मिक कृत्य वा अनुष्ठान।
2866 कार्य ना. ५. प्रयोजन; उद्देश्य।
2867 कार्य ना. ६. नाटकको उपसंहार।
2868 कार्यकर्ता ना. १. खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति; कर्मी, कर्मचारी; श्रमिक।
2869 कार्यकर्ता ना. २. जिल्ला र गाउँगाउँ घुमेर राजनीतिक, सामाजिक आदि सिद्धान्तको प्रचारप्रसार गर्ने व्यक्ति।
2870 कार्यकलाप ना. कामसम्बन्धी गतिविधि, कामकारबाई, काम गर्ने विधि वा तरिका।
2871 कार्यकारण ना. कारण र कार्य; उद्देश्य र प्रयोजन; हेतु संयोग।
2872 कार्यकारण भाव ना. कार्य र कारणको सम्बन्ध उत्पाद्य र उत्पादक भाव।
2873 कार्यकारिणी ना. १. कुनै विशेष काम गर्न वा व्यवस्था मिलाउन आधिकारिक रूपबाट चुनिएका वा मनोनीत भएका विशिष्ट व्यक्तिहरूको समिति; सञ्चालक समिति; कार्यसमिति।
2874 कार्यकारिणी ना. वि. २. कार्यको व्यवस्था गर्ने वा मिलाउने (सचिव, समिति, सभा, परिषद् इ.)।
2875 कार्यकारी ना. १. विशेष रूपले कुनै काम गर्ने व्यक्ति, कार्यकर्ता।
2876 कार्यकारी ना. २. कसैको अनुपस्थितिमा त्यस व्यक्तिको सम्पूर्ण अधिकार उपभोग गरी काम गर्ने व्यक्ति।
2877 कार्यकारी ना. ३. कसैलाई कुनै विशिष्ट पद केवल सम्मानार्थ दिँदा विशेष अवस्थामा त्यस पदबाट गर्नुपर्ने काम सम्पन्न गर्ने अर्को व्यक्ति।
2878 कार्यकाल ना. १. काम गर्ने समय; मौसम; उपयुक्त समय वा अवसर।
2879 कार्यकाल ना. २. कुनै पद वा सेवामा रहँदा तोकिएको समयावधि; पदावधि।
2880 कार्यकुशल वि. सिपालु, प्रवीण, खप्पिस, निपुण, दक्ष।
2881 कार्यकुशलता ना. कार्यकुशल हुनाको भाव, ल्याकत, दक्षता, निपुणता।
2882 कार्यक्रम ना. १. कुनै विशेष काम ( समारोह, आयोजना, गोष्ठी; सेमिनार आदि) का विविध अङ्गको सम्पादन गर्न तयार पारिएको क्रम वा सिलसिलापछि हुने कुनै पनि कामको योजना वा प्रक्रिया।
2883 कार्यक्रम ना. २. त्यस्ता कामकुराको मुद्रित सूची; तालिका |
2884 कार्यक्षेत्र ना. काम गर्नका निम्ति प्रदत्त अधिकार वा निर्देशनको सीमा।
2885 कार्यटोली ना. निर्दिष्ट वा खास खास काम गर्नका निम्ति बनाइएको कार्यकर्ताहरूको समूह; काम गर्ने व्यक्तिहरूको विभाजित एकाइ तोकिएको क्षेत्रमा गई काम गर्नेहरूको डफ्फा।
2886 कार्यदक्ष वि. काम गर्नमा योग्य वा सिपालु, कार्यकुशल |
2887 कार्यदक्षता ना. कार्यदक्ष हुनाको भाव वा स्थिति, कार्यकुशलता।
2888 कार्यनिष्ठ वि. काममा आस्था राख्ने काममा अनुरक्त; काममा सङ्कल्पित; काममा संलग्न।
2889 कार्यपञ्चक ना. ईश्वरका पाँच विशेष कार्य (सृष्टि, स्थिति, प्रलय, निग्रह र अनुग्रह)।
2890 कार्यपत्र ना. सेमिनार, कार्यशालागोष्ठी आदिमा छलफल, टिप्पणी, आलोचना आदि गर्नका निम्ति प्रस्तुत गरिने कुनै पनि समस्याविषयक लेख; गोष्ठीपत्र |
2891 कार्यपद्धति ना. कुनै काम गर्ने स्वीकृत विधि वा तरिका ; कार्यप्रणाली।
2892 कार्य परिषद् ना. कुनै काम र परिस्थितिअनुसार आन्दोलन आदि सञ्चालन, नियन्त्रण आदि गर्न गठित समिति वा औपचारिक अङ्ग; खास कामका निम्ति बनाइएको समितिविशेष।
2893 कार्यपालिका ना. सरकारका तीन अङ्ग - कार्यपालिका, न्यायपालिका र विधायिकामध्ये व्यवस्थापिका सभाले पारित गरेका कानुन वा प्रस्तावलाई कार्यान्वयन गर्ने र देशको प्रशासन वा शासनव्यवस्था सुचारु रूपले चलाउने एक प्रमुख अङ्ग।
2894 कार्यप्रणाली ना. हे. कार्यपद्धति।
2895 कार्यभार ना. कुनै पदमा रहँदाको सम्पूर्ण उत्तरदायित्व; सेवाअवधिको अभिभारा; आफूले गर्नुपर्ने कामको जिम्मेवारी।
2896 कार्यभार मुक्त वि. कुनै पद वा जिम्मेवारीबाट च्युत गरिएको; सेवाबाट अवकाश दिइएको वा पाएको; खोसिएको।
2897 कार्यभारी वि. कार्यभार वहन गर्ने, कुनै काम वा पदको जिम्मा लिने।
2898 कार्यमूलक वि. व्यवहारमा ल्याउन सकिने वा आउन सक्ने गुणको प्रधानता भएको काममा ल्याउन सकिने व्यावहारिक उपयोगिता वा पक्ष विद्यमान रहेको (कार्यमूलक योजना, कार्यमूलक सिद्धान्त इ.)।
2899 कार्यमूलकता ना. कार्यमूलक हुनुको भाव; उपयोगी व्यावहारिकता।
2900 कार्यमूलक योजना ना. व्यवहारमा उतारी उपयोगी बनाउन सकिने कुनै योजना; कार्यान्वयन पक्षलाई प्रधानता दिने आयोजना।