Dictionary

All Word

7351 खुत्त्याइनु क.क्रि. खुत्तिने पारिनु, खुइल्याइनु; खुल्क्याइनु।
7352 खुत्त्याउनु प्रे. क्रि. १. खुल्क्याउनु, खुइल्याउनु।
7353 खुत्त्याउनु प्रे. क्रि. २. जागिरबाट हटाउनु वा निकाल्नु; खोस्नु।
7354 खुत्रुके ना. रुपैयाँपैसा छिराउने प्वाल भएको माटो, काठ वा धातुको कन्तुर; गोलक; खुतुर्के।
7355 खुत्रुक्क क्रि.वि. १. बिस्तारै (ओर्लने किसिम)।
7356 खुत्रुक्क क्रि.वि. २. खुत्रुक् आवाज निस्कने गरी ( सानोतिनो माल खस्ने किसिम)।
7357 खुत्रुक्क क्रि.वि. ३. सजिलैसित (मर्ने किसिम); भुतुक्क।
7358 खुत्रुक्क क्रि.वि. ४. चालै नपाइने गरी (आउने वा जाने किसिम)।
7359 खुद वि. १. आफैं; स्वयम्।
7360 खुद वि. २. वास्तविक; खास (खुद आय, खुद नाफा इ.)।
7361 खुद आय ना. लागत खर्च कटाएर बचेको आम्दानी; वास्तविक आय; चोखो नाफा।
7362 खुद नाफा ना. कुनै उद्योग, व्यवसाय आदिमा लागेको सम्पूर्ण खर्च कटाई बाँकी रहेको नाफा; खास नाफा; खुद आय।
7363 खुदरा ना. १. सानोतिनो वस्तु; फुटकर मालसामान; खुजुरा।
7364 खुदरा ना. २. बिक्रीका निमित्त राखिएका धेरै प्रकारका वस्तु; थोरैथोरै वस्तु।
7365 खुदरा ना. विप. थोक।
7366 खुदरा ना. वि. ४. खण्ड वा टुक्राका रूपमा रहेको; फुटकर; चानचुन।
7367 खुदा ना. ईश्वर; देवता; परमात्मा।
7368 खुदो ना. बाक्लो लस्सादार लेदो हुने गरी पकाइएको उखुको रस।
7369 खुदो हुनु टु. आफूले भने जस्तै परिणाम निस्कनु भनेजस्तो वा राम्रो हुनु।
7370 खुद्रा ना. १. सानोतिनो वस्तु; फुटकर मालसामान; खुजुरा।
7371 खुद्रा ना. २. बिक्रीका निमित्त राखिएका धेरै प्रकारका वस्तु; थोरैथोरै वस्तु।
7372 खुद्रा ना. विप. थोक।
7373 खुद्रा ना. वि. ४. खण्ड वा टुक्राका रूपमा रहेको; फुटकर; चानचुन।
7374 खुद्राखुद्री ना. १. सानोतिनो वस्तु; फुटकर मालसामान।
7375 खुद्राखुद्री ना. २. फुटकर पैसा खुजुरा।
7376 खुद्रा वस्तु ना. साधारण वा सानोतिनो वस्तु; चानचुन सरसामान।
7377 खुद्रा बेपारी ना. थोरैथोरै वा फुटकर किसिमका विभिन्न वस्तुको विक्रेता; सानातिना मालसामानहरूको बेपारी।
7378 खुन ना. १. मानिस, पशु आदिका नाडी र नसाहरूमा रहेर शरीरभर फैलने रातो तरल पदार्थ; रग।
7379 खुन ना. २. रगतले शरीर लतपतिने गरी भएको हत्या; हिंसा; काटमार, घा।
7380 खुन खराबी ना. एक-अर्काका शरीरबाट रगत बग्ने किसिमले गरिने मारपिट; काटमार; मारकाट।
7381 खुनी वि. खुन गर्ने ; हत्या गर्ने; हत्यारो; घातक।
7382 खुन ना. १. खोट, दोष।
7383 खुन ना. २. दाग; लाञ्छना; कलङ्क।
7384 खुन ना. ३. छुच्च्याइँ।
7385 खुनखुन ना. गनगन; कचकच।
7386 खुनी वि. १. खुन भएको, दागी ; दोषी।
7387 खुनी वि. २. छुच्चो; किरन्टोकी।
7388 खुन्याहा वि. १. अङ्गभङ्ग भएको; खुनी।
7389 खुन्याहा वि. २. कन्जुस; छुच्चो।
7390 खुनिनु अ.क्रि. १. बुढ्याइँले शरीर सुकेर खुम्चिनु; खुम्रिनु।
7391 खुनिनु अ.क्रि. २. खिइएर वा दोब्रिएर काम नदिने हुनु।
7392 खुद्रे वि. खिइएको; धेरै घिसिएको; खुन्रो।
7393 खुद्रे किरो ना. मकै आदिका जरामा लाग्ने कालो रङको किरो; खुम्रेकिरो।
7394 खुन्रो वि. निकै दिन काम लिँदा लिँदा खिइएर बेकम्मा भएको (कुटो, कोदालो, डाडु, पन्यु इ.)।
7395 खुन्सिन अ.क्रि. १. कुनै कामकुरामा रिसले ठुस्किनु, ठुस्कनु।
7396 खुन्सिन अ.क्रि. २. खिन्न हुनु, चित्त दुख्नु, मन पाक्नु।
7397 खुन्स्याइ ना. खुन्सिने क्रिया वा प्रक्रिया।
7398 खुन्स्याइनु क.क्रि. खुन्स्याउने काम गरिनु, ठुस्स्याइनु।
7399 खुन्स्याउनु प्रे.क्रि. रिसाउने बनाउनु; ठुस्स पार्नु।
7400 खुपिया ना. समाउने कडा नलागेको खड्कौँलोजस्तो भात पकाउने भाँडो।