Dictionary

All Word

7201 खिलाइनु क.क्रि. खिल्न लाइनु; डसाइनु।
7202 खिलाउनु प्रे.क्रि. खिल गाड्न लाउनु।
7203 खिलान ना. झ्यालढोकामाथि पारिने अर्धवृत्ताकार बान्की; गुम्बज।
7204 खिलाफ वि. १. कुनै कामकुराको विरोध गर्ने (व्यक्ति)।
7205 खिलाफ वि. २. कुनै सिद्धान्त वा वस्तुसँग मेल नखाने, उल्टो (कुरा)।
7206 खिलाफ वि. ३. विरुद्ध; विपरी।
7207 खिलिनु क.क्रि. खिल गाडिनु; डसिनु।
7208 खिलुवा ना. काँडादार ससाना पात र सेता साना फूल हुने एक बोट वा त्यसैको राता गोल दाना हुने फल।
7209 खिल्लत ना. उल्लेखनीय काम गरेबापत राजामहाराजाबाट पुरस्कारका रूपमा दिइने वस्त्र, आभूषण आदि।
7210 खिल्ली ना. उल्ल्याहट; हँसी; दिल्लगी; मजाक।
7211 खिल्ली ना. १. पानको बिरा।
7212 खिल्ली ना. २. बिंडी, चुरोट आदिको एक एकाइ (एक खिल्ली चुरोट, पाँच खिल्ली बिंडी आदि)।
7213 खिसिक्क क्रि.वि. १. बिस्तारै वा मुख थोरै खोलेर (हाँस्ने चाल)।
7214 खिसिक्क क्रि.वि. २. काम पूरा नभएर ; भनेजस्तो नभई (निराश हुने चाल); दिक्क।
7215 खिसिक्क क्रि.वि. ३. हे. खिस्रिक्क।
7216 खिसी ना. १. अरूलाई होच्याउने वा खसाल्ने चाल; दिल्लगी; हँसी; गिल्ला।
7217 खिसी ना. २. हेला; घृणा।
7218 खिसी टिउरी/टिबुरी ना. १. हँसी-ठट्टा; दिल्लगी।
7219 खिसी टिउरी/टिबुरी ना. २. हेला; गिल्ला।
7220 खिस्रिक्क क्रि.वि. १. नसोचे जस्तै; नभए जस्तै गरी (निराश हुने किसिम); दिक्क।
7221 खिस्रिक्क क्रि.वि. २. हिस्सिने गरी; अलपत्रिएर (धोखा पाउने चाल); ङिच्च।
7222 खिस्स क्रि.वि. १. बिस्तारै मुस्कुराउने किसिमले; मुसुक्क।
7223 खिस्स क्रि.वि. २. हलुका किसिमले; बाहिरी रूपले मात्र (हाँस्न खोज्ने किसिम)।
7224 खिस्स क्रि.वि. ३. निराश भएर; आसै नरही ( जिल्लिने चाल); जिल्ल।
7225 खिस्सा ना. १. खुकुरीका दापभित्र घुसारिने सानो थैली।
7226 खिस्सा ना. २. साधारण थैली; जेब।
7227 खिस्स्याइ ना. खिस्स्याउने भाव, क्रिया वा प्रक्रिया।
7228 खिस्स्याइनु क.क्रि. खिस्स्याउने काम गरिनु जिस्क्याइनु; गिज्याइनु।
7229 खिस्स्याउनु स.क्रि. हिस्स पार्नु, हिस्स्याउनु, खिसी गर्नु।
7230 खिहिरो वि. १. चिल्लो पदार्थ कुहेर वा सडेर एक किसिमको नमिठो स्वाद भएको; खिहिऱ्याउने।
7231 खिहिरो वि. ना. २. चिल्लो पदार्थ सडेर आउने नमिठो स्वाद; खिहिऱ्याहट।
7232 खिहिऱ्याइ ना. खिहिऱ्याउने काम वा प्रक्रिया।
7233 खिहिऱ्याइनु अ.क्रि. खिहिरो वा खिहिरिँदो स्वादको होइन; खिहिऱ्याउने होइनु।
7234 खिहिऱ्याउनु अ.क्रि. चिल्लो पदार्थ सडेर वा कुहिएर नमिठो स्वाद आउनु, खिहिऱ्याउने स्वादको हुनु।
7235 खीप ना. जुत्ता, कम्मरपेटी आदि अड्याउन धातुबाट बनेको अङ्कुसे।
7236 खीर ना. दुधमा पकाइएको भात, दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ; पायस; तस्मै।
7237 खील ना. १. बारुलो, अरिङ्गाल आदिले टोक्ता गडेको विषालु काँडो वा आरो।
7238 खील ना. २. बिझेका काँडा आदि ननिस्कनाले भित्र सडेर जमेको मासुको साहो डल्लो; तुस।
7239 खील ना. ३. पात आदि गाँस्ने सिन्का; सिन्का।
7240 खील ना. ४. आलपिन; पिन।
7241 खिल पल्टनु टु. काँडा आदि बिझेर ननिस्कनु; घाउ, खटिरा पाकेर भित्र पिप जमेको ठाउँमा मासुको डल्लो बन्नु; खिल बन्नु।
7242 खुँखार वि. १. ठुलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो।
7243 खुँखार वि. २. हत्यारो; नृशंस।
7244 खुँगा ना. मुखपट्टि फुकेको, तलतिर साँघुरो भएको र भित्रपट्टि काँडा वा चोसा फर्काइएको चोयाको माछा मार्ने साधन।
7245 खुँगे ना. १. अप्ठेरो कुरा, असजिलो अवस्था; खोते; अड्को।
7246 खुँगे ना. २. खुँगा।
7247 खुँज ना. १. लहरा र रुख- पातले झ्याम्म परेको ठाउँ, लताकुञ्ज।
7248 खुँज ना. २. अप्ठेरो ठाउँ; घाँच।
7249 खुँजेली वि. १. खँजमा बस्ने मान्छे।
7250 खुँजेली वि. २. अशिक्षित; रहनसहन राम्रो नभएको; असभ्य।