Dictionary

All Word

3201 काष्ठा ना. ५. आठ माना।
3202 काष्ठा ना. ६. एक विघाको १/२० भाग अर्थात् एक कट्ठा।
3203 काष्ठादि ना. जरीबुटीलाई पिँधेर धुलो बनाइएको आयुर्वेदिक औषधी।
3204 कास ना. १. खोकी।
3205 कास ना. २. सजिवनको रुख।
3206 कास ना. ३. काँस तृण।
3207 कासी बयर ना. लाम्चा गेडा फल्ने खल्लो गुलियो स्वादको एक जातको बयर।
3208 कास्की ना. १. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक जिल्ला।
3209 कास्की ना. २. मध्यकालको चौबिसे राज्यमध्ये एक।
3210 कास्टिक वि. १. रासायनिक प्रक्रियाद्वारा तन्तुहरूलाई जलाउने वा नष्ट पार्ने, क्षारक; दाहक।
3211 कास्टिक वि. ना. २. जलाउने वा नष्ट गर्ने पदार्थ वा वस्तु।
3212 कास्टिक सोडा ना. एक प्रकारको सोडा।
3213 कास्टिङ मेसिन ना. मुद्रणकलामा मोनोटाइप बनाउने वा ढाल्ने यन्त्रविशेष |
3214 काहा ना. पोङ्गा र पैंताभन्दा केही लामो, फुकेर बजाइने, तामाको एक किसिमको ढुङ्ग्रे बाजा |
3215 कास्मिरी वि. काश्मीरका बासिन्दा; काश्मीरसम्बन्धी।
3216 कास्मिरी केशर ना. १. मसिना लामा लामा पात हुने, रातो केशर भएको, सेता फूल फुल्ने, लसुनका जस्ता पोटी हुने एक बुटी।
3217 कास्मिरी केशर ना. २. त्यसैको फूलको बास्नादार केशर, कुङ्कुम।
3218 काहार ना. नेपालको तराइली मूलका घर्ती; डोली बोक्ने एक जाति; भुइया; खतबे।
3219 काहिँली वि. १. जन्म, नातासम्बन्ध वा अरू कुनै क्रमले चौथी (स्त्री); साहिँलीपछिकी; काइँली।
3220 काहिँली वि. ना. २. काहिँलो छोरो वा भाइकी पत्नी।
3221 काहिँलो वि. साहिँलोभन्दा पछिको जन्मका क्रमले चौथो ( छोरो, भाइ आदि); काइँलो।
3222 कि संयो. १. दुई कुरा वा विषयमध्ये कुनै एक बुझाउन बिचमा प्रयोग गरिने अव्यय; वा; अथवा (उदा.- पढ्छौ कि पढ्दैनौ?)।
3223 कि संयो. २. मिश्र वाक्यमा आश्रित उपवाक्यलाई जोड्ने शब्द |
3224 कि संयो. (उदा.- कि तिमी जाऊ कि मलाई जान देऊ। )।
3225 कि संयो. निपा. ३. प्रश्न वा सन्देह बुझाउँदा वाक्यान्तमा प्रयोग हुने शब्द ( उदा.- उसले मलाई पढाउँछ कि ? ऊ त्यहाँ छैन कि ? )।
3226 कि संयो. ४. उनको भनाइ छ कि कवितामा अनुप्रास हुनुपर्छ (अस्त.)।
3227 किंकर्तव्यविमूढ वि. निर्णयशक्तिको अभावमा कुनै काम गर्न गरुँ, कसो गरुँ भई अलमलिएको, आफूले गर्नुपर्ने काम वा कर्तव्यबारे ठहर गर्न नसकी दोधारमा परेको; रनभुल्लमा परेको; बिलखबन्द।
3228 किंवदन्ती ना. १. समाजमा परम्परादेखि चल्दै आएका र केही अन्धविश्वाससमेत भएका घटना, कथा वा कुरा जनश्रुति।
3229 किंवदन्ती ना. २. हल्ला; अफवाह |
3230 किंवा संयो. दुई वा दुईभन्दा बढी शब्द, पदावली वा वाक्यांशलाई जोडी कुनै एकलाई बुझाउन वैकल्पिक रूपमा प्रयुक्त हुने अव्यय, वा, अथवा।
3231 किंवा संयो. (उदा.- ज्ञानविज्ञानका क्षेत्रमा साहित्य किंवा दर्शनको ठुलो महत्त्व छ। )।
3232 किंशुक ना. पलाँसको रुख; पलाँसको फूल।
3233 किउँकाफल ना. काला लाम्चा दाना हुने एक प्रकारको काफल।
3234 किकी ना. जुम्रा (बालबोलीमा)।
3235 किक्क क्रि.वि. बाडुली लागेर वा घाँटीभित्र कुनै चिज अड्किएर श्वासनलीमा वाधा परी विचित्रको ध्वनि निस्कने गरी।
3236 किक्लिक्क वि. घाँटीमा कुनै चिज अड्किँदा वा घाँटी अँठ्याउँदा ऊर्ध्ववायुको झोक्का निस्कने गरी हुने शारीरिक प्रतिक्रिया।
3237 किङ्कर ना. चाकर, नोकर, दास, सेवक, भृत्य।
3238 किङ्कर्तव्यविमूढ वि. हे. किंकर्तव्यविमूढ।
3239 किङ्किणी ना. १. घुँगरुदार आभूषण, चाँप, घँगला; क्षुद्रघण्टिका।
3240 किङ्किणी ना. २. कम्मरपेटी।
3241 किड्ङ्गरी ना. १. भिक्षावृत्ति भएको, तराईमा बस्ने एक जाति।
3242 किड्ङ्गरी ना. २. त्यस जातिले बजाउने एक थरी बाजा |
3243 किच्नु स. क्रि. १. कुनै वस्तुलाई गहुँगो पदार्थले यिच्नु थ्याच्च पार्नु मिच्नु।
3244 किच्नु स. क्रि. २. दमन गर्नु, दबाउनु, जित्नु।
3245 किचकन्नी ना. पैतला पछाडिपट्टि फर्किएको र पिठिउँ खोक्रो हुने कल्पित सुन्दरी, स्त्रीका रूपमा रहने एक प्रेतयोनि; अगतिमा परेका स्त्रीहरूको प्रेतात्मा।
3246 किचकाच क्रि.वि. सग्लो वस्तुलाई किचिमिची पारेर बिगार्ने काम, किच्ने र थिच्ने काम; किचमिच; थिचथाच।
3247 किचकिच ना. १. झर्को लाग्ने गरी कुरा गर्ने स्वभाव; दिक्क लाग्ने गरी गरिएको कुनै कुरा, कचकच; गनगन।
3248 किचकिच ना. क्रि.वि. २. झर्को लाग्ने गरी; सताउने किसिमले।
3249 किचमिच ना. किच्ने र मिच्ने काम थिचमिच किचकाच।
3250 किचाइ ना. किच्ने काम वा प्रक्रिया |