Dictionary

All Word

7401 खुपी ना. १. कामको निपुणता; चलाकी; सिप।
7402 खुपी ना. २. राम्रो गुण; योग्यता; विशेषता।
7403 खुपुक्क क्रि.वि. १. एकै पटक निल्ने गरी (खाने किसिम)।
7404 खुपुक्क क्रि.वि. २. नबिग्रने गरी (कुनै सरसामान राख्ने किसिम)।
7405 खुपुखुपु क्रि.वि. धमाधम ; कुपुकुपु।
7406 खुपैँचा ना. जमिनमा उम्रेका घाँसहरू खुर्कने एक प्रकारको हतियार, खुर्पी।
7407 खुप्प क्रि.वि. नचपाईकन च्वाट्ट निल्ने गरी (खाने किसिम)।
7408 खुफिया वि. लुकेर बसी अपराध, अवाञ्छनीय तत्त्व आदि कुराको पत्ता लगाउने; गुप्त रूपले काम गर्ने; गुप्तचर; भेदिया।
7409 खुफिया पुलिस ना. १. गुप्त रूपले अपराध आदिको जाँच गर्ने र अपराधीको पत्ता लगाउने विभाग।
7410 खुफिया पुलिस ना. २. त्यस विभागको कर्मचारी; गुप्ती पुलिस; गुप्तचर।
7411 खुफिया विभाग ना. खुफिया पुलिस; गुप्तचर विभाग।
7412 खुब वि. १. धेरै; प्रशस्त; ज्यादा।
7413 खुब वि. २. सबै किसिमले राम्रो वा उत्तम; बढिया; खुब।
7414 खुबी / खुपी ना. १. कामको निपुणता; चलाकी; सिप।
7415 खुबी / खुपी ना. २. राम्रो गुण; योग्यता; विशेषता।
7416 खुमारी ना. नशा उत्रने बेलामा वा जागराम बस्ता हुने हल्का किसिमको थकावट।
7417 खुम्चनु अ.क्रि. १. मुजा पारेर एकातिर सोहोरिनु, साँघुरिनु।
7418 खुम्चनु अ.क्रि. २. चाउरिनु, चाउरी पर्नु।
7419 खुम्चनु अ.क्रि. ३. लज्जित हुनु, सङ्कुचित हुनु।
7420 खुम्चनु अ.क्रि. ४. चल्न-चटपटाउन नपाउनु।
7421 खुम्चनु अ.क्रि. ५. मन फुकाएर कुनै कामकुरा गर्न नपाउनु।
7422 खुम्चा ना. १. छाला चाउरी पर्दा शरीरमा देखा पर्ने मुजा; चाउरी।
7423 खुम्चा ना. २. कुखुरा, परेवा आदि हाल्न बनाइएको चोयाको भाँडो।
7424 खुम्चा ना. ३. एक प्रकारको खोटी।
7425 खुम्चिनु अ.क्रि. १. मुजा पारेर एकातिर सोहोरिनु, साँघुरिनु।
7426 खुम्चिनु अ.क्रि. २. चाउरिनु, चाउरी पर्नु।
7427 खुम्चिनु अ.क्रि. ३. लज्जित हुनु, सङ्कुचित हुनु।
7428 खुम्चिनु अ.क्रि. ४. चल्न-चटपटाउन नपाउनु।
7429 खुम्चिनु अ.क्रि. ५. मन फुकाएर कुनै कामकुरा गर्न नपाउनु।
7430 खुम्च्याइ ना. खुम्चिने भाव, क्रिया वा प्रक्रिया।
7431 खुम्च्याइनु क.क्रि. साँघुऱ्याइनु; खुम्चिने पारिनु।
7432 खुम्च्याउनु स.क्रि. १. साँघुरो पार्नु, साँघुऱ्याउनु।
7433 खुम्च्याउनु स.क्रि. २. मुजा पार्नु, चाउरी पर्नु।
7434 खुम्च्याहट ना. खुम्चिने क्रिया वा अवस्था।
7435 खुम्रिनु अ.क्रि. बुढ्याइँले सुक्दै गएर शरीर खुम्चिनु, खुम्रे हुनु, खुनिनु।
7436 खुम्रे वि. १. घिसिएको; थोत्रिएको।
7437 खुम्रे वि. २. बाहुला काटिएको (भोटो, कमिज इ.)।
7438 खुम्रे वि. ३. बुढो भएको।
7439 खुम्रे वि. स्त्री. खुम्री।
7440 खुम्रे किरो ना. मकै आदिका जरामा लाग्ने किरो; खुम्लेकिरो।
7441 खुम्रो ना. बुढ्याइँले कुँजिएको वा दोब्रिएको; जराजीर्ण; खुन्रो।
7442 खुम्ग्राइ ना. खुम्रिने क्रिया वा प्रक्रिया।
7443 खुम्याइनु क.क्रि. खुम्याउने काम गरिनु।
7444 खुम्याउनु स.क्रि. खुम्रिन लाउनु; खुम्रिने पार्नु।
7445 खुम्ले वि. कुम्लो बोकेजस्तो।
7446 खुम्ले किरो ना. मकै आदिका जरामा लाग्ने किरो; खुम्लेकिरो।
7447 खुम्ले बुढो ना. साह्रै बुढो भई कुप्रो परेर पिठ्यूँमा कुम्लो बोकेजस्तो देखिने व्यक्ति; कुप्रे बुढो।
7448 खुम्ले बुढो ना. स्त्री. खुम्ले बुढी।
7449 खुर ना. गाईबस्तु आदि पशुको खुट्टामा रहेको, प्रायः गोल र दुई भागमा फाटेको कडा टेक्ने भाग; टाप।
7450 खुरन्धार ना. कुनै कामकुरामा एकोहोरो लाग्ने काम वा स्थिति; कुनै कामकुरो फत्ते पार्न मरिमेट्ने चाल; तल्लीनता।