Dictionary

All Word

7301 खुटखबर ना. पक्का खबर; निश्चित समाचार।
7302 खुटाइ ना. खुट्ने भाव, क्रिया वा प्रक्रिया।
7303 खुटाइनु क.क्रि. खुट्न लाइनु।
7304 खुटाउनु प्रे. क्रि. खुट्न लाउनु।
7305 खुटिनु क.क्रि. बलियो र मसिनो पारी सिइनु, खुट्ने काम गरिनु।
7306 खुटी ना. १. लुगाहरू झुन्ड्याउनाका निम्ति भित्तामा ठोकिने सानो चेप्टो फल्याक।
7307 खुटी ना. २. सानो किलो; किलो।
7308 खुटीवाल वि. गोठ कुर्ने; गोठमा बसेर गाईबस्तुको रेखदेख गर्ने।
7309 खुटुवा वि. खुटेर बलियोसँग सिइएको।
7310 खुट्किलो ना. फल्याक आदि हालेर वा खण्ड- खण्ड पारी माटो ताछेर बनाइएको सिँढी; भयङको तह; खुड्किलो।
7311 खुट्को ना. १. कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को।
7312 खुट्को ना. २. मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो धोको।
7313 खुट्को ना. ३. एक चोटि खुटेर सिइएको डोब; सुर्को।
7314 खुट्टिनु अ.क्रि. कुनै कुरा 'यही हो' भनेर ठम्मिन; किटिनु वा तोकिनु, निश्चय हुनु, ठहरिनु।
7315 खुट्टी ना. १. सानो र दुब्लो खुट्टो।
7316 खुट्टी ना. २. काटेका खसी, बोका आदिको खुट्टो।
7317 खुट्टेसो ना. गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो |
7318 खुट्टे वि. १. गोडा सुन्निएको ठुलो गोडा भएको, हात्तीपाइले।
7319 खुट्टे वि. २. खुट्टा भएको (खाट, पिर्का आदि)।
7320 खुट्टे किलो ना. १. चढ्नका निम्ति रुखमा काटेको डोब।
7321 खुट्टे किलो ना. २. भिर-पहरामा उक्लँदा टेक्न र समाउन गाडिएको किलो।
7322 खुट्टे डोरी ना. विशेष गरेर दुहुने बेला गाईबस्तुको खुट्टा अल्झाउने डोरी।
7323 खुट्टो ना. हिँड्ने काम गर्ने शरीरको तल्लो अवयव, गोडा; पाउ; चरण।
7324 खुट्टयाँसो ना. गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो |
7325 खुट्ट्याइ ना. खुट्टिने काम, क्रिया वा प्रक्रिया।
7326 खुट्ट्याइनु क.क्रि. निधो गरिनु, ठहऱ्याइनु।
7327 खुट्ट्याउनु स.क्रि. १. 'यही हो' भनेर ठम्याउनु, किट्नु; तोक्नु, निधो गर्नु।
7328 खुट्ट्याउनु स.क्रि. २. पत्ता लाउनु।
7329 खुट्ट्याउनु स.क्रि. प्रे. क्रि. ३. खुट्टिने पार्नु।
7330 खुट्ने वि. खुट्ने काम गर्ने; सिउने।
7331 खुट्ने टाँका ना. सामान्य सिलाइपछि बलियो बनाउनका लागि गरिने सिलाइ वा टाँका; लुगा सिउने एक किसिमको टाँका।
7332 खुट्ला ना. थारूजातिका अविवाहित युवतीले नाकमा लगाउने एक प्रकारको गहना।
7333 खुड्किलो ना. भयङको तह, लिस्नाको खण्ड; सिँढी; खुट्किलो।
7334 खुड्को ना. १. कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को।
7335 खुड्को ना. २. मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो धोको।
7336 खुड्को ना. ३. एक चोटि खुटेर सिइएको डोब; सुर्को।
7337 खुतखुती क्रि.वि. १. केही मुख खोलेर, अलिअलि हाँस्ने गरी; खितखिती।
7338 खुतखुती क्रि.वि. २. फुतफुती।
7339 खुतुतुतु क्रि.वि. १. खित्का छाडेर हाँस्ने गरी; खितितिति।
7340 खुतुतुतु क्रि.वि. २. बाक्लो तरल पदार्थ खत्त्याउँदा आवाज आउने गरी।
7341 खुतुर्के ना. रुपैयाँपैसा छिराउने प्वाल भएको माटो, काठ वा धातुको कन्तुर; गोलक; खुतुर्के।
7342 खुत्त क्रि.वि. १. थाहा नदिईकन (बाहिर निस्कने किसिम); फुत्।
7343 खुत्त क्रि.वि. २. एक्कासि, अपर्झट (छाला आदि खुइलने वा उप्कने किसिम)।
7344 खुत्तिनु अ.क्रि. १. छाला उप्कनु, छाला जानु; खुइलिनु।
7345 खुत्तिनु अ.क्रि. २. गरेको काममा असफल हुनु ( निन्दाको अर्थमा ) |
7346 खुत्तिनु अ.क्रि. ३. नाश हुनु; नासिनु।
7347 खुत्तिनु अ.क्रि. ४. मर्नु।
7348 खुत्तिनु अ.क्रि. ५. सेवा, पद आदिबाट निकालिनु।
7349 खुत्तिनु अ.क्रि. ६. बिस्तारै निस्केर हिँड्नु; उम्कनु।
7350 खुत्त्याइ ना. खुत्तिने काम वा प्रक्रिया।