Dictionary

All Word

7251 खुँजेली वि. ३. नेपाली जातिको एक थर।
7252 खुँड्नु स.क्रि. पुवा, तरकारी आदि डाडुले थिचेर टुक्र्याउनु, थिच्नु, धुल्याउनु।
7253 खुँडा ना. टुप्पो चेप्टो र थोरै घुमाउरो भएको अर्धचन्द्राकार ठुलो खड्ग, विशेषत: दसैंघरमा मार हान्दा प्रयोग हुने एक किसिमको घातक हतियार।
7254 खुँडाइ ना. खुँड्ने काम वा प्रक्रिया।
7255 खुँडाइनु क.क्रि. खुँड्न लाइनु।
7256 खुँडाउनु प्रे. क्रि. दाल, तरकारी आदि डाडुले थिचेर टुक्र्याउन लाउनु, खुँड्न लाउनु।
7257 खुँडिनु अ.क्रि. १. खुँड्ने काम गरिनु, धुल्याइनु।
7258 खुँडिनु अ.क्रि. २. धुलो हुनु, मसिनिनु।
7259 खुँडे वि. १. ओठको बिच भाग काटिएको वा चिरिएको।
7260 खुँडे वि. २. मोहडा भाँचिएको वा काटिएको; सुँडो।
7261 खुँडो वि. १. ओठको बिच भाग काटिएको वा चिरिएको।
7262 खुँडो वि. २. मोहडा भाँचिएको वा काटिएको; सुँडो।
7263 खुँद्नु स.क्रि. खुट्टाले कुल्चीकाल्वी पार्नु, थिचीमिची पार्नु।
7264 खुँदाइ ना. खुँद्ने क्रिया वा भाव।
7265 खुँदाइनु क.क्रि. थिचीमिची पारिनु खुँद्न लाइनु।
7266 खुँदाउनु प्रे.क्रि. खुँद्न लाउनु।
7267 खुँदाखुँद ना. पालैसित गरिने कुल्चीकाल्वी; परस्परमा खुद्ने काम।
7268 खुँदिनु अ.क्रि. खुँद्ने काम गरिनु।
7269 खुइय्य ना. ज्यादै थकाइ लाग्दा वा दिग्दार हुँदा मुखबाट निक्लने शब्द; सुइय्य।
7270 खुइरे वि. खुइलिएको; खुइले।
7271 खुइलिनु अ.क्रि. १. रोगविशेषले वा तातो पानी पर्नाले रौँ झर्नु, खल्वाट हुनु।
7272 खुइलिनु अ.क्रि. २. कुनै कारणवश रङ उड्नु; रङ फीका पर्नु।
7273 खुइलिनु अ.क्रि. ३. लडेर वा पोलेर छाला जानु; छाला ताछिनु।
7274 खुइले वि. १. कपालका रौँ खुइलिएको; खुइरे।
7275 खुइले वि. २. रुखबिरुवा केही नभएको; नाङ्गो (पाटो, डाँडो आदि)।
7276 खुइलो ना. तालु खुइले।
7277 खुइल्याइ ना. खुइलिने भाव, क्रिया वा प्रक्रिया।
7278 खुइल्याइनु क.क्रि. खुइलिने पारिनु; भुत्ल्याइनु।
7279 खुइल्याउनु स.क्रि. खुइलिने पार्नु; भुत्ल्याउनु।
7280 खुई ना. १. खला आदिमा सुकाइएको बिस्कुन थुप्याउने, कोदालाका आकारको लामो बिँड भएको काठको साधन; फ्याउरी।
7281 खुई ना. २. ज्यादै थकाइ लागेका बखत मुखबाट निकालिने उराठिलो सुस्केरा।
7282 खुई ना. खिया; खई।
7283 खुकुन्डी ना. १. काखी।
7284 खुकुन्डी ना. २. काखीबाट आउने पसिनाको गन्ध।
7285 खुकुन्डो ना. १. तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो।
7286 खुकुन्डो ना. २. गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने किलो; घाँडो।
7287 खुकुरी ना. ना. केही घुमेको र बिचमा थोरै नुहेको सिरुपाते, तरबारे, भुँडे आदि भेद हुने एक प्रसिद्ध नेपाली हतियार।
7288 खुकुलो वि. १. नकसिएको; सजिलैसँग फुस्कने; होलो; फस्को।
7289 खुकुलो वि. २. फितलो स्वभाव भएको; पेटमा कुरा नअड्याउने।
7290 खुङ्खार वि. डरलाग्दो; भयानक; नृशंस; खुँखार।
7291 खुच्चिङ वि. बो. गर्न नहुने वा नगर्नुपर्ने काम गर्दा दुःख पाउनेलाई इख्याएर भनिने शब्द, खाइस् त ! ( उदा.- खुच्चिङ, भनेको नमानेर कुदेको होइन ? लडियो नि!)।
7292 खुजुरा ना. फुटकर पैसा, चानचुन पैसा खुद्रा; रेजगी।
7293 खुट्नु स.क्रि. १. सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु।
7294 खुट्नु स.क्रि. २. सिन्को घोचेर भाँची दुना टपरी आदि बनाउनु।
7295 खुट ना. भराइको खेप (एक खुट तोरी, पाँच खुट नुन इ.)।
7296 खुट ना. १. हराएको कुनै कुराको पत्तो; अत्तोपत्तो; ठेगाना; दिशा।
7297 खुट ना. (उदा.- भाइ कहाँ पुगेका रहेछन्, केही खुट लाग्यो कि ? )।
7298 खुट ना. २. निधो; निश्चय।
7299 खुट ना. (उदा.- यस कामको छिटै खुट गरिहाल्नुप-यो )।
7300 खुट ना. ३. खुट्को, गडेको पिर।